अर्जुन चौपारी गाउँपालिका ईकाईको आयोजनामा बिविध साँस्कृतिक कार्यक्रम सम्पन्न
दर्शन सुनार/लोकप्रिय दैनिक कतार
कतारमा रहेका स्याङ्जा बासीहरुको साझाँ सस्थां स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेको अर्जुन चौपारी गाउपालिका ईकाईले “भेटघाट सम्मान तथा बिविध साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा ईकाईका अध्यक्ष राजु सुनारको सभापतित्व तथा स्याङ्जा सहयोग समाज केन्द्रका अध्यक्ष घनध्याम जैसीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । बिधिगत रुपमा नेपाली पञ्चे बाजालाई पुजेर ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर अगाडी बढेको कार्यक्रममा कलाकार अनिता परियारले स्वागत नृत्य पेश गर्नुभएको थियो । कार्यक्रममा पञ्चेबाजाले थप रौनक थपेको थियो । कलाकार सुधा परियार,पुकार थापा,सुरज खनाल लगायत अन्य कलाकारहरुले सागिंतिक प्रस्तुति दिएका थिए ।
स्याङ्जा सहयोग समाजका संस्थापक संरक्षक गुरु नारायण राना भाटले मन्तव्य बोल्दै समाजको म...
