सम्पर्क

नेपाली काँग्रेस देउवासमुहकोमहाधिबेशन तैयारी समिती सिन्धुको कार्यसमिती बिस्तार

कुमार बस्नेत खाडीचौर   नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति, सिन्धुपाल्चोकको कार्यसमिति विस्तार गरिएको छ। लाल काजी तामाङको संयोजकत्वमा बिस्तारित कार्य समिती र पालिका संयोजकहरुले आगामी असोज १५गते वडा अधिबेशन गर्दै १५औ महाधिबेशन गर्न लागेको हो । सिन्धुपाल्चोक लगाएत देसै भरी काग्रेसले छुटाछुटै अधिबेशन गरिरहेको छ महाधिबेशन तैयारी समिती सिन्धुपाल्चोकमा लालकाजी तामाङ जिल्ला संयोजक बिदुर प्रसाद घोरासैनि जिल्ला सह संयोजक निराजन चौलागाईं जिल्ला सचिव जिबन राउत जिल्ला सचिव दिनेश गिरि राकेश जिल्ल्ला सह सचिव प्रकाश बस्नेत काजि क्षेत्र न २ संयोजक अनिल सापकोटा क्षेत्र नं२, प्रदेश ख सचिव राजकुमार रायमाझि क्षेत्रीय नं२, सचिवराम शरण गिरि क्षेत्र न २ प्रदेश ख संयोजक दानोर्बु शेर्पा क्षेत्र न १ क प्रदेश संयोजक समिर तामाङ क्षेत्र नं१, प्रदेश ख संयोजक यसै गरी गाउँपालिका संयोजकहरुमा कृष्ण बहादुर तामाङ इद्रवाति गापा संयोजक राम कृष्ण ढुंगाना चौसागढि नगर संयोजक मिठु बोहोरा त्रिपुरासुन्दरि गापा संयोजक महेश दास श्रेष्ठ पाँचपोखरि गा.पा संयोजक कुमार बस्नेत सुनकोशि गापा संयोजक रबि तामाङ जुगल गापा संयोजक सुनलाल तामाङ बलेफि गापा संयोजक रहनु भएको छ । यस सँगै जिल्ला संयोजक लालकाजी तामाङले विस्तारित कार्यसमितिका सम्पूर्ण साथीहरूलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण निष्ठा, इमानदारी र प्रतिबद्धताका साथ सक्रिय भई संगठनलाई थप सुदृढ बनाउँदै महाधिवेशन तयारीका सम्पूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उँहाले हाम्रो साझा उद्देश्य—संगठन सुदृढीकरण, एकता र सफल महाधिवेशनसबैको साथ, सहकार्य र प्रतिबद्धताबाट हामी निर्धारित जिम्मेवारी पूरा गर्नेछौँ भन्दै एकताबद्ध भएर अघि बढौँ, संगठन बलियो बनाउँन अनुरोध गरेको छ ।यसै बिच १५औँ महाधिवेशनका लागि ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।शनिबार काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई उक्त विवरण हस्तान्तरण गरिएको हो।सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको देउवा समूहले जनाएको छ। सोही क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन नयाँ वेबसाइट पनि सार्वजनिक गरिएको छ।क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार यसपटक ५ लाख ७३ हजार २ सय ६९ पुरानो नवीकरण र २ लाख १० हजार ५ सय ६७ नयाँ गरी कुल ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यताको विवरण लिपिवद्ध गरिएको छ। उहाँले अघिल्ला महाधिवेशनमा सदस्यता विवादका कारण अधिवेशन प्रभावित भएको दृष्टान्त दिँदै यसपटक त्यसलाई सच्याउँदै सबै विवरण निर्वाचन समितिलाई बुझाइएको बताउँनु भएको समाचार प्राप्त भएको छ ।निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै १५ गते देशभरका वडाहरूमा अधिवेशन सुरु हुने र त्यसको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिनु भयो । साथै, आगामी दिनमा सदस्यताका लागि आवेदन लिन चाहनेहरूले अनलाइनमार्फत नै प्रक्रिया सुरु गर्न सक्ने र अनलाइन मार्फत सदस्यता प्रदान गरिने व्यवस्था मिलाइएको छ।