सम्पर्क

Month: २०८१ जेष्ठ १४ सोमबार

मन्त्री भण्डारीद्वारा उद्योग परिषरको छड्के अनुगमन

ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिषरमा आज छड्के अनुगमन गर्नुभएको छ । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिषर पग्नुभएका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गर्नुभएको थियो । सो क्रममा मन्त्री भण्डारीले सेवाग्राहीको प्रतिक्रिया पनि लिनुभएको थियो । सेवाग्राहीले उक्त कार्यालयहरुबाट हुने सेवा प्रवाहका विषयमा उहाँ समक्ष गुनासा सुनाउनुका साथै सकारात्मक कामका विषयमा पनि जानकारी गराएका थिए । अनुगमनका क्रममा उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, कम्पनी रजिष्ट्रार दिपक पहाडी, विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख तुलसी मरासनी, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेश...

उद्घोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा मेलम्ची नगर बाल संजालको समन्वयमा शनिवारबाट सुरु भएको उद्घोषण तथा नेतृत्व बिकास तालिम मेलम्चीमा सम्पन्न भएको छ । वाल संजालका पदाधिकारीहरुलाई उद्घोषण तथा नेतृत्व विकासका लागी आयोजना गरिएको तालिममा मेलम्ची नगरपालिका भित्रका १३ वटा वडाका बाल संजालका दुई जना पदाधिकारी र नगर बाल संजालका पदाधिकारी सदस्य गरी ४१ जनाको सहभागीता रहेको थियो । तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सिकेका कुराहरुलाई जोस जाँगरका साथ आगामी दिनमा विद्यालय,वडा,नगरपालिका लगायतका विभिन्न कार्यक्रमहरुमा उद्घोषण तथा मन्तव्य राख्ने बानीको विकास गर्न आग्रह गर्नुभयो । उहाँले बालबालिकाको क्षमता तथा नेतृत्व विकासका लागी नगरपालिकाले विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गरिरहेको उल्लेख गर्दै समाज परिवर्तनको संवाहकको रुपमा काम गर्न सुझाउनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले ...

चौतारा नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेका चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा गरिएको छ । आईतबार बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीको प्रमुख आथिथ्यतामा चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा नगरपालिका घोषणा गर्नुभएको हो । यससँगै चौतारा साँगाचोकगढी नगरपालिका औपचारिकरुपमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्ने सिन्धुपाल्चोकको पहिलो स्थानीय तह भएको छ । यसअघि बागमती प्रदेश सरकार शिक्षा विकास निर्देशनालय हेटौडाको ४५ लाख बजेटको योजनामा चौतारा साँगाचोकगढी नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा अभियान चलाइएको थियो । सो अभियान अन्तरगत अभिभावक शिक्षा, बालग्राम देखि १० ओटा ई कक्षा ब्यवस्थापन, तथ्याङ्क संकलन लगायतको कार्य गरीएको नगर शिक्षा शाखाले प्रमुख बसन्त राज जोशीले...

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान सुरु

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । “सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भन्नुभयो । यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उहाँले बताउनुभयो । वि.सं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खो...

अरनिको राजमार्ग साँगा –धुलिखेल सडक विस्तार तीव्र

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडक विस्तारले तीव्रता पाएको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक(साँगा र साँगा(धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुई वटा ठेक्का लागेको थियो । सोही ठेक्का अनुसार विसं २०७९ फागुन १६ गतेदेखि साँगाबाट सडक विस्तार सुरु भएको हो । सूर्यविनायक(धुलिखेल, धुलिखेल(सिन्धुली(बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक(धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न लागिएको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार सडक विस्तार तीव्र रुपमा भइरहेको छ । प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्म सडक छेउमा पर्खाल निर्माण भइरहेको छ । उहाँले सडक विस्तार अन्तर्गत बनेपा बजार क्षेत्रमा सडक चौडा बनाउन काम सुरु गरिएको जानकारी दिनुभयो । यसअघि धुलिखेलदेखि बनेपा तथा साँगादेखि बनेपा...

चौतारामा योगा, पिलडाँडामा झाक्री, साँगाचोकमा डाक्टरको शिवीर सम्पन्न

समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाकले नगरका नागरिक स्वस्थ राख्नका लागी रोग लाग्न नदिन र रोग लागि हाले पनि सबै प्रकारबाट उपचार गर्ने व्यवस्थाका लागि योगा, झाक्री र डाक्टरी प्रकृयाको शिवीर सञ्चालन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिब पुरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ३ बतासे खालेका नामुद झाँक्रीहरुको शिबिरले उपचारका लागि आफूहरू कहाँ धाउन आउने बिरामीलाई स्वास्थ्य संस्थामा जान सिफारिस गर्ने प्रतिबद्धता जनाएका छन् । उहाँहरुले आफुहरु कहाँ आउँने बिरामीलाई आफ्ना बिधी अनुसार तत्काल झरफुक गरेर अस्पताल पठाँउने बताउनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित सचेतनामूलक अभिमुखी कार्यक्रम पश्चात् खालेका १७ जना धामी झाँक्रीहरुले घरमा सुत्केरी हुने र अन्य विरामीहरुलाई झारफुक पश्चात् स्वास्थ्य संस्थामा प्रेषित गर्ने प्र...

सिक्दै सिकाउदै , नेपाल ज्योतिष परिषद

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, साहित्य
 सिन्धुपाल्चोक । लोप हुँदै गैरहेको खैजडी भजन बालन लगायत आफ्नो मौलिक परम्पराको जगेर्णा गर्न नेपाल ज्योतिष परिषद सिन्धुपाल्चोक ले विभिन्न कार्यक्रम गर्दै आयको छ । कहिले सडक मै हरि नाम सङकिर्तन शोभा यात्रा त कहिले सडक ज्योतिष प्रशिक्षण कार्यक्रम गर्दै आयको ज्योतिष परिषद सिन्धुपाल्चोकले हाल बलेफी गाउँ पालिका स्थित कपिलेश्वोर महादेवको प्राङ्गणमा लोप हुँदै गरेको खैजडी भजन बिगत जेष्ठ ४ गते देखि प्रशिक्षण गरिरहेको छ । वैदिक सनातन धर्म संरक्षण प्रकृतिको संरक्षण र आफ्नो मौलिक संस्कृति बचाउनु पर्छ र हाम्रो आफ्नो मौलिक धर्मले नै हाम्रो परिचय पहिचान हुने हो भन्दै ज्योतिष परिषद सिन्धुपाल्चोक ले यस अगि सदरमुकाम चौतारा, खाडिचौर बजार, बाह्रबिसे बजार लगायतका विभिन्न स्थान मा हरि नाम सङ्किर्तन यात्रा साथै धार्मिक सचेतना कार्यक्रम गरि सकेकोछ । अब को कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न स्थानमा वर, पिपल, शमि, पा...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १२ जेठ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ । महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो । सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन्भने छ सय संस्थागत विद्यालय छन् । यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले...

ठोकर्पा तेक्वान्दो डोजाङ्गमा जुनियर ६७ जना खेलाडीको ग्रेडिङ सम्पन्न

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
 कुमार बस्नेत (अधिराज ) जेष्ठ १२ गते शनिबार ।सुनकोशी गाँउपालिका वडा न २ ठोकर्पा मा.विमा रहेको ठोकर्पा तेक्वान्दो डोजाङ्गमा शनिबार जुनियर ६७ जना खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। सुनकोशी २ का वडा अध्यक्ष पुर्ण बहादुर महतको अध्यक्ष्ातामा सुनकोशि गाउपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना ,नि बर्तमन गाँउपालिका अध्यक्ष श्रवण कुमार जि सि (बिनोद)उपाध्यक्ष कान्छि लामा सुनकोशी १ वडा अध्यक्ष कुमार शाहि,नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम बहादुर भण्डारी ,ठोकर्पा माविका प्र. अ रामचन्द्र पौडेल सुनकोशि २ का अभिभावक जिल्ला संघका सम्पूर्ण टिक लगाएत को उपस्थितमा कार्यक्रम भब्य भएको छ।  कार्यक्रममा गाउपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले खेलाडीलाई शुभकामना दिदै तेक्वान्दो खेल र तेक्वान्दो बिकासका लागि आफू सँधै सकारात्मक रहेको आउदा दिनहरूमा पनि सहयोग गरि रहने तेक्वान्दो आत्मरक्षाका लागि...

समाजसेवी बस्नेतले बनाए कुल्छीगाउँमा बिसौना

समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं.४ कात्तिके कुल्छीगाउँ स्थित समाजसेवी टोप बहादुर बस्नेतले आफ्नो ब्यक्तिगत लगानीमा बिसौना निर्माण गर्नु भएको छ । गाउँमा ज्ञान बहादुर दाई भनेर चिनिने टोप बहादुर बस्नेत सामाजिक कामहरूमा सँधै अगाडी देखिन्छन् । मठ मन्दिर, सार्वजनिक धारा, कुवा, पाटि पौवा, विसौनाहरू बनाउन मन पराउने बस्नेत सुनकोशी –५ बर्थान निबासी हुनुहुन्छ । उहाँले सुनकोशी ५ बर्थानडाडाँमा १ बिसौना र गत साल धारा निमार्ण गर्नुभएको थियो । त्यस्तै सुनकोशी ५ बाईमारङमा पर्ने बादर हेर्ने डिल भनेर चिनिने डाँडाँमा पनि बिसौना निमार्ण गर्नुभएको थियो । उहाँले हालसम्म आफ्नै व्यक्तिगत लगानीबाट ३ बिसौना र १ धारा निमार्ण गरिसक्नुभएको छ । उहाँले आगमी दिनहरुमा पनि आफुले सकुनजेल लोपहुदै गएको बिसौना धाराहरू बनाउँदै जाने बताउनुभयो । उहाँले भन्नुहुन्छ “पहिला गोरेटो बाटोहरू अहिले सबै मोटर बाटो बने पुराना ...