सम्पर्क

Author: लोकप्रिय समाचार

विपद जोखिम न्यूनीकरण र पुर्वसुचना प्रणाली सुढृढिकरणका लागी छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  दिपिन ढुंगाना सिन्धुपाल्चोक जिल्ला बहुप्रकोपको जोखिम उच्च रहेको जिल्ला हो । बर्षेनी लाखौ मात्रमा विपदजन्य घटनाहरुबाट क्षति हुने गर्दछ । खास गरी मनसुन जन्य विपदहरुबाट सिन्धुपाल्चोक जिल्लामा व्यापक क्षति हुने गरेको छ । २०७८ सालको मेलम्ची बाढी पश्चातका वर्षहरुमा बाढी तथा पहिरोले व्यापक असर पुर्याएको छ ।विपदको क्षतिलाई न्युन गर्नको लागी मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा बाढी तथा पहिरोमा आधारित पुर्वसुचना प्रणाली विकास हुँदैछ । मानविय क्षति रोक्न तथा धन सम्पतीको रक्षाको लागी पुर्वसुचना प्रणालीकोे अहम भूमिका रहेको हुन्छ । बाढी तथा पहिरोमा आधारित पुर्वसुचना प्रणालीको विकास सिन्धुपाल्चोक जिल्लाको अन्य पालिकाहरु तथा देशको अन्य जोखिमयुक्त स्थानहरुमा गर्न सकिएमा जनधनको क्षतिलाई कम गर्न सकिन्छ ।सिन्धुपाल्चोक जिल्लाको विपद्को जोखिमहरुलाई कम गर्ने उद्धेश्यका साथ जिल्ला विपद् व्यवस्थापन स...

लाहाचोकमा विविध कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
साउन १९ गते माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकको आयोजना तथा बैदेशिक रोजगार मञ्च लाहाचोकको सहकार्यमा आजिवन सदस्यता वितरण, सम्मान तथा सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद गणेशमान गुरुङले राष्ट्रले गर्नुपर्ने काम एउटा संस्थाले गर्नु महान कार्य भएको भन्दै आयोजक प्रति धन्यवाद व्यक्त गरे । सोही अवसरमा मर्दीसेती दोवान जलकिनिमा मोटर पुल बनाउन सक्दो प्रयास गर्ने थप उल्लेख गरे । कार्यक्रममा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल सोभित बहादुर जिसी, रोजिना अधिकारी र जितेन भण्डारीलाई पुरस्कृत गरियो । त्यस्तै अनिल थापा मगरलाई बर्ष खेलाडीको रुपमा सम्मान गरियो । कार्यक्रममा माछापुच्छ्रे निवासी टेकबहादुर सुनारर माया सुनारको परिवारलाई आर्थिक सहयोग स्वरुप रु १ लाख ५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । उक्त रकम सस्थाका तर्फबाट अभियान...

सुनकोसी ५ का अध्यक्ष लामाद्धारा मृतक परिवार भेटघाट कार्यक्रम सुरु

समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष जाल बहादुर लामाले वडामा कुनै ब्यक्तिको निधन भएको खण्डमा मृतकको परिबारलाई भेटघाट गरेर समबेदना दिने कार्यक्रमको सुरु गर्नु भएको छ । यसको सुरुवात २०८१ साउन ३ गतेका दिन ५७ वर्षको मृत्यु भएका भोटेयामुना, निवासी स्व. छेवाङ दोर्जे तामाङको परिबारलाई भेटी श्रद्धाञ्जली दिदै समबेदना दिएर भएको छ । २१औं दिनको पुण्य तिथिमा साथै दुखद घडीमा दिवाङ्गत आत्माको चिर शान्ति बैकुण्ठ बासको कामना गर्दै सुनकोशी ५ का वडा अध्यक्ष जाल बहादुर लामा, वडा सदस्य बिबेक योन्जन, काँग्रेस सभापति कुमार   बस्नेत लगाएत वडाका सबै दलका प्रतिनिधिहरूको उपस्थितिमा मृतकको परिवार भेटघाट गर्नु भएको हो । वडाले बजेट नै छुट्याए र मृतक परिवार भेटघाट कार्यक्रम गरिएको र यसमा सुनकोशी ५ का प्रमुख राजनीति दलका प्रतिनिधिहरू र वडा समितीका सदस्यहरू सहित उपस्थित भए र जाने संस्कार बसा...

अपाङ्गता रहर होइन बाध्यता होः नगरप्रमुख थापा

ब्रेकिङ न्युज २, समाचार
सुशिला श्रेष्ठ /चौतारा अपाङ्गता भनेको रहरले हुने होइन यो बाध्यताले हुने हो त्यसैले अपाङ्गता भएका ब्यक्तिहरुको सहयोगका लागि नगरपालिकाले गर्नपर्ने सहयोग गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यबाहक नगर प्रमुख सिता थापाले बताउँनु भएको छ । उहाँले बिहिबार नगरपालिकामा परिचय पत्रलिन आउँनु भएका अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण गर्दै यस्तो बताउँनु भएको हो । परिचय पत्र पाउँनु उहाँहरुको अधिकार हो त्यसैले यो अधिकारको सुनिश्ची त गरी तोकिएको परिचय पत्र दिनुका आपाङ्गता भएका ब्यक्तिहरुको आय आर्जनका लागि नगरपालिकाले बिभिन्न कार्यक्रमहरु गरिरहेको बताउँनुभयो । यसअघी चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय अपाङ्गता परिचयपत्र वितरण समितिको बैठक नगरपालिकाको उपप्रमुख सिता थापाको अध्यक्षतामा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख निरज बिशंखे, जिल्ला अस्पताल चौतारामा कार्यरत डा. सरोज श्रेष्ठ,...

नागलाई खुसी पार्न नागपूजा गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
लेखनाथ (कास्की), २४ साउन : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदैछ । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ ।पोखरा–२६ विजयपुर निवासी पण्डित गणेश अधिकारीले नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहिआएको बताउनुभयो । “अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई श्रावण शुल्क पञ्चमीमा ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । यस दिन नागदेवताको पूजाअर्चना गर्न दूध, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ”, उहाँले भन्नुभयो, “सामान्यतया अगाडि सर्पनै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा,...

पाँचपोखरी जोड्ने सडक सुचारु गराउँदै मेलम्ची नगरपालिका

ब्रेकिङ न्युज १, समाचार
 जनै पुर्णिमाको अवसरमा लाग्ने पाँचपोखरी मेलामा आउने तिर्थयात्रीलाई लक्षित गर्दै मेलम्ची नगरपालिकाले दुई महिनादेखि अवरुद्ध मेलम्ची तिपेनी सडक सुचारु गराउन थालेको छ । पाँचपोखरी मेलामा विभिन्न स्थानबाट आउने यात्रुको सहजतालाई ध्यान दिंदै मेलम्ची नगरपालिकाले अवरुद्ध सडक मर्मत गरेर सुचारु गराउन लागेको हो । मेलाका तिर्थ यत्राुसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बासिन्दालाई समेत आवागमनमा सहज बनाउन झण्डै दुई महिनादेखि अवरुद्ध सडक सुचारु गराउन लागिएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । गत असार १ गते र त्यासपछि आएको बाढि र पहिरोका कारण कटान हुँदा मेलम्ची तिपेनी भोताङ सडक ठाउँ ठाउँमा अवरुद्ध छ । सडक अवरुद्ध हुँदा मेलम्ची हुदै पाँचपोखरी जाने यात्रुहरुलाई असुविधा हुने भएकाले तत्काल ट्रयाक खोलेर आवागमन सहज बनाउन लागिएको नगर प्रमुख तामाङले जानकारी दिनुभयो । पहिरो गएको स्थान मेलम्ची–९ स्थित मकैबारी पुगे...

‘बजाउँदै चुरा’ भन्दै गीता

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
गिता अधिकारी काठमाडौं । नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवं कलर छ ।गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काउनुभएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता/दर्शकमाझ आएका छन् ।नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीता बताउनुह...

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बर्खायामसँगै डेंगु संक्रमणको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ । प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभयो । मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको उपचार व्यवस्थापन...

प्रधानसेनापतिबाट बिदा हुँदै शर्मा, आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २३ साउन : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । आगामी भदौ २४ गतेदेखि अवकाशमा जान लाग्नुभएका प्रधानसेनापति शर्माले शुक्रबारदेखि घर बिदामा बस्न लागेको पूर्वसन्ध्यामा आज सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराउनुभएको हो । आफ्नो कार्यकालका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सदैव इमान्दारिता, वफादारिता, निःस्वार्थ भाव र निरन्तर परिश्रमलाई मूलमन्त्रको रूपमा अङ्गिकार गरी कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थभन्दा संस्थागत स्वार्थलाई शिरोपर गरी राष्ट्र तथा सङ्गठनको हितअनुरूप कार्य गर्नुहोला । भावी प्रधानसेनापतिलाई पनि मलाई जस्तै साथ र सहयोग मिल्ने विश्वास लिएको छु ।...

हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

ब्रेकिङ न्युज २, समाचार
एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ ९तीन पुरुष र एक महिला० नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड््डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ । सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।...