चौथो संस्करण मालिकादेवी कपः सुनकोशी ‘बी’ र धार्पा युथ क्लब उपाधि नजिक
चौथो संस्करण मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा सुनकोशी युवा क्लब र धार्पा क्लबबीच भिडन्त हुने भएको छ ।
मेलचौरस्थित दरबारडाँडा मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा जित निकालेर फाइनलमा स्थान बनाउँदै सुनकोशी युवा क्लब र धार्पा क्लबले उपाधि भेट पक्का गरेका हुन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा राई एफसी र सुनकोशी बीबीच भएको खेल निर्धारित समयमा बराबरीमा रोकियो । ट्राइबेकरमा पुगेको खेलमा राई एफसीलाई ३–४ गोलले हराउँदै सुनकोशी उपाधि होडका लागि फाइनल प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा स्पोर्टिङ र धार्पाबीच भयो । सो खेल पनि निर्धारित समयमा बराबरीमा रोकियो । ट्राइबेकरमा पुगेको खेलमा स्पोर्टिङलाई ३–४ गोलले हराउँदै धार्पाले फाईनलको यात्रा तय गर्याे ।
बिहीबार भएको पहिलो क्वाटरफाइनलमा सुकुटे युवा चारण समाजलाई १–० गोलले पराजित गर्दै राई एफसी सेमिफाइनलमा प्रवेश...
