दर्शन सुनार/लोकप्रिय दैनिक, कतार “तमुहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ तमु गुरुङ समाज कतारको आयोजनामा तमुहरूको राष्ट्रिय पर्व “तमु सप्र्ही ल्हो–ल्होसार” भव्य रूपमा मनाइएको छ ।
शुक्रवार आईडियल ईन्डियन स्कुलको सभाहलमा तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव प्रवीण गुरुङको प्रमुख आतिथ्यता मनाइएको हो । कार्यक्रमका सभापति र प्रमुख अतिथिको आसन ग्रहण सगैं समाजका संरक्षकहरू द्वारा दोसल्ला र प्रमुख अतिथि लाई फेटाद्वारा र तमुहरूको मौलिक पहिचान तमु खेगी द्वय लाई समाजले फेटा लगाएर सम्मान गरिएको थियो । गुरुङहरूको ल्हो आउने र जाने विधि अनुसार मुप्र्ही ल्हो को बिदाइ सङ्गै सप्र्ही ल्हिको आगमन स्प्र्ही ल्हो वर्ग लाई रिपा लगाई रोग ब्याथा नलागोस् भनी रिपा समेत लगाइएको थियो । विधिगत रूपमा दीप प्रज्वलन गरेर तमु राष्ट्रिय राष्ट्रिय गान (तमु हयुल क्वोई) गरिएको कार्यक्रममा तमु (गुरुङ) समाज, कतारकी महिला विभाग संयोजक शिला गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थागत तथा सप्र्ही ल्होसारको बारेमा समाजका प्रथम उपाध्यक्ष तेज तमुले प्रस्ट पारेका थिए । तमु सांस्कृतिक परिवारमा आबद्ध रहेका कलाकार प्रकाश गुरुङ, दुर्गा गुरुङ (डिबि) रोजिना गुरुङ,पुष्पा गुरुङ,सोनी आले मगर,मौसमी गुरुङ,सगिंता गुरुङ,तिलमाया गुरुङ, गीता तामाङ, विशाल गुरुङ,विमल गुरुङ,र टिकाराज गुरुङ, निसान गुरुङ, पूर्ण गुरुङ ले ल्होसार स्वागत नृत्य पेस गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवातमै नेपालबाट आमन्त्रित अतिथि कलाकार बबिता गुरुङ स्टेज चढिन कतार सम्म आउन वातावरण मिलाइदिएकोमा आयोजक टिम प्रति आभार व्यक्त गर्दै पहिलो चरण र दोस्रो चरण गरेर खो पाते खो,सालैजो हावा सरर,कौडा,को पाते गोर्खाको डाडैमा ङोल्स्यो राम्रानी, लाँकुरी बोटैमा,जस्ता आधा दर्जन गितहरुमा आफ्नो साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो । तमु गुरुङ समाज कतारलाई स्थापना काल देखि नै विभिन्न कोणबाट सहयोग गर्दै आइरहेका समाजका विशिष्ट व्यक्तित्व क्रान्ति सिंह,विमल सुवेदी,माया केसी,रमेश भट्ट,कमलमणि गुरागांई लाई मानार्थ सदस्यको प्रमाण पत्रको साथमा भाङ्ग्रा लगाइदिएर सम्मान गरिएको थियो ।

तमुहरूको संस्कार अनुसार समाजका संस्थापक र संरक्षकहरूलाई संस्थाको लोगो अङ्कित खादा द्वारा सम्मान गरिएको थियो । आदिवासी जनजाति महासघंमा आबद्ध रहेका थुप्रै मातृ संस्थाहरू र पाल्पाली सेवा समाज कतारले भाइचाराको सम्बन्धमा थप बलियो बन्ने र दाजुभाइ तथा दिदीबहिनीको माया सम्मानमा थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्दै समुदायमा चलिएको रीतिरिवाज, चालचलन, धर्म संस्कृतिको समेत जगेर्ना गर्ने बताउँदै तमु गुरुङ समाज कतार परिवारलाई सामूहिक रूपमा कोसेली प्रदान गर्नुभएको थियो । कार्यक्रमको उतार्धेमा नेपालबाट आमन्त्रित अतिथि हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङ स्टेज चढे, उहाँले आफ्ना विभिन्न अदभुतं जादुगर कला जादु प्रदर्शन गरेका थिए । उहाँले पत्रीका पोलेर परेवा उडाए, फ्रेममा परेवाको तस्बिर राखेर त्यही फ्रेमबाट परेवा उडाए, रित्तो आम्खोरामा पानी निकाले, यस्तै यस्तै थुप्रै कला तथा जादु प्रदर्शन गरे । गुरुङको अलौकिक जादुगर कलाले हुटिङको वर्षा सगैं माहौल समेत तातेको थियो । कार्यक्रममा गैर आवासीय नेपाली तारामा सहभागी सरला तामाङ, गैर आवासीय नेपाली तारा गायन तर्फ विजेता, रुस्तम तामाङ र नृत्य तर्फ निरु श्रेष्ठ,,गोविन्द गुरुङ, विशाल गुरुङ लगायत तमु गुरुङ सांस्कृतिक परिवारमा आबद्ध रहेका अन्य थुप्रै कलाकारहरूले आफ्ना गायन तथा नृत्यमा आफ्ना साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि गुरुङले आफ्नो मन्तव्य बोल्दै समाजले प्रमुख अतिथिको भूमिका दिएकोमा मनै देखि हार्दिक आभार व्यक्त गर्दै तमुहरूको मात्र न भई हाम्रो देशको भेष,भूषा कला,संस्कृति जगेर्ना गर्नु हाम्रो दायित्व रहेको बताउनुभयो ।
गुरुङले आफू कतार प्रवेश गरेको समयलाई स्मरण गर्दै कतारमा रहेका दुई संस्थाले अलग,अलग ठाउँमा दुई वटा ब्यानर राखेर कार्यक्रम गर्दा समाज भाडिनें र दोहाको समाजले हेर्ने दृष्टिकोण नै फरक आफूले पाएको दुख व्यक्त गर्नुभयो । आगामी दिएमा दुई वटा संस्था मिलेर समाजमा एकताको सन्देश दिँदै मिलेर अगाडि बढ्न आग्रह गर्दै तमु ल्होसारको महान् पर्वको पावन अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना समेत व्यक्त गर्नुभयो । समाजका महासचिव डिजन गुरुङले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति टौमाया गुरुङले विगत चार महिना देखि कार्यक्रमको तयारीका साथै प्रचार,प्रचार गर्दै आई रहेता पनि विभिन्न बाधा अवरोध गर्दै कार्यक्रम जुधाउने प्रथाले आफू असन्तुष्ट रहेको बताउनुभयो । आफूले आफ्नो कार्यकाल भरी दोहाका विभिन्न सङ्घ संस्था सगं हातेमालो गर्दै गर्दा पनि एउटै समाजका दुई वटा ब्यानर,एउटा चुल्होको भान्सा दुई तिर छुटिदा,बाँडिदा पक्कै पनि मनलाई खुसी न मिल्ने र दुई वटा संस्था यसरी भाँडिदा समाजमा सकारात्मकको पाटो न देखिने हुँदा आगामी दिनमा अर्को संस्था सगं सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।कार्यक्रममा विभिन्न भेसभुसामा सजिएका करिब हजार दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

