सम्पर्क

जिबनशैली

‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन प्रेस युनियनको माग

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ८ फागुनः नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ ।युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा उल्लेख छ ।विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकार भएकाहरूसँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चितताका लागि फिर्ता लिन माग गरिएको हो ।सम्मेलनले नेपाल प्रेस युनियनका साङ्गठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चारक्षे...

सिन्धुपाल्चोक सबै स्थानीय तहमा शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
पृथ्वी जंग पाण्डे,       नेपाल शिक्षक महासंघका राष्ट्रिय समितिले देशव्यापी आन्दोलन सुरु गरेको छ।आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार सिन्धुपाल्चोक जिल्लाको १२ वटै पालिकामा महासंघको स्थानीय कार्यसमितिले कालोपट्टि बाँधी खबरदारी जुलुससहित ध्यानाकर्षण पत्र बुझाएको छ।सिन्धुपाल्चोक शिक्षक महासंघका अध्यक्ष कुमारप्रसाद खतिवडाले आन्दोलन परिचालन समिति बनाएर सबै पालिकामा कालोपट्टि बाँधेर खबरदारी जुलुससहित ध्यानाकर्षण पत्र बुझाउन जिल्ला समितिको शनिबार बसेको जुम बैठक मार्फत अनुरोध गर्नुभएको थियो।    नेपाल शिक्षक महासघं चौतारासाँगाचोकगढी नगर कार्य समितीले नगर प्रमुख कृष्ण प्रसाद सापकोटालाइ पत्र बुझाएको छ ।      यसै क्रममा नेपाल शिक्षक महासंघ, मेलम्ची नगर समितिले मेलम्ची नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउने काम सम्पन्न गरेको छ । शिक्षक महासंघ मेलम्ची नगर अध्यक्ष शिवप्रसाद ढुंगानाले जिल्ला अध्यक्ष कुमारप्...

दलीत,अपाङ्ग,माझी, ६०बर्षमाथीको सबैको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाल सरकारले सबैका लागी स्वास्थ्यमा पहुँच पुगोस भन्नका लागी पारिवारिक स्वास्थ्य बिमा लागु गरेको छ । यसरी बिमा गरेपछी अस्पतालमा बिमा गरेका बिरामीहरु उपचार गर्न जाँदा बिभिन्न बहाना बनाएर समयमा उपचार नपाएको गुनासो आईरहँदा चौतारा साँगाचोकगढी नगरपालिकाले पालिका मातहतमा अस्पाताल सञ्चालनका लागी सरकारसँग माग गर्ने निर्णय गरेको छ । संघ प्रदेस सरकार अन्तरगत सञ्चालित अस्पतालहरुले हरेक बहानामा बिमाका बिरामी उपचारमा ढिलाइ गरेको गुनासो आएपछी नगरपालिकाले यो कदम चाल्न लागेको नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भयो । मंगलबार नगरपालिकामा आयोजित स्वास्थ्य विमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय सिन्धुपाल्चोकका बिमा दर्ता अधिकारी वडागत स्वास्थ्य बिमा दर्ता सहयोगी, सञ्चारकर्मीहरु सहितको नगरपालिकाको लक्षीत बर्गको स्वास्थ्य बिमा कार्यन्वयन समितीको छलफलमा यस्तो बताउँनु भएको हो । कार्यक्रममा जिल्लाको १२ वटा ...

चौतारामामहिला जनप्रतिनिधी तथा सरोकारवाला पक्षहरूबिच अभिमुखीकरण शुरु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका महिला जनप्रतिनिधी तथा सरोकारवाला पक्षहरूबिच अभिमुखीकरण कार्यक्रम गरेको छ । नगर महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले मंगलबार र बुधवार मानव अधिकार, महिला अधिकार काम कर्तव्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रम मङ्गलबार नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको बिशेष अतिथ्यतामा र उप–प्रमुख सिता थापाको सभापतित्वमा कार्यक्रम शूरु भएको हो । कार्यक्रमको शुरुमा आफ्नो भनाइ राख्नु हुँदै नगर प्रमुख सापकोटाले महिलाहरुले गरेका हरेक कामको पारदर्शीता हुने भएकाले महिलाको सहभागीतामा अनिवार्य गरिएको भएता पनि महिलाहरुले आफ्नो अधिकारका बारेमा पुर्णरुपमा जानकार नभएको हुँदा केही महिलाहरु ओझेलोमा पर्ने गरेकाले नगरपालिकाबाट त्यस्तो नहोस् भन्नका लागी यो कार्य...

पहिरो पिडीतलाई बाख्रा बितरण गर्दै नगर प्रमुख बस्नेत

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले पहिरो पिडीतहरुलाई आय आर्जनका लागी बाख्रा बितरण गर्नु भएको छ । बस्नेतले बाह्रबिसे नगरपालिका वडा नं. २ स्याङ्सिङ्ग बस्तीका ४८ परिवारलाई एक कार्यक्रमका बिच मङ्गलबार बाख्रा बितरण गर्नु भएको हो । बस्नेतले बाख्रा बितरण गर्र्दै नगरमा कोही पनि बेरोजगार बस्न नपरोस् भनेर आफ्नो सिप अनुसार काम गर्नका लागी हरेक व्यवसायमा नगरपालिकाले सहयोग गर्दै आएको बताउँदै कोही सिप अनुसार कृषी उत्पादनमा लाग्न अनुरोध गर्नुभयो । एकिकृत हातेमालो संस्थाको समन्वयमा प्रत्येक कृषकलाई बिमा सहितको बाख्रा बितरण गरीएको नगरप्रमुख सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनुभयो ।...

आचार्य सहीत लाइ अख्तीयारको पुरस्कार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सुशासनको पक्षमा कलम चलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा सिन्धुपाल्चोकका सुदर्शन आचार्य सहीत ४जना पत्रकार पुरस्कृत हुनु भएको छ । आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा स्तम्भकार तथा लेखक सुदर्शन आचार्यलाई भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा लेखमार्फत योगदान पु¥याएकोमा पुरस्कार प्रदान गरेको हो । यसै गरी कान्तिपुर टेलिभिजनका रमेश धमला, नागरिक दैनिकका वरिष्ठ संवाददाता टपेन्द्र कार्की र नयाँ पत्रिका दैनिकका नवराज मैनालीलाई सुशासन पुरस्कारबाट पुरस्कृत गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सभामुख देवराज घिमिरेले नेपाल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हल, नक्सालमा पुरस्कार प्रदान गर्नु भएको हो । वरिष्ठ पत्रकार सुदर्शन आचार्य सम्मानित भएका छन् । लेखक तथा राजनीतिक विष्लेषक आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासनको पक्षमा कलम चलाएको भन्दै सम्मान...

माघ सकिनै लाग्दा न हिउँ न वर्षा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
गण्डकी, २८ माघ : यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ । गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई पिरलो थपिएको बताउनुभयो । “हिउँ नपर्दा स्याउ खेतीमा असर पुग्छ, रोककिराको प्रकोप बढ्न सक्छ”, उहाँले भन्नुभयो, “मुस्ताङमा लगाइने उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बालीको उब्जाउ क्षमता पनि घट्छ ।” मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने उहाँको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर हिमाली भेगमा परेको विभिन्न अध्ययनले देखाएको छ । मौसमी घटना र प्रवृत्तिमा यस्तै क्रम दोहोरीरहे हिमाली क्षेत्रमा नयाँ खेतीबालीको प्रवेश हुने र रैथाने उत्पादन लोप हुन...

विभिन्न १० प्रस्ताव पारित गर्दै मेलम्ची नगरापालिकाकाे नगर सभाकाे शत्राैं अधिवेशनसम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
मेलम्ची । मेलम्ची नगरापालिकाकाे नगर सभाकाे शत्राैं अधिवेशन विभिन्न १० प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै  सम्पन्न भएकाे छ । नगरसभाले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको उक्त अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत छलफल गरी विधेयक पारित गरेको छ । नगरसभाका सभाध्यक्ष तामाङले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावहरू सर्वसम्मतले पारित भएकाे थियाे । नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष तामाङले चालु आर्थिक वर्ष २०८१–८२ को माघ २७ गते सम्म सम्पादन भएका मुख्य मुख्य कामहरूकाे विवरण प्रस्तुत गर्नुभएकाे थियाे । निर्वाचित भएकाे २ बर्ष ८ महिनाकाे अवधिमा याेजना निर्माण, पुर्वाधार निर्माण, सुशासन र नगरकाे दिगाे बिकासमा एउटा इटा थप्ने कामकाे शुरूवात भएकाे तामाङले बताउनुभयाे । चाल...

किसानले बारीको जगल्टा पोलेका कारण जेल जान पर्छ हाइड्रेपावरलाइ के हुन्छ ? बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपााली काँग्रेसका केन्द्रीय सदस्य माननीय मोहन बहादुर बस्नेतले सासदको बैठकमा आफ्नो भनाइ राख्नु हुँदै गरिब किसानले बारीको जगल्टा पोल्दा हुने आगलागीका कारण बन कार्यलयले जेल हाल्छ हाइड्रेपावरलाइ के कार्बही हुन्छ भनी प्रश्न उठाँउनु भएको छ । उँहाले वनमा आगो लागेका कारण ठुलो क्षती भएकाले यसको क्षती पुर्तीको व्यस्था गर्न माग गर्नु भएको छ । उँहाले १८गते बाट आगलागी शुरु भयो हिन्दीमा हाइड्रेपावरको करेण्ट सट भएर आगलागी भएको स्पष्ट भएको छ । भोटेकोशी गााउपालिका नेपाली सेना प्रहरी पालिका अध्यक्ष सबै लागेर आगलागी नियन्त्रणमा लिन खोज्दा पनी नसके पछी हेलीकप्टरबाट निभाउँन पर्यो यसको क्षती कसले ब्योहोर्ने कसरी कार्बही हुन्छ भनी प्रश्न गर्नु भयो । उँहाले गरिब किसानले बारीमा जिलाउटा पोल्दा गएको आगो बाट बनमा आगलागी हुँदा र बारीको डिलमा रुख काट्दा जेल जान परिरहेको अबस्थामा अब यस्ता हाइड्रेपावरलाइ के कार्बाही हुन...

बाँझो जग्गामा सामूहिक आलुखेती

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
खोटाङ, २६ माघः यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका छन् । स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका हुन् । “रु १५ हजारमा जग्गा भाडामा लिइएको छ”, मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भन्नुभयो, “सामूहिक आलुखेती गर्न सङ्घीय सरकारले रु १५ लाख बजेट उपलब्ध गराएको छ । यो वर्ष कम्तीमा एक सय मुरी आलुको बीउ रोप्ने योजना बनाएका छौँ ।” हालसम्म ८० मुरी आलुको बीउ रोपिसकिएको उहाँले जानकारी दिनुभयो । एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताउनुभयो । प्रतिमुरी रु चार हजारका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो । आलुखेतीमा प्रतिट्र्याक्टर रु छ हजारका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ । गाउँप...