सम्पर्क

Month: २०८२ श्रावण ९ बिहीबार

श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ ः मन्त्री यादव

श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ ः मन्त्री यादव

समाचार
वीरगञ्ज, खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनु भएको छ । आज पर्सा जिल्लाको श्रीसिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले श्रीसिया नदीमा दिनानुदिन बढ्दै गएको प्रदूषणको अवस्थालाई गम्भीरतापूर्वक लिँदै त्यसको तत्काल र दीर्घकालीन समाधानका लागि आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदूषण नियन्त्रणका लागि एशियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा, खानेपानी मन्त्रालयको सहलगानी आयोजना अन्तर्गत आवश्यक बजेट विनियोजन गरी कार्य योजना निर्माण गरी अघि बढाइने छ । नदीको संरक्षण र प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने छ ।” यसैगरी उहाँले वीरगञ्ज महानगरपालिकाले श्रीसिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका लागि जतिसक्दो चाडो आवश्यक प्रस्ताब पेश गर्न समेत आग्रह ग...
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित

मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित

ब्रेकिङ न्युज १, समाचार
नेपाल विद्युत प्राधिकरण हेलम्बु–मेलम्ची वितरण केन्द्रमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरू गरेका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटक सहमति र सम्झौता भए पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले नेपाल विद्युत प्राधिकरण हेलम्बु– मेलम्ची वितरण केन्द्रलाई माग पत्र बुझाएको संघर्ष समितिका अमृत ढकालले बताउनुभयो । उहाँले माग पत्र बुझाउँदै आगामी आन्दोलनका कार्यक्रमहरूबारे जानकारी समेत गराउनुभएको छ । यहाँ दैनिक ज्यालादारीको रूपमा १५ जनाले वर्षौ देखि काम गरिरहेको आन्दोलन पक्षले बताएको छ । २०८० साउन ३१ गते सम्पन्न ९४९औं सञ्चालक समिति बैठकबाट दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने निर्णय भइसकेको हो । त्यसयता पटक–पटक सहमति र सम्झौता भए पनि कार्यान्वयनमा कुनै पहल...
“अपाङ्गता सम्बन्धी नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण मेलम्चीमा

“अपाङ्गता सम्बन्धी नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण मेलम्चीमा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  टुकी संघ सुनकोशीको आयोजनामा “अपाङ्गता सम्बन्धी नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण कार्यशाला कार्यक्रम मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूको प्रमुख आतिथ्यतामा विहिबार मेलम्चीमा सम्पन्न भयो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख तामाङले अपाङ्गता भएका व्यक्तिहरूप्रति राज्य तथा निजी क्षेत्रको उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अपाङ्गता भएका नागरिकहरूको पहुँच अधिकार, नीतिगत समावेशिता र आर्थिक अवसरको सुनिश्चितता स्थानीय सरकार तथा सेवा प्रदायकहरूको प्राथमिकता रहनुपर्नेमा जोडदिनु भयो । साथै यस किसिमको अभिमुखीकरणले सबैलाई संवेदनशील बनाउने समेत विश्वास ब्यक्त गर्नु भयो।कार्यक्रममा उपप्रमुख उमा प्रधान, सार्वजनिक तथा निजी सेवा प्रदायक निकायका प्रतिनिधिहरू, सरोकारवालाहरू र अपाङ्गता अधिकारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्य...
विचारः युवा पुस्तामा सकारात्मक सोचको खाँचो

विचारः युवा पुस्तामा सकारात्मक सोचको खाँचो

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ८ साउन(रासस): आजको युग तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, सूचना र सञ्चारको तीव्र विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ । तर, यही परिवर्तनको आँधीभित्र युवा पुस्ता दिशाहीन, दिग्भ्रमित र चिन्तित भइरहेका छन् । उनीहरूलाई आत्मविश्वासभन्दा बढी डर छ, आशाभन्दा बढी शङ्का छ, उद्देश्यभन्दा बढी अन्योल छ । यस्तो अवस्थामा सकारात्मक सोच नै उनीहरूको जीवनलाई नयाँ दिशा दिनसक्ने एउटै शक्तिशाली उपाय हो । त्यसैले, युवालाई सकारात्मक सोचमा प्रशिक्षित गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ । आजको प्रतिस्पर्धात्मक युगमा युवा भविष्यप्रति अन्योल, मानसिक तनाव, र असन्तुष्टिको दबाबमा छन् । सामाजिक सञ्जाल, बेरोजगारी, पारिवारिक अपेक्षा, र असफलताले उनीहरूमा नकारात्मक सोच विकास गर्न सक्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा युवामा सकारात्मक सोचको खाँचो गम्भीर र आवश्यक विषय हो । सकारात्मक सोच ...
तातोपानी नाकाबाट बाढीले रोकिएका २ सय ३ जना नेपालीलाई चीनबाट उद्धार

तातोपानी नाकाबाट बाढीले रोकिएका २ सय ३ जना नेपालीलाई चीनबाट उद्धार

ब्रेकिङ न्युज १, समाचार
चीनको केरुङ क्षेत्रस्थित रसुवा नाकामा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकहरूलाई तातोपानी नाका हुँदै सुरक्षित रूपमा स्वदेश फर्काइएको छ । भोटेकोशी नदीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि ती नेपाली चीनतर्फै रोकिएका थिए । गत असार २४ गतेदेखि मितेरी पुल अवरुद्ध भएपछि केरुङमा थुनिएका २०३ जना नेपालीलाई बुधबार बिहान चिनियाँ सुरक्षा निकायको सहकार्यमा २० वटा गाडीमार्फत तातोपानी नाकामा ल्याइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फर्काइएका नेपालीहरू अधिकांश रोजगारीको शिलशिलामा चीन गएका थिए, भने केही ट्रान्सपोर्ट क्षेत्रमा गाडी चालकका रूपमा कार्यरत थिए । लामो समयदेखि चीनको केरुङ क्षेत्रमै सुरक्षित स्थानमा राखिएका ती नेपालीलाई नेपाल ल्याउन नेपाल सरकार र चिनियाँ पक्षबीच निरन्तर समन्वय भइरहेको थियो । तातोपानी नाका क्षेत्रमा नेपाल–चीन सी...
एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण

एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका वडा नं. १ देखि ४ सम्मका वडा अध्यक्षहरूले मिलेर आज (एमसिए) नेपालका कार्यकारी निर्देशकसँग भेट गरी विद्युत प्रसारण आयोजनाबाट उत्पन्न समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका छन्। एमसिए नेपालद्वारा निर्माण हुन लागेको विद्युत प्रसारण लाइनका कारण ती वडाका नागरिकहरू प्रत्यक्ष प्रभावित हुने भएकाले प्रभावित समुदायको हक, हित र क्षतिपूर्तिको माग गर्दै लिखित ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरिएको हो। छलफलमा उठाइएका प्रमुख विषयहरु यस्ता छन्ः १. आयोजनाबाट प्रभावित व्यक्तिहरूको क्षतिपूर्ति र मुआब्जा सुनिश्चित गर्ने। २. हाल ४६ मिटर चौडाइलाई मात्र प्रभावित क्षेत्र मानिएकोमा यो मापदण्ड विस्तार गरी नजिकका बस्ती र विद्यालयलाई समेत लाभग्राहीमा समेट्नुपर्ने। ३. प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको समेत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने ४. आयोजना अन्तरगत स्थानीय पूर्वाधार विकास, विश...

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
बागमती, ७ साउनः उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्लामा विशेष चेकजाँच तथा सचेतनामूलक अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८१/८२ मा सवारी कारबाहीबाट रु १० करोड १७ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाँणका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने एक लाख हजार नौ हजार ४०२ सवारीमाथि कारबाही गरी रु १० करोड १७ लाख ५१ हजार १०६ राजस्व सङ्कलन गरेको छ । पूर्व-पश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूला तथा साना सवारीसाधनमाथि कारबाही गरेको प्रहरी नायब उपरीक्षक खाँणले बताउनुभयो । प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण लामो समयसम्म सवारीसाधन सञ्चालनमा ...
पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ७ साउन : प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यसरी मातहतका सबै युनिटमा परिपत्र जारी गरिएको प्रवक्ता घिमिरेले राससलाई जानकारी दिनुभयो । गएको असारमै महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरिसकेको छ । सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन ...
पाँचपोखरी थाङपालमा कोसेली घर स्थापनाबारे अन्तरक्रिया

पाँचपोखरी थाङपालमा कोसेली घर स्थापनाबारे अन्तरक्रिया

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
 पाँचपोखरी थाङपाल गाउँपालिकामा उत्पादित कृषि उपजहरुको बजारीकरण, कोसेली घर स्थापना तथा व्यवस्थापनबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC), मुना कृषि लिमिटेड (मुना बजार), तथा उत्पादनमा संलग्न ४ वटा कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा विभिन्न सुझाव र योजनाहरु प्रस्तुत गरिएको थियो। कोसेली घर स्थापनाका सम्भावनाबारे थप जानकारी लिन गाउँपालिका अध्यक्ष टासी लामा नेतृत्वको टोलीले प्रस्तावित स्थलमा स्थलगत अनुगमन तथा निरीक्षणसमेत गरेको छ। कृषि शाखा प्रमुख निमराज गिरीका अनुसार स्थानीय उत्पादनको प्रबर्द्धन, बजार व्यवस्थापन र सहकारीहरुसँगको सहकार्यमा आधारित दीर्घकालीन योजना तयार गर्न अन्तरक्रिया फलदायी भएको हो। कार्यक्रममा सहभागी सरोकारवालाले कोसेली घर स्थापनाले गाउँपालिकाको कृषि उत्पादनमा नयाँ उचाइ ल्याउने विश्वास...
तिब्बतमा अलपत्र परेका नेपाली आज आउँदै बाह्र्बिसेद्धारा निशुल्क बससेवा

तिब्बतमा अलपत्र परेका नेपाली आज आउँदै बाह्र्बिसेद्धारा निशुल्क बससेवा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकाले गत हप्ता आएको बाढीका कारण रसुवा केरूङ तिब्बतमा अलपत्र परेका नेपालीहरुलाइ घर जानको लागी नगरपालिकाले निशुल्क बस दिएको छ । बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा हामीले यो सेवा उपलब्ध गराएको बताउँनु हँुदै मानब सेवाका लागी नगरपालिका सँधै तैयार रहेको बताउँनु भयो । असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउने भए पछी नगरपालिकाले यातायातको वयवस्था गरिदिएको हो ।कामको सिलसिलामा त्यहाँ रहेका नेपाली हरुलाइ घर फर्काउँने काममा सहजताका लागी यो व्यवस्था गरिएको हो । गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो ।बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत...