सम्पर्क

Author: लोकप्रिय समाचार

श्रेष्ठलेद्धारा चौतारा साँगाचोकगढी–४ लाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेमा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि चौतारा साागाचोकगढी नगरपालिका वडा नं ४ का राजु श्रेष्ठले दुई वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नुभएको छ । स्थानीय नागरिकहरुको आग्रह र आवश्यकता तथा स्वास्थ्य समस्याला ई मध्यनजर गर्दै उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो । स्थानीय स्वास्थ्य समस्याका विषयमा वडामा सामूहिक छलफल गर्दै, वडा स्वास्थ्यकर्मीहरको सल्लाह अनुसार अक्सिजन उपकरणको आवश्यकता देखिएको र उक्त यन्त्र प्रदान गरिएको श्रेष्ठले जानकारि दिनुभयो । ‘स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको हो’, श्रेष्ठले जानकारि दिनुभयो । उक्त पाएपछि स्थानीयमा खुसी छाएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा सुदीप श्रेष्ठको समन्वयमा सामाग्री उपलब्ध गराईएको हो । बागमती...

बाह्रबिसे नगरपालिका वडा नं. ३ ठुलीपलातीमा गर्भवती र सुत्केरी आमालाई पोषण भत्ता वितरण

समाचार, स्वास्थ्य
बाह्रबिसे नगरपालिका वडा नं. ३ स्थित ठुलीपलातीका गर्भवती र सुत्केरी आमाहरुलाई पोषण भत्ता उपलब्ध गराउनका लागि सुनौलो बिहानि स्वस्थ आमा समूहले पहल गरेको छ । यस पहलअन्तर्गत, बाह्रबिसे स्वास्थ्य चौकी र महिला आत्मनिर्भरता केन्द्र (फेयरमेड) को सहकार्यमा पोषण सामग्री वितरण गरिएको हो । स्वस्थ आमा समूहका अध्यक्ष रन्जिता खड्का, सचिव रामकाजी खड्का र म.स्वा.स्व.से. सानू थापाको सक्रियतामा गर्भवती र सुत्केरी आमाहरुलाई पोषण सामग्री वितरण गरिएको छ । यस अवसरमा, डेङ्गु रोग र पोषण स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र स्थानीय स्वास्थ्यकर्मीहरुले डेङ्गु रोगको लक्षण, बचावका उपाय र पोषण स्वास्थ्यका बारेमा जानकारी प्रदान गर्नुभएको थियो । स्थानीय तहको यस पहलले गर्भवती र सुत्केरी आमाहरुलाई स्वास्थ्य सेवामा आकर्षित गर्न र पोषण स्वास्थ्यमा...

डडुवाका कृषकहरूलाई अनुदानमा धानको बीउ वितरण

कृषि, ब्रेकिङ न्युज २, समाचार
   सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा कृषकहरूलाई अनुदानमा धानको बीउ वितरण गरिएको छ । वडा कार्यालयको अनुदानमा जनमिलन बचत तथा ऋण सहकारी संस्था मार्फत् २१ प्रतिशत अनुदानमा प्रति किलो जिटेन रु ६०० र एनपी थटी थटी रु. ५०० मा वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । कृषकहरूको मागका आधारमा करिब १,४०० प्याकेट धानको बीउ आवश्यक परेकोमा हालसम्म १,१०० प्याकेट वितरण भइसकेको र बाँकी ३०० किलो बीउ छिट्टै ल्याएर वितरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि वडा कार्यालयले मकैको बीउ पनि सहुलियत दरमा वितरण गरेको थियो । यस कार्यक्रमले कृषकहरूलाई समयमै बीउ उपलब्ध गराई उत्पादन वृद्धि र खाद्य सुरक्षामा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।...

लागुऔषध कारोबारीको बिगबिगी, सिन्धुपाल्चोकको दिनेश लामा सहित जना आठ पक्राउ

ब्रेकिङ न्युज १, समाचार
भक्तपुरका अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४ घण्टामा आठ जना कारोबारीलाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट भक्तपुर आएर बसोबास गर्नेहरुले यहाँ कारोबार बढाएको र जिल्लावासी युवापुस्तालाई लागुऔषध बिक्री गर्ने गर्दा सेवनकर्तासमेत ह्वात्तै बढेको प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । उहाँले प्रहरी वृत्त र प्रहरी परिसरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट २४ घण्टामा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई हाल मध्यपुरथिमि–६ सिघिकाली डेरामा बस्ने २३ वर्षीय दिनेश लामा र सर्लाहीको लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि सिद्धिकाल...

कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६४ जनाले गरे रक्तदान

बिदेश, समाचार
दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी सेवा समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार कतारको नेशनल ब्लड डोनेसन सेन्टरमा समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले रक्तदान गर्दै शुभारम्भ गरिएको थियो । ९३ जनाको उपस्थिति रहेको कार्यक्रममा ६४ जनाले रक्तदान गर्न योग्य रहेको र २९ जना रक्तदान गर्न बञ्चित भएको रक्तदाता संघका कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिदै सम्पूर्ण रक्तदाता एवम् सहजीकरण कर्ता मित्रहरुमा हार्दिक आभार सहित धन्यवाद समेत व्यक्त गर्नुभयो । “मानविय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्दै समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नु भएको थियो । ...

काठमाडौँको बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो । काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का प्रमुख टिकाबहादुर चौधरीले ज...

बालमैत्री समाजतर्फको कदमः मेलम्ची नगरपालिका सडक बालबालिकामुक्त घोषणा

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकाले सडक आश्रित बालबालिकाको पुनःस्थापनामा उल्लेखनीय सफलता हासिल गर्दै, आफ्नो क्षेत्रलाई सडक बालबालिका मुक्त स्थानीय तहको रूपमा घोषणा गरेको छ । यो उपलब्धि सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको निर्देशनअनुसार बैशाख ५ गते प्राप्त पत्रको आधारमा नगरपालिकाले बैशाख १० गते सबै वडाहरूमा पत्राचार गरी सडक आश्रित बालबालिकाको खोज तथा पुनःस्थापनाको व्यवस्थापन गरेपछि सम्भव भएको हो । वडास्तरीय छलफलहरू मार्फत नगरपालिकाले आफ्नो क्षेत्रमा कुनै पनि सडक आश्रित बालबालिका नरहेको निष्कर्ष निकालेको छ । यस निष्कर्षलाई नगर कार्यपालिकाको बैठकले पनि पुष्टि गरेको छ । प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रद्वारा हस्ताक्षरित पत्रमा मेलम्ची नगरपालिकाले बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, नेपाल नगरपालिका संघ, र गाउँपालिका राष्ट्रिय महासंघलाई समेत सडक आ...

नगरपालिकाको पहलमा सहिद परिवारदेखि ज्येष्ठ नागरिकसम्मलाई निःशुल्क स्वास्थ्य सेवा

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाले निम्न वर्गीय परिवारहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । यस योजनाले जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता तथा घाइतेका परिवारहरूलाई प्राथमिकतामा राखेको छ । दोस्रो प्राथमिकतामा दीर्घरोगी, अपांगता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविका छन्। तेस्रो प्राथमिकतामा दलित, सीमान्तकृत समुदाय, ६० वर्षमाथिका ज्येष्ठ नागरिक र नगरभित्रका खेलाडीहरू समावेश छन् । १६औँ नगरसभाबाट पारित नीति अनुसार, नगरपालिकाले प्रत्येक लाभग्राहीको तर्फबाट वार्षिक ३,५०० रुपैयाँ प्रिमियम तिरेको छ । यस योजनाअन्तर्गत, लाभग्राहीहरूले देशभरका अस्पतालहरूबाट वार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन् । यो पहलले स्वास्थ्य सेवामा पहुँच नपाएका वर्गहरूलाई लक्षित गर्दै संविधानमा उल्लेखित “स्वास्थ्य सबैको अधिकार हो“ भन्ने मर्मलाई व्यवहारमा उतार्ने ...

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ  महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । तीनवटै तहका सरकार र तिनको मातहतमा रहेका सार्वजनिक निकाय तथा सङ्गठित संस्थाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट देखिएको बेरूजुको स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति तथा भविष्यमा गर्नुपर्ने सुधारलगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरिएको हो । महालेखापरीक्षक तोयम रायाले आजै उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियो । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरूजु रू सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरूजु गत वर्षकोभन्दा ९ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्ग...

सिन्धुपाल्चोकमा सबैभन्दा कम बेरुजु इन्द्रावतीमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा कम बेरुजु इन्द्रावती गाउँपालिकामा रहेको छ । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार इन्द्रावतीमा कुल बजेटको १ दशमलव ४६ प्रतिशत अर्थात २ करोड ६३ लाखको बेरुजु रहेको छ । यस्तै नगरपालिकामध्ये मेलम्ची नगरपालिकामा कम रहेको छ । मेलम्ची नगरपालीकामा कुल बजेटको ४ दशमलव ८५ प्रतिशत अर्थात १६ करोड १७ लाख बेरुजु रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको कुल बजेटको ७ दशमलव ६७ प्रतिशत बेरुजु रहेको छ भनेबाह्रबिसे नगरपालिकाको कुल बजेटको ५ दशमलव ११ प्रतिशत बेरुजु रहेको छ । जुगल गाँउपालिकाको कुल बजेटको २ दशमलव ३५ प्रतिशत, त्रिपुरासुन्दरी गाउँपालिकामा कुल बजेटको २ दशमलव २४ प्रतिशत, पाँचपोखरी थाङ्पाल गाँउपालिकामा कुल बजेटको २ दशमलव ३० प्रतिशत, बलेफी गाँउपालिकामा कुल बजेटको ४ दशमलव ४४ प्रतिशत बेरुजु रहेको छ । यसैगरी भोटेकोशी गाँउपालिकामा कुल बजेटको १ दशमलव ७७ प्रतिशत, लिसं...