सम्पर्क

खेलकुद

तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न

खेलकुद, समाचार
हिराहरि तेक्वान्दो डोजाङ ,चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले रातो कालो पेटि र प्रथम डान कालो पेटीको ग्रेडिङ गरेको छ । रातो पेटीबाट रातो कालो पेटीमा सोफिया श्रेष्ठ उतिर्ण भएको छ भने रातो कालो पेतिबाट प्रथम डान कालो पेटीमा बिजय तामाङ, निशान ढुङ्गाना, मनिष सापकोटा , राजन दुलाल, अबिनाश कार्की र अनमोल कार्की उतिर्ण हुन सफल भएको छ । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ कार्यलयका सदस्य तथा समाजसेवी श्री रामबहादुर घले थियो । ग्रेडिङ हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले लिएको थियो भने सहयोगिमा सिनियर तेक्वान्दो खेलाडी अन्जन पुरी थियो । गुरुङ गुरु जस्तो सक्षम प्रशिक्षक पाएकोमा खेलाडीहरुले राम्रोसंग प्रशिक्षण गरि फाइदा उठाउन, ५ न. वडा सदस्य तथा कार्...

सुनकोशी चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा माविलाई

खेलकुद, समाचार
सुनकोशी गाउँपालिकाको आयोजनामा भएको चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद उपाधी सेतिदेवी शारदा माध्यमिक विद्यालयले उचालेको छ । दुई दिने रनिङ शील्ड प्रतियोगितामा सेतिदेवि शारदा माध्यमिक विद्यालयले १२ स्वर्ण ल्याई राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । प्रतियोगितामा महेन्द्रदोय माध्यमिक विद्यालय ६ स्वर्ण सहित द्वितिय र बाघभैरव माध्यमिक विद्यालयले ४ स्वर्णसहित तृतीय भएको थियो । पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका प्रतियोगीलाई पालिका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष कान्छि लामा, प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलाल, वडाध्यक्षलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा पालिका भित्रक...

तेक्वान्दो संघको भेला सुकुटेमा

खेलकुद, समाचार
कुमार बस्नेत (अधिराज) /सुकुटे नेपाल तेक्वान्दो संघको महत्वपूर्ण भेटघाट रिबर बे सुकुटेमा शनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि भएको भेटघाटमा नेपाल तेक्वान्दो संघको केन्द्रिय अध्यक्ष प्रकाश शमसेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, दिल बहादुर ओलि नेपालमा तेक्वान्दो भित्राउने पहिलो ब्यक्ति तेक्वान्दोका जन्म दाता तथा संघका महासचिव दिपराज गुरूङ, बागमती प्रदेश अध्यक्ष केशव पुरी,महासचिव हरिहर ढुंगाना केन्द्रिय प्रबक्ता साम्राज्य बिक्रम ,केन्द्रिय सदस्य राम गिरि, कुमार घिसिङ काभ्रे अध्यक्ष केशव थापा ,भक्तपुर अध्यक्ष श्याम तजले,सिन्धुपाल्चोक जिल्ला अध्यक्ष प्रेमबहादुर भण्डारी,सिन्धुपाल्चोक जिल्ला तेक्वान्दोका पुर्व अध्यक्ष बुद्ध राज बस्नेत ,जिल्ला सचिब कुमार बस्नेत लगायतको उपस्थिती रहेको थियो । । उक्त भेलामा तेक्वान्दो बिकासका लागि महत्वपूर्ण छलफल भएको र चाडै नै सिन्धुपाल्चोकमा राष्ट्रिय तेक्वान्दो प्...

बाह्रबिसे राष्ट्रपति रनिङ शिल्डको उपाधि क्षेमादेवी माबिलाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  बाह्रबिसे नगर पालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बाह्र्बिसे नगरपालिका बाट क्षमादेबी माबी ले २८ मेडल जित्दै पहिलो हुन सफल भएको छ । नगर पालीकाको कबर्डहलमा संघीय सासंद माननीय मोहन बहानदुर बस्नेतले उद्घाटन गर्नु भएको खेलको बागमती प्रदेस माननीय मसिना खड्काले समापन गर्नु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै बागमति प्रदेस सभा सदस्य माननीय मसिना खड्काले खेल जगतले मानविय स्वास्थ्यको भुमिका खेल्ने भयकोले खेल कुद को विकासलाई पहिलो प्रथमिकतामा राख्न पर्ने जोड दिनु भयो । उहाँले खेतबारिमा काम गर्ने कृषक हरु कुनेै न कुनै तरिका बाट शारिरिक वायममा रहेका हुन्छन भने खेलकुदमा लागेकाहरुले पनि कुनै न कुनै तरिका बाट शारिरिक वायममा ,रहेका हुनछन भन्दै स्वास्थ्यको लागि खेलकुद अति आबशयक भएको बताउँनु भयो । पाचौ राष्ट्रपति रनिङ् खेलाडि छनोट गर्ने क्रममा छनोट भएका खेलाडि हरुलाई धन्यबादद...

बाह्रबिसे राष्ट्रपति रनिङ शिल्ड सुरु

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौटको लागी शुक्रबारबाट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्धघाटन नेपाली काँग्रेस खेलकुद बिभागका प्रमुख एव्म नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ का संघिय सांसद मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । प्रतियोगिताको उद्धघाटन कार्यक्रलाई सम्बोधन गर्दै सांसद बस्नेतले खेलकुद स्वास्थ्यको मुल धार भएकोले यसको बिकासका लागी सबै लागी पर्नू पर्नै बताउँनु भयो । उँहाले बल भएर मात्र पनी हुँदैन, धन मात्र भएर पनि हँुदैन, बुद्धी पनी चाहिन्छ भन्नुहँुदै बल धन र बुद्धीका लागी स्वास्थ्यको मुख्य भुमिका रहने भएकोले स्वास्थ्य रहन खेलकुदको आबश्यक पर्ने बताउँनु भयो । बाह्रबिसे नगरपालिकामा बिकास निर्माणको धेरैकाम सम्पन्न गर्न आफूले सहयोग गरेको र स्थानीयको मागको आधारमा बिकास र योजना सम्पन्न गर्न अझै पहल गर्ने बताउनु भ...

त्रिपूरा राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिपुरासुन्दरी माबिलाई

खेलकुद, समाचार
पृथ्वीजंग पाण्डे /तौथली त्रिपुरासुन्दरी गाउँपालिकाको त्रिपुरासुन्दरी माध्यमिक विद्यालयमा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी त्रिपुरासुन्दरी माध्यमिक विद्यालय तौथलीले जितेको छ । जम्मा ३६ स्वर्ण पदकको लागि भएको खेलमा त्रिपुरासुन्दरी गाउँपालिका भरका सात विद्यालयले भाग लिएकोमा स्वर्ण १२ रजत ६ र कास्य ७ पदक जित्दै प्रथम हुन सफल भएको छ । दोस्रो स्थानमा कालिका माबी टेकानपुरले स्वर्ण १० रजत १६ र कास्य १३ पदक प्राप्त गरेको छ। ९ स्वर्ण २ रजत तथा ४ कास्य पदक प्राप्त गर्दै तृतीय स्थान हासिल गरेको छ।त्यस्तै मंगलमाइ माध्यमिक विद्यालयले स्वर्ण , २ स्वर्ण,८ रजत,१० कास्य पदक हासिल गरेको छ।बाघभैरव आधारभुत विद्यालयले १स्वर्ण पदक हात पार्दा महेन्द्र प्रताप माध्यमिक विद्यालयले पनि २ रजत ४ कास्य पदक जित्दै सफल भएको छ । बुधबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र न २ का सांसद मोह...

मेलम्ची राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खेलकुद, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । मेलम्चीको ईन्दे्रश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो । नगरपालिका प्रमुख आईतमान तामाङले प्रतियोगिताको उद्घाटन गर्दै विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रपति रनिङशिल्ड प्रारम्भिक रुपमा खेलाडी उत्पादन गर्ने प्रमुख प्रतिस्पर्धा भएको भन्दै उहाँले खेलमा सहभागि खेलाडिलाई शुभकामना दिनुभयो । चार दिनसम्म चल्ने प्रतियोगितामा प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । बिहिबारबाट सुरु भएको खेल २९ गते समापन हुनेछ ।...

भोटेकोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खेलकुद, समाचार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । बुधबार गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले खेलको उद्घघाट्न गर्नुभएको हो । उद्घघाट्न कार्यक्रममा बोल्दै शेर्पाले खेलकुदले सामाजिक भावनाको बिकाससंगै अनुशासन सिकाउने भएकाले अध्ययनका अक्तिरिक्त बिद्यार्थिलाई खेलकुदमा सक्रिय हुन आबश्यक रहेको बताउँनुभयो । खेलकुदले समाज बदल्न सक्ने भन्दै विद्यालयस्तरबाटै खेल क्षेत्रलाई प्रथामिकतामा राख्ने गाउँपालिकाको योजना रहेको समेत शेर्पाले बताउनुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । बुधबारबाट सुरु भएको खेल २७ गते समापन हुनेछ ।  ...

बलेफी राष्ट्रपति रनिङ शिल्डको उपाधि बालशिक्षा माविले उचाल्यो

खेलकुद, समाचार
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नाराका साथ सञ्चालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शील्ड खेलकुद उपाधी बाल शिक्षा माध्यमिक विद्यालयले उचालेको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको आयोजनामा भएको रनिङ शील्ड प्रतियोगितामा बाल शिक्षा माध्यमिक विद्यालयले २८ स्वर्ण ल्याई राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । प्रतियोगितामा आनन्द माध्यमिक विद्यालय ११ स्वर्ण सहित द्वितिय र सरस्वती माविले ४ स्वर्णसहित तृतीय भएको थियो । २ दिने राष्ट्रपति रनिङ प्रतियोगितामा पालिका भित्रका ११ वटा विधालयले सहभागिता जनाएका थिए । मंलबार जिल्लाको क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा समापन भएको हो । सांसद सापकोटाले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्य...

राष्ट्रपति रनिङ शिल्डको उपाधि इर्खु माविलाई

खेलकुद, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकमा ५ औं नगर स्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इर्खु माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड हात पारेको छ । रनिङ शिल्ड प्रतियोगितामा १८ स्वर्ण, ८ रजत र १३ कास्य पदकसहित इर्खु माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड २०७९ को विजेता बन्न सफल भएको छ । त्यसैगरि एथ्लेटिक्स छात्र र छात्रा दुवै विधा र उसुतर्फ टिम च्याम्पियन बन्न सफल भएको छ । तिन दिनसम्म चलेको प्रतियोगितामा शुक्रबार नगर प्रमुख कृष्णप्रसाद सापकोटाले उद्धघाटन गर्नुभएको थियो । प्रतियोगितामा इर्खु माध्यमिक विद्यालयका योनेक्स दंगाल (उसु) अनमोल थापा (उसु) कोपिला तामाङ (उसु)सन्तोषी कार्की (उसु)अरुणा दंगाल (कराते) गौरव तामाङ (कराते) अन्जना तामाङ (४०० मिटर दौड) अन्जना तामाङ (८०० मिटर दौड)नबिना तामाङ (१५०० मिटर दौड)नबिना तामाङ (...