सम्पर्क

लिसंखुपाखरको १८ किलोमा बन्यो यात्री बिश्राम स्थल

 सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाको वडा नं. ५ र ७ को बिचमा पर्ने १८ किलोमा सवारी तथा यात्री बिश्राम स्थलको निर्माण गरिएको छ ।
नेपालीहरुको महानचाड बिजया दशमी तथा शुभ दिपावली, छठ पर्व नजिकिदै गर्दा सवारी साधनमा भिडभाड हुने तिब्र गतीमा सवारी चलाउँदा दुर्घटना हुने सम्भावना रहेको हुँदा उक्त बिश्राम स्थलको निर्माण गरिएको जिल्ला ट्राफीक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख गोपीराम भण्डारीले जानकारी दिनुभयो ।
शुक्रबार एक समारोहका बिच उक्त बिश्राम स्थलको निर्माण गरिएको हो । उक्त बिश्राम स्थलमा निःशुल्क शौचालयको व्यवस्था गरिएको छ भने यात्रीहरुलाई आबश्यक पर्ने खानेपानीको व्यवस्था लिसखुंपाखर गाँउपालिकाले गर्ने भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी लिसखुंपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले चाडबाडको बेलामा गाडीहरु अलिबढी हतार गरेर दौडने गर्दा समस्या नपरोस् भन्नका लागि यस स्थानमा प्रहरीले सुरक्षा जाँचगर्ने तोकीएका भाडा बढी लिएको छ वा छैन हेर्ने सवारी चालकलाई दुर्घटनजा सम्बन्धी सचेतनामुलक सन्देश प्रवाह गर्ने यात्रिहरुका बारेमा जानकारी लिने खालका कार्यक्रम गर्न लागेकोमा प्रहरीलाई धन्यबाद दिदै १० मिनेटसम्म बिश्रा गर्ने भएकोले खानेपानीको व्यवस्था गाउँपालिकाले गर्ने जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा लिसंखुपाखर गाउँपालिकाको संयोजनमा भएको उक्त कार्यक्रम लिसंखुपाखर ७ का वडाअध्यक्ष दिनेश लामाको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय सञ्चारकर्मी कुमार बस्नेत, सवारी चालक सहचालक सहित स्थानियहरूको उपस्थिति रहेको थियो । उक्त स्थलमा ट्राफीक प्रहरी जनपथ प्रहरी रहेने व्यवस्था मिलाइएको छ भने बिश्राम अबधी कम्तीमा पनी १० मिनेट रहने छ । जिरी चरिकोटबाट काठमाण्डौ जाने र काडमाण्डौबाट जिरी चरिकोट जाने दुबै तर्फको सवारी साधनहरुलाई १० मिनेट बिश्राम गराएर पठाइने व्यवस्था गरिने प्रमुख भण्डारीले जानकारी दिनुभयो ।