सम्पर्क

Month: २०८० पुष २६ बिहीबार

इन्द्रावती गाउँपालिकाको दोश्रो गाउँसभाको पाँचौ अधिवेशन स्थगित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको दोश्रो गाउँसभाकापाँचौ अधिवेशन आज स्थगित भएको छ । गणपुरक संख्या ५१ प्रतिशत संख्या आवश्यक पर्नेमा नपुगेपछि अर्को अधिवेशन माघ ७ गते ११ बजेलाई आह्वान गरिएको छ । मङ्सिर २८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार आज बैठक बस्ने मिति तोकिएको थियो । पौष २५ गते बसेको बैठकमा केहि कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि आज बिहानलाई बोलाइएको बैठकमा आउन नसक्ने सुचना पाएको अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । प्रत्येक ६–६ महिनामा सभा सन्चालन गर्नुपर्ने भएकाले सभा अगाडि बढाइएको बताउँदै स्थगित गर्नुको कुनै औचित्य नहुने स्पष्ट पार्नुभयो । इन्द्रावतीको समृद्धि हामी सबैको परिकल्पना भएकाले यसलाई कार्यान्वयनमा ल्याउनका लागी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले सबैको जिम्मेवारी उत्तिकै रहेको स्पष्ट पार्नुभयो । सभामा सभाका सचीव एवम् इन्द्रावती गाउँपालिकाका प्रम...

खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना अन्र्तगत आधारभूत खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम सम्पन्न भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च नेपालको आयोजना, अस्ट्रेलियन एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन सँगको साझेदारीमा संचालित तालिममा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुको सहभागीता रहेको थियो । मेलम्ची नगरपालिका र सशस्त्र प्रहरी बल मेलम्ची संगको सहकार्यमा भएको तालीममा सहभागीहरुलाइ बिपद, बाढिमा परेका हरुलाई डोरि मार्फत कसरी उद्दार गर्न सकिन्छ,घाइतेहरुलाई हाम्रै घरमा भएका साधन बाट कसरी अस्पताल सम्म पुर्याउन सकिन्छ र आगो कसरी नियन्त्रणमा लिने र सुरक्षीत कसरी हुने भन्ने बिषयमा जानकारी गराइएको थियो । समापन कार्यक्रममा सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च सिडिइसिएफ का अध्यक्ष रामजी थापाले सिकेका कुराहरुलाई समाजमा लागु गर्न आग्रह गर्नुभयो । ३ ...

मंगलामाई माबिले मनायो ६२औं वार्षिक उत्सव

ब्रेकिङ न्युज १, समाचार
   पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं.४ पिस्करमा रहेको मंगलामाई माबिले आफ्नो स्थापनाको ६२औं वार्षिक उत्सव तथा अभिभावक भेला बुधबार भब्यरुपमा मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्षिक उत्सव समारोहको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आर्थिक कारण कुनै ब्यक्ति उपचारमा बन्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो । आफुले शिक्षा क्षेत्रमा पहिला देखि नै उल्लेखनीय काम गर्दै आएकोले अझै सहयोग गर्न उद्दत रहेको बताउनु भयो । त्रिपुरासुन्दरी गाउँपालिकाको जनताको मन जित्ने गरि काम गर्न समेत जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । त्रिपुराको बिकासमा आफ्नो योगदान र सहयोग रहेको बताउदै अझै सहयोग गर्न सधै लागिपर्ने बताउनु भयो । निःशुल्क शिक्षाको अवधारणा आफ्नो र नेपाली काँगेसको रहेको जनाउदै शिक्षा निःशुल्क र सहज हु...

पेमाछाल उद्यान केन्द्रमा झन्डोत्तोलन तथा दीप प्रज्वलन

ब्रेकिङ न्युज २, समाचार
  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका – ४ को पर्यटकिय स्थल नागी थामडांँडा एवं पेमाछाल उद्यान केन्द्रमा १२० वटा झन्डोत्तोलन गरिएको छ । बुधवार बागमती प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समिर) को प्रमुख आतिथ्यतामा झन्डोत्तोलन तथा दीप प्रज्वलन कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय राजनीतिक दलका नेताहरू, समाजसेवी,सुरक्षाकर्मी र स्थानीयवासिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व पाँचपोखरी–४ थाङपालकोटका वडाध्यक्ष कुलबहादुर बस्नेतले गर्नुभएको थियो ।...

जाडोको मौसममा सतर्कता अपनाउँन जिप्रका सिन्धुपाल्चोकको अनुरोध

ब्रेकिङ न्युज १, समाचार
जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले जाडोको मौसममा हुने बिभिन्न घटनाहरु हुन नदिन सतर्कता अपनाउँन अनुरोध सबैमा अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार चौतारामा बसेको बैठकले यस्तो अनुरोध गरेको हो । बैठकले जाडो मौसममा आगो ताप्दा, हिटर बाल्दा, गिजर मार्फत नुहाउँदा निसास्सियर ज्यानै जान सक्ने र आगो तापेपछी ननिभाउँदा आगलागी समेत हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस सम्बन्धी सबैमा चेतना फैलाउँने निर्णय भएको छ । बैठकले कोभिड–१९ संक्रमणको नयाँ सव–भेरीएन्ट जे.एन १ को जोखीम बढ्न सक्ने भएकोले सतर्कता अपनाउँन अनुरोध गरेको छ । यसैगरी स्थानीय तहहरुमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापनागरी सक्रिय गराउँन स्थानीय तहलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । मनसुनजन्य बिपद प्रभाबित पुनःनिर्माण तथा पुनःस्थापना कार्यबिधि २०७७ बमोजिम का...

विपद् व्यवस्थापनमा खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम मेलम्चीमा सुरु

ब्रेकिङ न्युज २, समाचार
 समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना अन्र्तगत आधारभूत खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम मेलम्चीमा सुरु भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च नेपालको आयोजना, अस्ट्रेलियन एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन सँगको साझेदारीमा संचालित तालिममा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुको सहभागीता रहेको कार्यक्रम संयोजक राजेश गौतमले जानकारी दिनुभयो । कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्दै गौतमले समुदायमा आधारीत कार्यदलहरुलाई सक्षम बनाउनका लागी तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले तालिममा सहभागीहरुले सिकेका कुराले आगामी दिनमा आइपर्ने विपद्का समयमा सक्रिय भूमिका निर्वाह गर्ने विस्वास लिएको बताउनुभयो । केही समयअघि मात्रै पहिरो पुर्व सुचना प्रणाली सम्बन्धी सामुदायिक विपद व्यबस्थापन समितिका प्राथमिक उपचार कार्यदलका सदस्य हरुलाई जनचेतना अभिवृदि गराउन...

बागमती प्रदेशमा उम्मेदवारद्वारा मनोनयनपत्र दर्ता

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारहरुले आफ्नो मनोनयनपत्र दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा (माओवादी केन्द्र) को तर्फबाट श्रीकृष्ण अधिकारी तथा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट घनश्याम रिजालले बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा मनोनयनपत्र दर्ता गराउनुभएको हो । त्यसैगरी प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, ध्रुवराज विश्वकर्मा र रोजकुमारी चौलागाइँले पनि मनोनयनपत्र दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट हेमजङ्ग गुरुङ्, पूर्णबहादुर विश्वकर्मा, बालकुमारी ढल्लाकोटी र भरतमणि भट्टले पनि राष्ट्रियसभा सदस्यका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ । त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट श्...

राष्ट्रियसभा उम्मेदवारी छनोटप्रति शेर्पाको असन्तुष्टि

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका निमाग्याल्जेन शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा भोट नहाल्ने चेतावती दिनुभएको छ । नेपाली कांग्रेसले उम्मेदवार छनोटमा गरेको निर्णय प्रति असन्तुष्टि जनाउँदै शेर्पाले निर्वाचनमा सहभागी नहुने बताउनुभएको हो । आशन्न राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका क्रममा पार्टीले मधेसी,तामाङ,गुरुङ,शेर्पा राइ, मगर लगायत अल्पसंख्यक समुदायको एकजना पनि प्रतिनिधित्व नगरेको भन्दै अध्यक्ष शेर्पाले सामाजिक संजाल फेसबुक मार्फत असन्तुष्टि जनाउनुभएको हो । उहाँले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले समेत यी समुदाय बाट एकजना पनि प्रतिनिधित्व नगराउनुले सन्देश राम्रो नजाने बताउनुभयो । अध्यक्ष शेर्पाले अल्पसंख्यक समुदायका जनप्रतिनिधिहरुले किन भोट हाल्ने भनेर समेत प्रश्न गर्नुभएको छ ।...

अलैँचीको भाउ तेब्बर बढ्यो

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
इलाम अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।” गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताउनुभयो । “गत वर्ष यस याममा प्रतिमन रु २८ हजार थियो, हाल राम्रो अलैँची प्रतिमन रु ८५ हजारसम्म बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ । किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको उहाँले बताउनुभयो । रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्याउने प्रयास गरिरहेका छन् । ...

मेलम्ची बाढीपीडित आन्दोलित

ब्रेकिङ न्युज १, समाचार
देवराज सुवेदी मेलम्ची खानेपानी आयोजना बाढी प्रभावितहरू विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन् । २०७८ असार १ गते र साउन १६ गतेको मेलम्ची बाढीका कारण प्रभावितहरूले आफूहरूको माग पूरा नभएको भन्दै आन्दोलन थालेका हुन् । यसअघि गठन भएका विभिन्न सङ्घर्ष समितिहरूले खानेपानी आयोजना र बाढीबाट प्रत्यक्ष प्रभावित बनेकाहरूलाई लाभ हुने कुनै पनि माग सम्बोधन गराउन नसकेको भन्दै शनिबार पासाङ लामाको नेतृत्वमा नयाँ सङ्घर्ष समितिको निर्माण गरी विभिन्न मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । मेलम्ची आयोजना तथा मेलम्ची बाढीबाट प्रत्यक्ष प्रभावितहरू आफ्नो मागका विषयमा आयोजना सम्बद्ध निकाय, स्थानीय र सङ्घीय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि माग सम्बोधन नभएकोले पौष २५ गतेबाट मुहानस्थलमा धर्नासहित आयोजनाको काम ठप्प पार्ने गरी आन्दोलनको कार्यक्रम तय गरिएको सङ्घर्ष समितिका सचिव छिरिङ ह्योल्मोले जानकारी दिनुभ...