नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदाः मन्त्री भण्डारी
काठमाडौँ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा, जातिय समुदाय तथा संस्कृतिको विविधता रहेको बताउनुभएको छ । नेपाली संस्कृति संरक्षण तथा प्रवद्र्धन हेतु ललितपुर रत्न तथा आभुषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा विश्व पर्यटन दिवसको अवसर पारेर आयोजित तीन दिने कार्यक्रम ‘पाटन हेरीटेज जेम एण्ड ज्युलरी एक्सपो’ को उद्घाटन कार्यक्रममा उहाँले सास्कृतिक विविधता झल्काउने नेपालको परम्परागत भेषभुषा तथा पहिरनको आफ्नो छुट्टै ऐतिहासिक महत्व रहिआएको बताउनुभयो ।‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ हुनगइरहेको यो कार्यक्रम ऐतिहासिक सम्पदा पाटन दरबार क्षेत्रभित्र आयोजना हुनु आफैमा गर्वको विषय भएको भन्त्री भण्डारीको भनाइ थियो ।
“ढाका टोपीदेखि गुन्युचोलो, हाकुपटासीदेखि बख्खु जस्ता अन्य पहिरन र तिनलाई मिल्ने गरगहनाको विषेश म...
