कागेश्वरी माबिमा शैक्षिक गुणस्तर वृद्धि गर्न सर्वपक्षीय भेला
पृथ्वीजंग पाण्डे/बाह्रबिसे
त्रिपुरासुन्दरी गाउँपालिकाको कागेश्वरी माध्यमिक विद्यालयमा शुक्रबार सर्वपक्षीय भेला गरिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिभावक, विद्यार्थी, जनप्रतिनिधि, शैक्षिक व्यक्तित्व लगायत शिक्षासँंग सरोकार राख्ने व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । गाउँपालिका उपाध्यक्ष गिता कुमारी नेपालको विशेष आतिथ्यता, वडा अध्यक्ष सिताराम थापा शिक्षा समिति सदस्य मोहनकुमार श्रेष्ठको आतिथ्यता रहेको थियो।पुर्व वडा अध्यक्ष कर्णबहादुर खड्का लगायत स्थानीयहरुले महत्वपूर्ण सुझाव दिनुभएको थियो । प्रधानाध्यापक तेजबहादुर बस्नेतका अनुसार विद्यालय सुधार गर्न आफ्नो रचनात्मक सल्लाह र सुझावसहित उपस्थित आव्हान गरिएको थियो । भेलामा विद्यालयले राखेको एजेन्डाहरुमा हाम्रो विद्यालय कस्तो भए हुन्थ्यो ? आजको दि...
