पत्रकार महासंघको २७औं महाधिवेशनमा १८ बुँदे घोषणापत्र जारी
नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनले १८ बुँदे घोषणापत्र जारी गरेको छ । महाधिवेशनले संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको हो ।
प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सर्वोच्च अदालतद्वारा पछिल्लो पटक भएको आदेशप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन÷प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रूपमा मुद्दा चलाउने निर्णय गर्नु संविधान विपरीत रहेको ठहर गरेको छ । साथै संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग जोडदार माग गर्ने महासंघको भनाइ छ ।
२७ औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
१.प्रकाशित समा...
