उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ ः प्रजिअ अधिकारी
उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ तर अधिकार मलाइ चाहीने तर दाइत्व चाही अरुलाइ देखाउँने कार्य बन्द गर्न पर्ने प्रमुख जिल्ल अधिकारी रामकृष्ण अधिकारीले बताउँनु भएको छ । “सुरक्षित उत्पादन, विश्वस्त उपभोक्ता” भन्ने मूल नारासहित सिन्धुपाल्चोकको चौतारामा विश्व उपभोक्ता अधिकार दिवस २०८२ उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।उँहाले कानुन, ब्यवहार सबैले अधिकार र दाइत्व सबैको बराबर रहने बताउँदै दाइत्वका बारेमा जिम्मेवार बन्न आबश्यक रहेको बताउँनु भयो । उँहाले अधिकारका कुरा आफुबाट सुरु गर्छाै दाइत्व चाही अरुबाट सूरु गराउँन खोज्छौ यसो हँदा अधिकारको कुरा मात्र गरेर हँदैन काईन्वयन गर्नका लागी दाइत्व पनी बहन गर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा अधिकारीले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन र उपभोक्ता अधिकारको कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायहरूले आफ्नो दायित्व कडाइका साथ पालना गर्नु...









