सम्पर्क

Month: २०८१ चैत्र १६ शनिबार

दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १६ चैत : राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हानिएको तथा सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । आगो लगाएको भवनको समाचार सङ्कलनको क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । त्यसैगरी तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पु-याइएको छ । कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछ...

रजकको जलेर निधन भएको खबरले महासंघ स्तब्ध ,अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले गरेको आगजनीमा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने र सवारी साधन तोडफोड गरी संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासघका महासचिब रामप्रसाद दाहालद्धारा बिज्ञेप्ती जारी गरी यस्तो जनाइएको हो । जारी बिज्ञेप्तीमा राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । सो समुहले आगो लगाएको भवनको समाचार संकलनको क्रम...

गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १५ चैत : सरकारले अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ । गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानुनको उल्लङ्घन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीजस्ता अमानवीय एवं अमर्यादित घटना गैरकानुनी तथा घोर भत्र्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता हिंसात्मक एवं आपराध...

जिल्ला प्रशासान कार्यलय काठमाण्डौद्धारा कर्फ्यु आदेस

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रशासान कार्यलय काठमाण्डौद्धारा कर्फ्यु आदेस

काठमाडौंको तिनकुने अशान्त भृकुटीमण्डपमा सभा

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सघीयता पक्षधर र पूर्वराजा पक्षका दुई छुट्टाछुटै सडक प्रदर्शनका कारण काठमाडौंको जनजीवन पुर्ण प्रभावित बनेको छ । नेकपा माओबादी सहीतको समाजबादी मोर्चा र दुर्गाा प्रसाइ सहीतको राजाबादी मोर्चाले छुटटा छुटटै स्थानमा गरेका बिरोध कार्यक्रम मध्य तिनकुनेको राजाबादी कार्यक्रमले उग्ररुप लिए पछी प्रहरी र प्रदर्शनकारी बिच भिडन्त भएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेको कारण भएको झडपमा प्रहरीहरमाथी ढङ्गा बर्षन थालेको एक प्रहरीको टाउकोमा चोट लागेको र तिनकुने स्थित एक घरमा आगलागी भएको सो आगो निभाउँन गएको काठमाण्डौ महानगर पालिकाको दमकललाइ समेत तोडफोड गरी कर्मचारीलाइ घाइते बनाएको सामाचार आएको छ । समाचार अनुसार प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तिनकुनेमा सभा हुन अगाबै उग्र भए पछी सभा बिथोलिएको थियो भने काठमाडौंको प्रदर्शनी मार्गमा गणतन्त्र पक्षधरका माओवादी केन्द्र सहित चार दलले संघीयता र ...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिनुभयो । ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भन्नुभयो । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिंंदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको सम...

आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात

ब्रेकिङ न्युज २
काठमाडौँ नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ । पछिल्लो आठ महिनामा रू एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रू ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, रू सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, रू पाँच अर्ब ८३ करोड ७३ लाखको अलैंची, रू चार अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ । वि...

प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकमा सरस्वती

ब्रेकिङ न्युज २, समाचार
प्रगतिशील लेखक संघ नेपाल सिन्धुपाल्चोकको सातौ जिल्ला अधिबेशनबाट सरस्वती अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जिल्ला सम्मेलन नेपाल पत्रकार महासंघको सभाहलमा बुधबार सम्पन्न भएको हो । प्रगतिशील लेखक संघ बागमती प्रदेशका स. इन्चार्ज डा. कृष्ण सुवेदीकोे प्रमुख आतिथ्यमा र प्रलेस बागमतीका अध्यक्ष डा. हरि प्रसाद सिलवालको विशेष आतिथ्यतामा सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो । सम्मेलनले कार्यसमितिको उपाध्यक्षमा हेमन प्रधान, सचिवमा शंकर पराजुली, सह–सचिवमा ज्ञानेन्द्र तिमल्सिना, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा शम्भु प्रसाद सुवेदी, संङ्गीता सुवेदी र फस बहादुर न्यौपाने चयन हुनुभएको छ । सम्मेलनले गंगा प्रसाद पौडेल, सुरेश कसजु, लक्ष्मण तिमल्सिना, यदुनाथ वसन्तपुरे र साधुराम नेपाल लगायतको सल्लाहकार समिति पन...

कल्लेरी सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि अभ्यास

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित कल्लेरी सामुदायिक वनमा डढेलो नियन्त्रण सम्बन्धी तालिम सञ्चालन गरिएको छ । सामुदायिक वनलाई सक्रिय बनाएर डढेलो नियन्त्रणमा जिम्मेवार बनाउन सव डिभिजन वन कार्यालय चौताराले स्थलगत अभ्यास गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित कल्लेरी सामुदायिक वनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक तथा कर्मचारीहरूसहित समुदायका ४० बढीको सहभागिता सोमबार फिल्ड अभ्यास गरेको थियो । सामुदायिक वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई डढेलोबाट जोगाउन अग्नि रेखा निमार्णसंँगै सुरक्षित डढेलो, डढेलो नियन्त्रण अभ्यास, पुर्व तयारी लगायतका विषयमा सक्षम बनाउन स्थलगत अभ्यास गरिएको रेन्जर कमला श्रेष्ठले बताउँनु भयो । डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका हरित स्वयमसेवक संयोजक शारदा प्रसाद चालिसेले वन डढेलो नियन्त्रणको सै...

चौतारामा उद्योग तथा वाणिज्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा जिल्ला स्तरमा उद्योग तथा वाणिज्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला स्थित सरोकारवालासँग भएको अन्तरक्रिया कार्यक्रम उद्योग तथा वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले कार्यक्रमको उद्धघाटन गर्दै यो आर्थिक वर्ष भरीमा २२ खर्ब उद्यमीहरुलाई कृषि मन्त्रालयबाट सस्तो व्याजमा ऋण दिने जानकारी गराउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका साना तथा मझौला व्यवसायिक उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवसायिकहरूलाई मौलिक उत्पादन गरिएको सामानको बजारीकरण गर्नुपर्ने र प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । उहाँले हस्तकला सिप कलाको प्रयोगबाट निर्मित सामनहरू एकले अर्काको किन्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयोे । कार्यक्रममा हामी आफैल...