विचार : कति सिकियो त भूकम्पले सिकाएको पाठ ?
श्रीरामसिंह बस्नेत
काठमाडौँ, २ माघ (रासस): आज माघ २ गतेअर्थात् भूकम्प सुरक्षा दिवस । नेपालमा यो दिवस मनाउन थालिएको पनि २६ वर्ष पूरा भइसकेको छ । आजको दिन २०५५ सालमा पहिलोपटक भूकम्प सुरक्षा दिवस मनाउँदाको क्षण सम्झना हुन्छ । विगतको कुनै ठूलो भूकम्पलाई आधार मानेर वर्तमानमा जनचेतना र राज्यको सक्रियता बढाई भविष्यलाई सुरक्षित बनाउने यो अवधारणा नेपालका लागि मात्र हैन विश्वमै एउटा नयाँ प्रयोग थियो । त्यसैले यसबारे सरकार र सम्बन्धित पक्षलाई कुरो बुझाउन निकै कठिन भएको थियो । यसका लागि भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) र तत्कालीन गृह मन्त्रालयले निकै परिश्रम गरेका थिए । यो दिवस २०५५ साल देखि मनाउन थाले पनि यसका लागि प्रयास भने करिब तीन वर्षअघिदेखि नै चलेको थियो । यदि सुरुमै प्रयास सफल भएको भए आज २७ औं हैन ३० औं भूकम्प सुरक्षा दिवस मनाइरहिएको हुन्थ्यौँ । यो अनौठो खालको दिवस उद्घाटन गरेर श्...

