कतारमा मगरहरुको प्रमुख राष्ट्रिय चाड “माध्या सकराटी” मनाईदै
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारमा मगरहरुको प्रमुख राष्ट्रिय चाड “माघ्या सकराटी” नयाँ बर्षको अवसरमा नेपाल मगर संघ शाखा कतारको आयोजनामा मनाइने भएको छ ।
“सम्पूर्ण मगरहरूको एकता अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ (मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसरमा आयोजित बनभोज तथा बिविध साँस्कृतिक कार्यक्रम मनाउन लागेको हो । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि आगामी जनवरी सत्र तारीख अबु हमुर स्थित ईन्डियन आईडियल स्कुलको सभाहलमा भब्यताका साथ मनाउने तयारी भईरहेको र कार्यक्रमका लागि नेपालबाट अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर कतार आउने संघका अध्यक्ष रेशम आले मगरले जानकारी दिनुभयो ।
अतिथि कलाकार गायिका लामिछानेका मञ्जुरी, बैना रुमाल, फुल फुलेर पहेलै, बनैमा फुल बसायो, तिम्रो सम्झना जस्ता हिट गितहरु बजारमा चर्चाको शिखर चुलीमा छन् । लामिछानेको बिशेष सांगीतिक प्रस्तुतिको साथमा न...


