ट्याग इन्टरनेसनल एकेडेमीको ब्रान्ड प्रतिनिधिमा रवि ओड
गिता अधिकारीकाठमाडौं । नेपाली संगीतको लोकप्रिय रियालिटी कार्यक्रम ‘नेपाल आइडल’ मार्फत लाखौं दर्शकको मन जित्न सफल गायक रवि ओड अब युवा विद्यार्थीहरूको शैक्षिक यात्रामा मार्गदर्शकको भूमिकामा देखिने हुनुभएको छ । उहाँ ट्याग इन्टरनेसनल एकेडेमी परामर्श संस्थाको ब्रान्ड प्रतिनिधि बन्नुभएको हो ।सुदूरपश्चिमको गाउँबाट सुरु भएको रविको यात्रा, काठमाडौंहुँदै अमेरिका, अष्ट्रेलिया, जापानलगायत विभिन्न देशसम्म फैलिएको छ । उहाँ केवल गायक मात्र होइनन्, संघर्षशील जीवनशैलीका प्रेरणादायी पात्रसमेत हुनुहुन्छ । सांगीतिक यात्राबाट हासिल अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई उहाँले अब शिक्षा तथा परामर्श क्षेत्रमा प्रयोग गर्न थाल्नुभएको छ ।संस्थाका तर्फबाट व्यवस्थापक रोजन रिसाल ले भन्नुभयो, ‘रवि ओडजस्ता सच्चा र प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हाम्रो लागि गौरवको विषय हो । उहाँको अन्तर्राष्ट्रिय अनुभव, संगीत क्षेत...








