धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्छः महिला मन्त्री चौधरी
सुनसरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ । आज नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । शान्ति सुरक्षा कायम गर्नका निम्ति सुरक्षा निकायको विशेष भूमिका रहेको भन्दै उहाँले जो जहाँ छ त्यो व्यक्ति वा निकायले देश र समाजका निम्ति विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।
सूचना क्षेत्र, सञ्चारको क्षेत्रमा, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा नेपाली सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री चौधरीले भन्नुभयो, ‘सुरक्षा निकायमा काम गर्ने सबै व्यक्तिहरूले । अन्य सार्वजनिक सेवामा काम गर्ने व्यक्तिहरूले पनि घरपरिवार सबै छाडेर देशको सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको ...
