कतारमा भव्य रूपमा मनायो तमु ल्होसार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
“तमुहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ तमु गुरुङ समाज कतारको आयोजनामा तमुहरूको राष्ट्रिय पर्व “तमु सप्र्ही ल्हो–ल्होसार” भव्य रूपमा मनाइएको छ ।
शुक्रवार आईडियल ईन्डियन स्कुलको सभाहलमा तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव प्रवीण गुरुङको प्रमुख आतिथ्यता मनाइएको हो । कार्यक्रमका सभापति र प्रमुख अतिथिको आसन ग्रहण सगैं समाजका संरक्षकहरू द्वारा दोसल्ला र प्रमुख अतिथि लाई फेटाद्वारा र तमुहरूको मौलिक पहिचान तमु खेगी द्वय लाई समाजले फेटा लगाएर सम्मान गरिएको थियो । गुरुङहरूको ल्हो आउने र जाने विधि अनुसार मुप्र्ही ल्हो को बिदाइ सङ्गै सप्र्ही ल्हिको आगमन स्प्र्ही ल्हो वर्ग लाई रिपा लगाई रोग ब्याथा नलागोस् भनी रिपा समेत लगाइएको थियो । विधिगत रूपमा दीप प्रज्वलन गरेर तम...
