सम्पर्क

Month: २०८१ आश्विन १७ बिहीबार

चाडपर्वमा सुरक्षाका लागि एक हजार प्रहरीसहित तालिमप्राप्त कुकुर परिचालन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
जानकी (बाँके), १७ असोजः चाडपर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना नियन्त्रण र सुरक्षाका लागि बाँकेमा एक हजार प्रहरी परिचालन गरिएका छन् । भयरहित वातवरणमा दसैँ तिहारजस्ता ठूला पर्व मनाउन प्रहरीले बाँकेमा विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी र तालिमप्राप्त कुकुर परिचालन गरिएको जनाएको छ । दसैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । “चाडपर्वको समयमा अपराध र गैरकानुनी कार्य रोक्न विशेष सुरक्षा योजना तयार गरेर लागू गरेका छौँ, जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप एक हजार प्रहरी परिचालन गरिएका छन्”, उहाँले भन्नुभयो । विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । य...

स्थलगत ‘रिपोर्ट’: बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

#, ब्रेकिङ न्युज १, समाचार
पाटन (ललितपुर), १७ असोजः ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । “लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार रातिदेखि परेको पानीपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप ग¥यो । सात मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो”, उहाँ भन्नुहुन्छ । दसैँअघि थन्क्याइसक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि आश्रङका किसान निराश छन् । यहाँको फाँटमा करिब १५ सय रोपनीजति खेत थियो भन्नुहुन्छ, वडाध्यक्ष नारायण भोम्जन । “धानसहित खेत लगिहाल्यो, सबैतिर बाटो बन्द छ, बिरामी हुँदा अस्पताल लै...

दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ असोजः वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् । यही असोज ११ गतेदेखि नै काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रुपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौँबाट छुटाउन थालिएको थियो । दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए । राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा ...

उद्धार र राहतमा जुट्न कार्यकर्तालाइ सिन्धु एमालेकाको निर्देशन

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेकपा एमाले सिन्धुपाल्चोक द्धारा वर्षेनी हुने विपदजन्य घटनाबाट सिन्धुपाल्चोक जिल्ला आक्रान्तरहेको जनाएको छ । पाटीले एक बिज्ञप्ती जारी गर्देै यस्तो बताएको हो । पाटी अध्यक्ष होमनारायण श्रेष्ठले बिज्ञेप्ती प्रकाशन गर्दै विपदको यस घडीमा पार्टी केन्द्र समेतको निर्देशन बमोजिम पालिका कमिटी तथा वडा कमिटीहरुले तय गरेका दशैं अगाडीका शुभकामना आदनप्रदान तथा चियापान लगायतका निर्धारित सम्पुर्ण कार्यक्रम स्थगन गरी खोज, उद्धार र राहतका काममा केन्द्रित हुन सम्पुर्ण पार्टीपंक्तीलाई निर्देशन गरिएको छ । बिज्ञेप्तीमा वर्षेनी हुने विपदजन्य घटनाबाट सिन्धुपाल्चोक जिल्ला आक्रान्त छ । यस वर्षको मनसुनको उत्तरार्द्धमा परेको अप्रत्यासित अविरल वर्षाले जिल्लामा ठुलो जनधनको क्षती भएको छ । यस सन्दर्भमा जिल्लाबाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेता कमरेडहरु समेतको उपस्थितिमा मिति २०८१ आश्विन १३ गते जिल्ला कमिटिका उपलव...

माननीय मोहनबस्नेतद्धारा डेढलाख सहयोग

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
अबिरल बर्षाका कारण देशैभरी जनधनको क्षेती भइरहेको छ । यो अबस्थामा हरेक नागरिकले आफ्नो र छर छिमेकमा हुन सक्ने बाढी पहीरोबाट बच्नका लागी सतर्कता अपनाउँन पर्दछ । कसले के भन्छ मलाइ थाहा छैन कोही साथीहरु गफ गर्नु हुन्छ, कोही साथीहरु छलफलमात्र गर्नु हुन्छ मलाइ गफ, कुरा भन्दा बढी नागरिकको सेवाको काम गर्नु पर्छ भन्नु हुँदै पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत यती बेला बाढी पहीरोबाट ज्यान गुमाएका परिबारलाइ सान्त्वोना दिदै पिडीतलाइ राहत सहयोगमा जुट्नु भएको छ । उँहाले बाढी पहिरो प्रकृति बिपदमा परि अकालमै ज्यान गुमाएका मृतकका परिबारलाई थोरै भएपनि सहयोग पुगोस भन्दै सिन्धुपाल्चोकमा ज्यान गुमाएका परिवारका परिवार सदस्यलाई प्रति व्यक्ति ५० हजारका दरले सहयोग दिने घोषणा गनुभएको थियो । त्यसै क्रममा लिसंखु पाखर गाउँपालिका वडा नं–३ गुरुम्राङमा बाढि पहिरोबाट ज्यान गुमाउन पुग्नु भएका ...

बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ असोजः गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उहाँले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताउनुभयो । उहाँले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिनुभयो । “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उहाँले भन्नभुभयो । बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी ...

शान्ति बाल गृहको लागि रोल्पाली समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रम गर्ने

मनोरन्जन, समाचार
दर्शन सुनार/ लोकप्रिय समाचार, कतार “संसार भर छरिएर रहेका रोल्पालीहरु गोलबन्द हौ“ भन्ने मुल नाराका साथ २०७५ सालमा स्थापना भएको रोल्पाली सेवा समाज कतार शाखाले आगामी शुक्रबार बिविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको भएको छ । दाङ घोराही उपमहानगर पालिकामा रहेको वाल शान्ती गृहलाई “मानव सेवा आश्रम सहयोगार्थ“ गर्ने हेतुले आयोजना गरिएको कार्यक्रममा दशै तिहार तथा छठ पर्व शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम २०८१ को आयोजना गर्ने भएको हो । समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा बहादुर खड्काले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्था तथा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी रोल्पाली सेवा समाज कतारका अध्यक्ष गोपाल डांगीले अनुरोध समेत गर्नुभएको छ । साँस्कृतिक संयोजक मानसिङ परियारले कार्यक्रम...

जुगलको तेगा पहिरो पिडितलाई नगद, खाद्यान्न र कपडा वितरण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ तेगा पहिरो पिडितलाई नगद, खाद्यान्न र कपडा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, नेपाल आर्मी, जिल्ला प्रहरी लगायतको टोली हेलिकप्टर मार्फत् पहिरोस्थल पुगेर विस्थापितलाई नगद, खाद्यान्न र कपडा वितरण गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित परिवारलाई प्रति परिवार २५ हजारको दरले एक लाख २५ हजार ,१३ बोरा चामल ,६५ केजि दाल ,तेल ,चिनि, नुनजस्ता उपभोग्य सामाग्री वितरण गरिएको छ भने तत्कालीन गाँस र बास गर्न सहज बनाउन ब्याल्केट ,बाल्टिन जस्ता सामान दिइएको छ । अविरल वर्षासँगै आएको पहिरोले शनिबार ’माथिल्लो तेगाको भूभाग भास्सिएर आएको पहिरोले तेगागाउँको नौ घरमध्ये तिन घरको नामोनिसान मेटाएको थियो । दुई घरमा आशिंक क्षति पुगेको छ । घरसहित पहिरोमा सर्वस्व गुमा...