पृथ्वीजंग पाण्डे / पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकामा बजार अनुगमन टोलिद्वारा गाउँपालिकाको विभिन्न वडामा गत सोमबारदेखि अनुगमनमा तीव्रता दिएको छ । बिहीवार सम्म पिस्कर,धुस्कुन,चोकटी, तौथली र टेकानपुरमा भएका किराना पसल तथा होटलको अनुगमन गरि आवश्यक सल्लाह सुझाव दिएको हो।म्याद नाघेका र अखाद्य सामग्री बढी बिक्री वितरण भएको र स्थानीयको स्वास्थमा प्रतिकुल असर परेको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई शुरु गरिएको र जसलाई निरन्तरता दिइने पालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनुभयो ।
अनुगमनका क्रममा बिनादर्ता संचालन भएका पसलहरुलाई दर्ता प्रक्रिया पुरा गरी प्यान नम्बर लिन आग्रह गरिएको छ । त्यसैगरी अधिकाशं पसल तथा होटलहरुले सरसफाईको अवस्था सुधार गर्नुपर्ने, प्यान नम्बर ,मुल्यसुची र साइनवोर्ड लगायतका कागजपत्रहरु देखिने गरी पसलमा राख्नुपर्ने लगायतका सुझावहरु दिएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएको अखाद्यय वस्तु ,विभिन्न ब्राण्डका चकलेट, चाउचाउ ,भुजिया, आटाको पिठो,दालमोठ,बेकरी आइटम,पेय पदार्थ ,बियर ,मस्यौरा, जुस , कुरकुरे , मन्जन,चामल ,गरम मसला, चिया पत्ति , थुक्पा , विस्कुट आदि रहेका छन ।साथै नक्कली पेय पदार्थ र नक्कली खाद्यवस्तु समेत भेटिएकोले त्यस्तो सामग्री बिक्रीवितरण नगर्न सुझाव समेत दिइएको छ।साथै प्लास्टिकका बोतलमा पाइने विभिन्न ब्रान्डका रक्सीजन्य पदार्थले स्वास्थलाई तीब्र प्रतिकुल असर पार्ने भएकोले पालिकाले बिक्रीवितरण नगर्न सचेत समेत गरेको छ।
अनुगमनमा पालिका अध्यक्ष भक्तध्वज बोहरा संयोजकत्वमा ,उपाध्यक्ष गिताकुमारी नेपाल प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइवा, वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरुको साथै ,उधम बिकास शाखा प्रमुख ओम तामाङ रोजगार संयोजक बिज्ञान बोहरा ,प्रहरी चौकी पिस्करका प्रहरीहरु तथा सञ्चारकर्मी लगायतको टोलीले व्यवसायीलाई सचेत गराएका छन । पालिकाले उपभोक्ताको स्वास्थ्यमा अहित हुने वस्तु साथै चाडवाडमा कालोबजारी हुुनसक्ने कुरालाई मध्यनजर गरि बजारमा अखाध्य र म्याद गुज्रिएका सामग्री पाइने भएकाले बजार अनुगमन सुरु गरिएको हो ।
पहिलो पटकमा व्यापारीहरुलाई सुधारको लागि अनुरोध गरिएको र दोस्रो पटक पनि सोही प्रकारको गल्ति दोहो¥याएमा कानुनअनुसार कारवाही गरिने त्रिपुरासुन्दरी गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइवाले जानकारी दिनुभयो ।
चाडपर्वको मौसममा विषेशगरी बढी मुल्य लिने, अखाद्य बस्तु विक्री वितरण गर्ने जस्ता कार्य हुने गरेकाले बजार अनुगमनलाई तिव्रता दिइएको हो।
म्याद नाघेका र अखाद्य सामग्री बढी बिक्री वितरण भएको र स्थानीयको स्वास्थमा प्रतिकुल असर परेको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई शुरु गरिएको हो । टोलीले व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न तथा उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। पुन अर्कोपटक अनुगमन गरिने र सो क्रममा पुन अखाद्य बस्तु र म्याद गुज्रिएको सामान भेटिए नष्ट गरिने पालिकाको योजना रहेको छ।
