सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजारमा नजिकिएको चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरिएको छ । बजार अनुगमनको क्रममा बिना बिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिडेको एक जना जरिवानमा परेका छन् ।
उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकमा स्थानीय व्यवसायीले गुनासो गरेपछि संघको सक्रियतामा उनिहरुलाई कार्बाही गरि १५ हजार जरिवाना असुल गरेको जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव उद्योग तथा बाणिज्य कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले बताउनुभयो ।
उनिलाई पटक पटक कानुनी प्रकृया पुरा गरेर मात्र सामान बेचबिखन गर्न आग्रह गर्दा समेत बजार अनुगमन समितिको अबज्ञा समेत गर्दै आएकोले जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ ।
उनलाई कारबाही गर्न बजार अनुगमन समितिमा रहेका उद्योग तथा बाणिज्य कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिकाका,उद्योग बाणिज्य संघ, नेपाल उपभोक्ता अधिकार मञ्च, नेपाल प्रहरी र स्थानीय व्यवसायीहरुको सहभागि रहेको थियो । अरुपनि अबैध रुपमा बि क्री बितरण गर्दै हिडेको पाइएमा तुरुन्त कार्वाही गरिने बजार अनुगमन समितिले जनाएको छ ।
चौतारा बजारमा फुटपाथमा सामान बेच्नेहरुलाई पनि आगामी दिनमा दर्ता गरेर सटर लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको वडाध्यक्ष सिव श्रेष्ठले बताउनुभयो । चाडबाडको समयमा बजारमा चहलपहल बढेको हुँदा सवारी पार्किङमा एकद्धार मात्र लागु गर्न र फुटपाथमा अवरोध नपुर्याउन आग्रह गरेका छन् ।
