रासस र चाइना मिडिया ग्रुपबीच सहकार्यबारे छलफल
काठमाडौँ, १६ साउन : राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बीच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ । नेपाल भ्रमणमा रहेको चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यी नेतृत्वको टोली र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच आज राससको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा यस विषयमा सहकार्य गर्दै अघि बढ्ने समझदारी बनेको हो । उहाँहरुबीच दुई देशबीचका समाचार संस्थाबीच तालिम आदनप्रदान तथा कार्यक्रममा सहभागी भएर सम्बन्धलाई बलियो बनाउने बारेमा पनि विचारविमर्श भएको थियो । सो अवसरमा कार्यकारी अध्यक्ष झाले रासस र चाइना मिडिया ग्रुपबीच सहकार्य गर्नेबारे महत्वपूर्ण छलफल भएको जानकारी दिँदै यसबाट नेपाल र चीनबीच जनस्तरको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । छ दशक लामो इतिहास बोकेको मुलुकको एक मात्र समाचार समिति रासस र चा...
