देबराज सुबेदी सिन्धुपाल्चोक। नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनको संघारमा सिन्धुपाल्चोकमा चुनावी सरगर्मी तीव्र बनेको छ। यसै क्रममा पार्टीका युवा तथा प्रभावशाली नेता सागरकुमार श्रेष्ठले सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट खुल्ला पदतर्फ ‘केन्द्रीय महाधिवेशन प्रतिनिधि’ पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
“वैचारिक नेतृत्व, गतिशील संगठन” भन्ने मुख्य नाराका साथ उहाँ आगामी १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको रूपमा चुनावी मैदानमा उत्रिनुभएको हो। लामो समयदेखि पार्टी संगठन निर्माणका साथै सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आउनुभएका श्रेष्ठ सिन्धुपाल्चोकमा विकासप्रेमी र संकटका सच्चा साथीका रूपमा परिचित हुनुहुन्छ। बाढीका कारण खण्डहर बनेको मेलम्ची क्षेत्रलाई पुनरुत्थान गर्दै समग्र मेलम्चीको पुनर्निर्माण र पुनर्जागरणमा उहाँले अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। यसका साथै, आजभन्दा करिब २० वर्ष अगाडि सिन्धुपाल्चोकको साबिक २ नम्बर क्षेत्रलाई लोडसेडिङ मुक्त गराउने ऐतिहासिक अभियानको सुत्रधार र नेतृत्वकर्ताका रूपमा समेत उहाँले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ। विनाशकारी भूकम्पका बेला खुल्ला आकाशमुनि रहेका पीडितहरूका लागि गाउँ-गाउँमा पुगी राहत सामग्री, आर्थिक सहयोगका साथै विद्यालयहरूमा न्यानो कपडा र अस्थायी शिक्षण केन्द्र (TLC) निर्माणमा श्रेष्ठ निरन्तर सक्रिय रहनुभएको थियो। कोरोना महामारीका कठिन दिनहरूमा पनि उहाँले आफ्नै जीवनको पर्वाह नगरी वडा-वडामा अक्सिजन सिलिन्डर, मास्क तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पुर्याउन ठूलो योगदान पुर्याउनुभयो। विचार र विकासको अडानलाई सधैँ प्राथमिकतामा राख्दै आउनुभएका श्रेष्ठले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमार्फत पार्टीलाई अझ सुदृढ, सशक्त र गतिशील बनाउनका लागि सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा नेता-कार्यकर्ताहरूसँग अमूल्य सहयोग र मतको अपिल गर्नुभएको छ।