सम्पर्क

“अनाथ तथा असहाय बालबालिकाहरुलाई सहयोगार्थ” गर्ने उद्देश्यले स्याङ्जा सहयोग समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रम गर्दै

दर्शन सुनार/लोकप्रिय समाचार दैनिक
कतारमा रहेका स्याङ्जा बासीहरुको साँझा संस्था स्याङ्जा सहयोग समाज कतारले आगामी शुक्रबार बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजको “२०औं बार्षिकोत्सव तथा एक्काईसौ स्थापना दिवसको अवसरमा गृह जिल्ला स्याङ्जामा रहेका “अनाथ तथा असहाय बाल बालिकाहरुलाई सहयोगार्थ” गर्ने उद्देश्यका साथ समाजले बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

उक्त साँस्कृतिक कार्यक्रममा आफ्नो सागिंतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार लोक तथा दोहोरी गायक पशुपति शर्मा,लोकदोहोरी गायिका शर्मिला गुरुङ र गायक रामचन्द्र ढकाल कतार आउने समाजका महासचिव रोशन अर्यालले जानकारी दिनुभएको छ ।

नेपाली नौमती पञ्चेबाजाको साथमा कतारमा रहेका एक दर्जन प्रतिभाशाली कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति रहने समाजले बताएको छ । साथमा नेपाली समुदायमा प्रचलित मौलिक लोक नृत्यहरु सगैं प्रत्यक्ष लाईभ दोहोरी समेत रहने कार्यक्रम संयोजक शिवराम ढकालले बताउनु भएको छ ।

कार्यक्रममा कतारमा स्थापित बिभिन्न सामाजिक संघ संस्था,समाजसेवी तथा बुद्धिजीवी,कलाकार,पत्रकार सबैलाई उपस्थित भएर भरपुर्ण मनोरञ्जन लिन समाजले अनुरोध समेत गरेको छ ।शुक्रबार अल लक्तामा रहेको ट्युनिसियम स्कुलको सभाहलमा स्थानिय समय अनुसार मध्यान्ह १२ बजे देखि कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा शरिक हुन चाहाने ब्यक्तिहरुका लागी कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको ब्यवस्थापन समेत रहेको छ ।
लोकप्रिय राष्ट्रिय दैनिक समेत सञ्चार सहयोगीको रुपमा रहेको कार्यक्रममा प्रवेश शुल्क कतारी रियल तीस रहेको छ । यातायातको सहजीकरणका लागी लोकेन्द्र सिग्देल–५०९७११३३ मा सम्पर्क गर्न सकिन्छ ।
कार्यक्रमको थप जानकारीको लागी
(सम्पर्क–७०६१८५१४, ७०६६५६४४, ५११०४५३३)