वैंकर्स क्लव अफ वालिङको अध्यक्षमा प्रेम किशोर अर्याल
स्याङ्जाको वालिङमा रहेका वैंक तथा वित्तिय संस्थाहरुका कर्मचारीको क्लव वालिङ वैंकर्स क्लवको शुक्रवार आयोजना गरिएको विशेष साधारणसभावाट गरिमा विकास बैंक वालिङका शाखा प्रमुख प्रेमकिशोर अर्याल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
यस अघि पहिलो अधिवेशनवाट नेपाल इन्भेष्टमेन्ट मेगा वैंकका शाखा प्रमुख उज्वल श्रेष्ठ अध्यक्ष थिए । श्रेष्ठको सरुवा भएपछि क्लवको काममा निरन्तरता दिन विशेष साधारणसभा मार्फत नयाँ नेतृत्व चयन भएको क्लवका उपाध्यक्ष दीपक काफ्लेले जानकारी दिनुभयो ।
यसैगरी उपाध्यक्षमा एनएमवी बैंकका शाखा प्रमुख दीपक काफ्लेलाई चयन गरिएको छ भने अन्य पदाधिकारी भने पुरानै रहेको बैकर्स क्लवले जनाएको छ ।
सचिवमा राष्ट्रिय बाणिज्य बैंकका लिला गुरुङ्, कोषाध्यक्षमा प्रभु बैंकका सन्तोष पौडेल र सहसचिवमा लक्ष्मी सनराइज बैंकका मणी बस्याल रहेका छन् । सदस्यहरु वालिङ नगरपालिका भित्रका (क), (ख) र (ग) वर्गका बैंक...
