सम्पर्क

कतारमा ५२ जना नेपालीहरुले गरे रक्तदान

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार

कतारमा रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा “बृहत् रक्तदान कार्यक्रम“ सम्पन्न भएको हो । नेपाली जनसम्पर्क समिति कतारले आफनो“४९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको “नवौ बृहत् रक्तदान” कार्यक्रम शुक्रबार कतारको अलसाद स्थित कतार नेशनल बल्ड डोनेशन सेन्टरमा आयोजित कार्यक्रममा समितिका संस्थापक महामन्त्री बिमल सुवेदीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
करिब १६० जना उपस्थिति रहेको कार्यक्रममा ७८ जनाले रक्तदान गर्नका लागि रजिष्ट्रेसन गरेका थिए । जसमध्य ५२ जनाले रक्तदान गर्न सफल भएको र २६ जना रक्तदान गर्नबाट बञ्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो ।
“मानविय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम संयोजक ठाकुर कुमार परियारले धन्यवाद प्रकट गर्नुभएको थियो । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सफल बनाईदिनुहुने सम्पुर्णलाई समितिका सभापति अजिज अलिले धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्नुभयो ।
“रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा एनसिसी कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक संस्थाहरु समाजसेवी,पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । रक्तदान बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको थियो ।