पत्रकार महासंघमा सदस्यता बिवाद केन्द्रदेखी जिल्लासम्म तालाबन्दी
नेपालको हरेक परिवर्तनमा बिशेष गरि नागरिकको आवजलाई संसारभर लाने र अन्याय तथा मानवअधिकार हननका बिषयमा खबदारी गर्दै नागरीक समाजको नेतृत्व गरेर सबैका साझा र बिश्वासिलो बनेको संस्था पछिल्लो समयमा आएर जनमानसमा राजनिती गर्ने थलो भन्ने भान हुन थालेको छ ।
यसको उदाहरण भनेको नेपाल पत्रकार महासघंको केन्द्रदेखी जिल्लासम्म तालबन्दी हुनुको मुख्य कारण रहेको छ । सदस्यता दिदा समचार लेख्ने पत्रकार भन्दा राजनिती दलका कार्यकर्ता तथा सरकारी सेवा सुबिधा लिइरहेका, गैर पत्रकारलाई प्रथमिकता दिनु नै मुख्य कारण रहेको पाइएको छ । यसै सन्धर्भमा नेकपा एस निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्...
