गैर आवासिय नेपाली संघ एनसिसी कतारको आयोजनामा “बृहत् ईफ्तार” कार्यक्रम सम्पन्न
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसिसी कतार र कतारमा स्थापित पाँच दर्जन विभिन्न सामाजिक संघ संस्थाको संयुक्त आयोजनामा ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा “बृहत् ईफतार कार्यक्रम“ सम्पन्न भएको छ । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदुत रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मौलाना धर्म गुरु गुमाम रज्बीले तिलावत कुरान पढेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका काःवा अध्यक्ष तथा मौलाना नाजिरले रमादान,“रोजा,उपबास“बारेमा प्रष्ट पार्नु भएको थियो । पबित्र महिना रमदानको पावन अवसरमा आयोजित कार्यक्रममा बिभिन्न विशिष्ट ब्यक्तित्वहरुले शुभ...

