सम्पर्क

Month: २०७९ जेष्ठ २५ बुधबार

सिमान्तकृत समुदाय अनुसन्धान सम्बन्धी छलफल चौतारामा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तह लगायतका क्षेत्रहरुमा बसोबास गर्ने सिमान्तकृत, अति सिमान्तकृत समुदायको ज्ञान सीप र प्रकृतीक बन तथा बाताबरण सँगको सम्बन्ध को अध्ययन अभिलेखिकरण र प्रकाशन गर्ने सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम भएको छ । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय जलधार व्यवस्थापन कार्यक्रम, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोगमा राउटे, लोपोन्मुख ,सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालले सिन्धुपाल्चोकमा सक्रिय रहेका स्थानीय संस्थाहरु मार्फत यो कार्यक्रम गरिरहेको छ । कार्यक्रममा डिभिजन बन कार्यलय सिन्धुपाल्चोकका डिभिजन बन अधिकृत पदम राज नेपालले सिमान्तकृत अती सिमान्तकृत समाजका वास्तविकता मा रहेर अभिलेखिकरण गर्न र उक्त समाजको सँस्कार सँस्कृती र परम्परा समेतलाइ समेटेर समाजमा भएका परिबर्तनलाइ यथार्थमा उतार्न सक्नु पर्ने बताउँनु भयो । कार्यक्रममा सहयक बन अधिकृत कृष्...

हगाम सहकारीको छैटौं स्थापना दिवसको दिन कारोबार एक करोड नाघ्यो

बिजनेस, समाचार
लक्ष्मण बिष्ट सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ याङ्लाकोटमा रहेको श्री गुँरासमय हगाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड छ बर्ष पूरा गरी सातौंैं बर्षमा प्रवेश गरेको छ । सातौं वर्षमा प्रवेश गरेकै दिन पूरा गरेकै दिन कारोबार एक करोड २९ हजार नाघेको छ । २०७३ जेष्ठ २५ गतेका दिन डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको सस्था सुरुवातमा २५ जना सदस्य २५सय कारोबार बाट सुरु भएको सहकारीमा अहिले ८ सय सदस्य रहेका छन । गाउँमा सहकारी शिक्षाको कमि हुदा सामुदायिक बिकास तथा बाताबरण संरक्षण मञ्च र जनहित ग्रामिण सेवा समितीले सहकारी स्थापना गर्न कर्मचारीलाई तलब, बित्तीय साक्षरता आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए । बैंक तथा बित्तिय सस्थाहरुले सहज रुपमा ऋण दिन नसक्दा गाउँमै स्थापना भएको सहकारी सरल कर्जा दिन थालेको र सहुलियत ब्याजमा कर्जा लिइ कम्तिमा २० जनालाइ २ लाखको दरले ८% ब्याजमा युबा तथा साना व्यावसायि स्वोर...

मेलम्ची खानेपानी विकास समिति खारेजगर्ने बुँदाप्रति युनियनको आपत्ति

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ । बजेट वक्तव्यको बुँदा नं १७७ मा समिति खारेज गर्ने र बुँदा नं १७६ मा मेलम्ची खानेपानी आयोजना याङ्री र लार्केसहितको दोस्रो चरण आयोजनाअन्तर्गत बजेट विनियोजन हुनुले आयोजनाका विषयमा अन्योल देखिएको युनियनका अध्यक्ष ऋषिराम पौडेलले जारी गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ । काठमाडौँ उपत्यकाका उपभोक्ताको प्रतिनिधित्व हुनेगरी काठमाडौँ महानगरपालिकाका प्रमुख, सम्बन्धित मन्त्रालयका सचिव, आयोजनाका कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका सहसचिव सम्मिलित छरितो समिति बनाइएकामा त्यसको खारेजीले अन्तिम चरणमा पुगेको आयोजनाको भविष्यकै विषयमा प्रश्नचिह्न उठेको कर्मचारी युनियनको भनाइ छ । समिति खारेज गर्ने उल्लेख गरिएको बजेट वक्तव्यमा लोकसेवा आयोगको प्रत्यक्ष निगरानीमा आयोजना ...

पालिकाको अध्यक्ष सहीत जनप्रतिनिधीहरु निलम्बीत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेष्ठ २४ गते ४ जनाजन प्रतिनिधिलाई निलम्बन गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । अख्तियारले सम्बन्धित स्थानीयतह र निर्वाचनआयोगलाई पत्राचार गरेको हो ।आयोग कैलालीको मोहन्याल गाउँपालिकाकाअध्यक्ष देवीदत्त उपाध्याय सहित सोही गाउँपालिकाको वडा नम्बर ३ कानन्दराम गिरि, नुवाकोटको विदूर नगरपालिका वडा नम्बर ९ का हरिराम भण्डारी र अछामको पञ्चदेवल नगरपालिका वडा नम्बर ७ का सुरत बहादुर रावललाई निलम्बन गर्न भनेको आयोगका साहयक प्रबक्ता बेद प्रसाद भण्डारीले जारी गर्नु भएको बिज्ञेप्तीमा जनाइएको छ । प्रबक्ता भण्डारी द्धारा जारि गरिएको बिज्ञेप्ती अनुसार भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्रदर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मानिर्वाचितभएको सम्वन्धमा कानुनअनुसार उँहाहरुलाई निलम्बनको व्यवस्था कार्यान्वयन...

नेपाल किड्स संस्थाद्धारा सामाग्री हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
नेपाल किड्स संस्था काठमाडौंद्धारा चौतारा सागाचोकगढि नगरपालिका वडा नम्बर ९ लाई सामाग्री हस्तन्तरण गरेको छ । उक्त संस्थाका अध्यक्ष हरिशरण गिरी र उहाँको श्रीमती शान्ति गिरीले नवनिर्वाचित वडाध्यक्ष विमल श्रेष्ठलाई मंगलबार एक कार्यक्रम बिच कलर प्रिन्टर, कम्युटर र फोटोकपी मेसिन हस्तान्तरण गरेको हो । वडाध्यक्ष श्रेष्ठले माग गरेअनुरुप वडाबासिलाई लक्षित गर्दै हरेक काममा सहज होस भन्ने हेतुले उक्त सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष गिरिले जानकारी दिनुभएको छ । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष गिरीले संस्थाले यसअघि पनि वडाकार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गर्नुका साथै चौतारा सागाँचोकगढी नगरपालिका ९ जितपुर गोमादेवी माध्यमिक विद्यालयमा कम्युटर हस्तान्तरण र विभिन्न विद्यालयलाई आर्थिक सहयोगका साथै विद्यालय विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको र आबश्यकता हेरेर फेरि पनि सहयोग गर्ने प्रतिब...

आइतबारको बिदा खारेज

ब्रेकिङ न्युज १, समाचार
नेपाल सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । उक्त निर्णय गत जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।...

फर्पिङको जङ्गलमा दुई जना मृत फेला

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको राससलाई जानकारी दिनुभयो । उहाँले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२÷२३ वर्षको भएको बताउनुभयो । मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताउनुभयो । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ । रासस...

मेलम्ची नगर प्रमुखद्वारा अनुगमनलाई तिव्रता

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय जनताको समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा नगरप्रमुख तामाङले वडा नं ६ को ताराङमाराङमा बाढीले पुर्याएको क्षति र नदीले गरेको कटानको अवलोकन र पिडित स्थानीय हरु संग भेटघाट गरिएको थियो । सोहि क्रममा वडा नं ७ को भट्टारमा निर्मित तितेखानी भट्टार लिफ्टिङ मोटर सिंचाईको उद्घाटन गरेको छ । विकास एवम् प्राकृतिक विपद्ले पारेको प्रभाव, नगर र प्रदेश सरकारद्वारा संचालित योजनाको अनुगमन, अध्ययन तथा अवलोकनलाई प्रमुख तामाङले तिब्रता दिनुभएको छ ।...

मनसुन सरदर मितिभन्दा अगाडि प्रवेश

ब्रेकिङ न्युज २, समाचार
नेपालमा मनसुन भित्रिने सरदर मिति यसअघिका वर्षहरूमा १० जुनलाई मानिँदै आएको थियो । तर, पछिल्लो २० वर्षको मौसमी तथ्याकंका आधारमा यस वर्षबाट १३ जुनलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ । जल तथा मौसम विज्ञान विभागको नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आईतबार विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली नेपालको प्रदेश १ मा आगमन भएको जनाएको छ । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने महाशाखाको अनुमान छ ।...

वातावरण दिवसका अवसरमा शान्ति समाजद्वारा विभिन्न जिल्लामा वृक्षरोपण

ब्रेकिङ न्युज २, समाचार
पचासौँ विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपण गरेको छ । शान्ति समाज काठमाडौँ शाखाद्वारा ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने मूलनारासहित जोरपाटीमा आयोजित विशेष चेतनामूलक कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले वातावरणीय सुधारका कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । नगर क्षेत्रका खाली ठाउँमा यही वर्षाद्मा बिरुवा रोपिने उहाँले सुनाउनुभयो । कार्यक्रममा वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाडाँै शाखा सभापति भगवान पुडासैनी लगायतले वातावरण संरक्षणका लागि हरियाली प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । नगर क्षेत्रका खाली स्थानमा बिरुवा रोप्ने अभियानमा साथ दिने उहाँहरुको प्रतिबद्धता थियो । सो अवसरमा जोरपाटीस्थित नयाँबस्ती युवा क्लब परिसरअघि वृक्षरोपण गरिएको...