नवलपरासी सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रम गर्दै
दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक
“आपसी सहयोग सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ कतारमा सनः २०१८ मा स्थापना भएको सामाजिक संस्था नवलपरासी सेवा समाज कतारले रक्तदान कार्यक्रम गर्ने भएको छ ।
नेपाली रक्तदाता संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा समाजले शुक्रबार हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । “रक्तदान जिवनदान” जस्तो मानविय तथा परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,विभिन्न सामाजिक संघ संस्था,ब्यवसायी,समाजसेवी लगायत कतारबासी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई रक्तदान गरिदिन समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले अनुरोध समेत गर्नु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि दिनको १ बजे सम्म रक्तदान चल्ने कार्यतालिका रहेको छ ।
कार्यक्रममा सादर सहभागि...
