सम्पर्क

Author: लोकप्रिय समाचार

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुधबार एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर काठमाडौँबाट रसुवाका लागि उडेको थियो । प्रहरीका अनुसार क्याप्टेन अरुण मल्लले उडाएका हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार रहेको थियो । हालसम्म चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।...

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षलाई मातृशोक

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितिका सचिव एबं त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहरा, राजेन्द्र बोहराको ममतामयी माता उर माया बोहराको निधन भएको छ । ७८ बर्षको उमेरमा हिजो निधन भएको हो । उहाँको निधनप्रती गहिरो दुख ब्यक्त गर्देै नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननीय मोहन बहादुर बस्नेतले मृतकको आत्मा चिर शान्तीको कामना गर्देै श्रदाञ्जली ब्यक्त गर्नु भएको छ भने शोकाकुल परिबारप्रती समबेदना प्रकट गर्नु भएको छ । यसैबिच नेपाली काँगे्रस क्षेत्रीय सभापती एबं बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत र नेपाली कांग्रेसका नेता एबं महासमिति सदस्य भोला बोहराबाट संयुक्त रुपमाले पार्थिब शरीरमा नेपाली काँग्रेस पार्टीको झण्डा ओढाएर हजारौं आफन्त र शुभचिन्तकबिच तौथली खोलाको बाल्का आर्यघाटमा अन्तिम श्रद्धाञ्जली तथा अन्तेष्टी गरिएको छ । श्रदाञ्जली ब्यक्त गर्देै क्षेत्रीय सभाप...

रतनकोट आबिका विद्यार्थीलाई काँग्रेस नेता लामाद्धारा विद्यालय पोशाक वितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सुनकोशी सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा नं. ५ रतनकोट स्थित रहेको रतनकोट आधारभुत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । सुनकोशी –५ निवासी समाजसेवी तथा नेपाली काँग्रेस महासमिति सदस्य प्रेम लामाले आफ्नो ब्यक्तिगत खर्चमा मंगलबार एक कार्यक्रम गरि उक्त सामग्री वितरण गर्नु भएको हो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष स्याम कुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा सुनकोसी – ५ का वडा सदस्य पासाङ लामा, सुनकोसी – ५ नेपाली काँग्रेसका सभापति कुमार बस्नेत, विद्यालयका प्रधानाध्यापक बाबुकाजि लामा, बेलजियम नागरीक सन्द्रा डि भोस, शिक्षक, विद्यार्थि, अबिभावक, लगायतको बाक्लो उपस्थितिमा रहेको थियो । समाजसेवी लामाले विद्यालयका बिद्यार्थी र शिक्षकलाई टिसर्ट, जुत्ता र ट्राक सुटसेट बितरण गर्नुभएको थियो । ट्रयाक सुट बितरणसँगै विद्यालयमा अक्षकोष खडा गरेर अगाडि बढाउन ५० हजार नगद समेत...

रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
वीरगञ्ज (पर्सा), २२ साउनः कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न वीरगञ्जका दुवै भन्सार कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । आज सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको छुट्टाछुट्टै अनुगमन गर्नुहुँदै मन्त्री अधिकारीले आयातीत रासायनिक मलको भन्सार जाँच प्रक्रियालाई सहज र सरल बनाउनसमेत आग्रह गर्नुभयो । “रासायनिक मलको भन्सार जाँचपासमा ढिलासुस्ती हुँदा कृषकले मल अभावको सास्ती भोग्नुपर्ने हुन्छ । त्यसैले जाँचपासमा उच्च प्राथमिकतामा राखेर छिटोछरितो बनाउनुहोला”, मन्त्री अधिकारीले भन्नुभयो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले रासायनिक मलको प्राविधिक जाँचको रिपोर्ट आउनेबित्तिकै भन्सार पास हुने गरेको जानकारी गराउनुभयो । “विदेशी मुलुकबाट आयात ग...

डहरे देउरालीमा भेटिए भैरव

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
२२, साउन पदम श्रेष्ठ पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको शिर देख्न सकिन्छ । केही दिन अघि “डहरे देउराली”मा ध्यान गर्न आउँनु भएका एक साधक प्रकट आनन्दले साधनामा रहँदा भगवान भैरव उत्तर तर्फ फर्केर बसेको थाहा पाएपछि उहाँले आँखा खोलेर हेर्दा देखेको बताउँनु भयो । उँहाले उक्त स्थलमा मोक्षद्वार र गुफा रहेको ध्यान दृष्टिबाट देखेको बताउँनु भएको थियो । साधक आन्नदका अनुसार उक्त मोक्षद्वारबाट प्रवेश गरेमा मोक्ष पाइने उल्लेख गर्नु भएको थियो । सदियौं देखि भवानी दुर्गाको पुजा गर्न र त्यस ठाउँमा ध्यान, योगा गर्न सन्त महात्मा ऋषिहरु आएपनि भगवान भैरव रहेको जानकारी भएको थिएन ।साधक आनन्दले बताउँनु भएको भगवान भैरव र मोक्षद्वार ...

बाह्रबिसे खनियाबास वृद्धा हत्या प्रकरणमा १ जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबासमा एक वृद्धाको लुटपाटपछि हत्या भएको घटनामा संलग्न आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबेसीका ३६ बर्षीय फुने भनिने सन्जिव देउजा रहेका छन् । देउजाले ७१ वर्षीया वृद्धा रत्न कुमारी थापालाई घरमा केहि दिनदेखी सुराकी गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न देउजालाई प्रहरीले सोमबार काठमाण्डौै गोगंवुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरी मंगलबार जानकारी दिएको छ । देउजाले लुटपाट गरेको नगद रकम खर्च गरी सकिएको र गहना भने बेच्नको लागि कोही व्यक्तिलाई दिएको खुलेको छ । यसरी भएको थियो घटना गत साउन १८ गते शुक्रबार दिउँसोको समयमा बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबासमा ७१ वर्षीया वृद्धा रत्न कुमारी थापाको आफ...

‘आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २२ साउनः गृहमन्त्री रमेश लेखकले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन गराउन निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाको सराहना गर्नुुभएको छ । आयोग पदाधिकारीसँग आज भएको छलफलमा उहाँले आयोगको भवनलगायत पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को संशोधनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको कार्यालय भवन पुनःनिर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानुन र त्यसका नयाँ व्यवस्था, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ परिमार्जन आवश्यक भएको बताउनुभयो ।रासस...

मिडिया काउन्सिल’लाई ‘आमसञ्चार परिषद्’ मा परिवर्तन गर्ने सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडाँै, २२ साउन: सञ्चार, तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद्मा परिवर्तन गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । साथै उहाँले नाम परिवर्तनमा आफ्नो विमति नरहेको स्पष्ट गर्नुभएको छ । https://lokpriyasamachar.com/wp-content/uploads/2024/08/matri.webpराष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक’लाई ‘आमसञ्चार परिषद्’ का रूपमा नामकरण गर्न उहाँले समर्थन जनाउनुभएको हो । उहाँले भन्नुभयो,“मिडिया काउन्सिलको सट्टा आमसञ्चार परिषद् राख्नु उपयुक्त हुन्छ ।” सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको समेत उपस्थिति रहेको बैठकका सहभागीले विधेयकको नाम नेपाली हुनुपर्ने माग गर्नुभएको थियो । सचिव अर्यालले ‘मिडिया काउन्सिल’ प्रचलित रहेकाले यो असान्दर्भिक नहुने बताउनुभयो । यद्यपि उहाँले नेपाली नामप्रति असहमति जना...

मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भागलिन मन्त्री भण्डारी भारत प्रस्थान

ब्रेकिङ न्युज २, समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनका क्रममा नेपालका तर्फबाट बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवद्र्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नति पश्चात नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्ष...

सुकुटे विच क्याम्प एडभेन्चर रिसोर्ट सरकारी/सार्वजनिक जग्गाको रेखांकन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको सुकुटे विच क्याम्प एडभेन्चर रिसोर्टले सरकारी जग्गा अतिक्रमण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । कित्ता नम्बर ४२९ र ४३४ को पुरै र कित्ता नम्बर ४३५ को जग्गा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिसोर्टले कुनै सरकारी निकायसँग कुनै किसिमको सम्झौता नगरी आफूखुशी अतिक्रमण गरी सार्वजनिक जग्गामा समेत व्यावसाय संचालन गरेको देखिन आएको हुँदा पत्र मार्फत दिएकोे सुझाव अनुसार सार्वजनिक जग्गा अतिक्रमण हटाउने सम्बन्धि जिल्ला प्र   शासन कार्यालय सिन्धुपाल्चोकले गत साउन ११ गते १ महिने सूचना जारी गरिसकेको र चौतारा साँगाचोकगढी नगरपालिकालाई समेत कानुन बमोजिम अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सोही व्यहोराको सुझाब लेखि पठाएकोे थियो । त्यस्तै गत असार ७ गते चौतारा साँगाचोकगढी नगरपालिका नगर कार्यापालिकाको बैठकले अतिक्रमित सरकारी/सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय सरकार संचालन ...