सम्पर्क

जिबनशैली

‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आएएफआरसी० र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन् । आएएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत आफ्नो मानवीय सेवामा सहयोग गर्दै आएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्ला र प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका बीचमा बिहीबार छलफल भएको थियो । उहाँहरुले विपद् व्यवस्थापन गर्न स्थानीय पालिकाहरुको क्षमता अभिवृद्धिमा जोड दिनुभएको थियो आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले आइएफआरसीका मानवीय सेवाका बारेमा जानकारी गराउनुभएको थियो भने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले प्राधिरकणका पछिल्ला गतिविधि प्रस्तुत गर्नुभएको थियो । आइएफआरसीले गत माघमा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ ए...

यस्तो छ यस वर्षको ग्रहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १ वैशाख (रासस) : आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउनुहुन्छ । प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उहाँले बताउनुभयो । “यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्य सम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको सुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं सरकारप्रमुख ...

स्थानीय सरकारको मुख्य उद्धेश्य घर दैलो बाटै सेवा प्रदान गर्ने ः तामाङ्ग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
घर दैलो बाटै सेवा प्रदान गर्ने घर दैलो बाटै सेवा प्रदान गर्ने स्थानीय सरकारको मुख्य उद्धेश्य रहेको , त्यही उद्धेश्य पुरा गर्नका लागी मेलम्ची नगरपालिका लागी परेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्गले बताउँनु भएको छ । मेलम्ची नगरपालिकमेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलाको प्रशासनिक भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो । उँहाले मेलम्ची नगरपालिका ले श्रोत र साधनले भ्याए सम्म नागरिकको सेवा का लागी घर आँगनमा उपस्थित हुने बताउँदै त्यसैका लागी हरेक वडा कार्यलयको आफ्नै भवन बनीरहेको बताउँनु भयो । उँहाले भवन निर्माण सँगै त्ँयहा नागरिकले सुबीधा कसरी पाएका छन त्यस प्रती नगरको ध्यान केन्द्रीत हुने समेत सो अबशरमा बताउँनु भयो । मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथ...

महेन्द्रदय माबिको शैक्षिक गुणस्तर सम्बन्धि अन्तरक्रिया

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज कुमार ) सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिका– ६ पाटिडाँडामा रहेको श्री महेन्द्रदय माध्यमिक बिद्यालयले भौतिक बिकास तथा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।बिद्यालयका पुर्ब बिद्यार्थीहरु तथा शैक्षकि सरोकारवालाहरुलाइ बिद्यालयले बोलाएर उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।   शिक्षा सिकाइमा आएका बिद्यार्थीहरुलाइ प्रयाप्त मात्रामा आबशीय सुबिधा समेत को ब्यवस्था गर्नहुन नसकी भाडामा छात्रबास चलाएर शिक्षा प्रदान गरिरहेको उक्त बिद्यालयले यसरी गरेका अन्तरक्रीया कार्यक्रमले बिद्यालयको छात्रबास भवन निर्माण का साथै गुणस्तरिय शिक्षा सिकाइमा सहयोग पुग्ने सहभागी पुर्ब बिद्यार्थीहरुले बताउँनु भएको छ ।संस्थापक प्रधानध्यापक रूद्र ध्वज थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधान संरक्षक राम शरण कार्की जनप्रतिनिधि, बुद्धिजीवी ,...

ट्राफिक प्रहरी द्धारा सबारी चालकहरूको स्वास्थ परीक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला ट्राफिक कार्यालय अधेँरीले बुधबार २ सय भन्दा बढी सबारीका चालकहरुको स्वास्थ परीक्षण गरेको छ। जिल्ला ट्राफिक कार्यालय अधेँरीले सवारी सञ्चालन गरिरहेका सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको जिल्ला ट्रफिक प्रहरी प्रमुख उत्तम आचार्यले बताउनु भयो।स्वास्थ्य परीक्षणमा वल्र्ड प्रेसर,आँखा जाँच गरिएको थियो । स्वास्थय परिक्षण कार्यक्रममा बलेफि गाँउपालिकाका अध्यक्ष गंगा बहदुर तामाङ स्थानिय र प्रहरीको उपस्थिति रहेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले सवारी दुर्घटना न्युन होइन शुन्यमा ल्याउँन पर्छ भन्दै आचार्यको नेतृत्वमा सडकको दाँया बाँया मा रहेका फोहोर समेतलाइ सफा गरी सडक सफा गर्ने, सवारी साधनहरुको निरिक्षण गर्ने , यात्रीलाइ भाडा बढी लिएको छ की छैन भनेर छड्के जाँच गर्ने लगाएतका जनसरोकारका पक्षमा काम गरिरहेको छ । खास गरी सवारी सञ्चालनमा कसरी व्यबस्थीत गर...

मान्द्रा बुनेरै जीविकोपार्जन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा । उमेरले ७० टेक्नुभएका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आउनुभएको छ । जब गाउँमा कसैकोे बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उहाँलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आउनुभएको छ । “डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु”, उहाँले भन्नुभयो । शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ । माग नहुँदा बिक्री गर्न समस्या भएको उहाँको भनाइ छ । शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थाल्न...

वनजंगलमा डढेलो लाग्न नदिन सिन्धुपाल्चोकमा सचेतना अभियान

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
गर्मी यामसँगै वनजंगलमा आगलागी तथा डढेलो लाग्न नदिन डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले डढेलो रोकथाम एवं नियन्त्रण अभियान शुरु गरेको छ । बिशेष गरी हरेक बर्ष चैत, बैशाख जेष्ठ , असार बढी डडेला्े लाग्ने महीना हो । यी महीनाहरुमा अरु महनिा भन्दा बढी सुक्खा हुने, हावाहुरी लाग्ने , कृषकले खेतबारीमा जिलौटा पोल्ने भउकाले पनी आगोको बढी जोखिम हुने गरेको छ । खाश गरि कुनै न कुनै कारणले देखि वनजंगलमा डढेलो तथा आगलागीका घटना बढी हुने गर्दछन् । यसै बिषयमा ध्यान दिदै डिभीजन बन कार्यलय सिन्धुपाल्चोकले डढेलो नियन्त्रणका लागीविल्ला स्थित सबै सामुदायिक तथा साझेदारी सामुदायिक वनसँग समन्वय गर्दै अभियान सञ्चालन गरेर सक्रियता देखाएको छ । एउटा सानो आगोको झिल्कोले वनजंगलमा हुने आगलागी तथा डढेलोका कारण वनजंगल सखाप हुने गरेको छ । यस बारेमा जनमानसमा जानकारी गराउन वन कार्यालयको सक्रियतामा सामुदायिक वन उपभोक्ता समूहले प्र...

पत्रकार आचारसंहिता र निर्देशिका पालना नगर्ने लाई कारबाही गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ ? यस विषयमा छलफल र समिक्षा हुनुपर्ने बताउनुभएको छ । काउन्सलिका अध्यक्ष बस्नेतले ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउँनु भएको हो । उहाँले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन ? भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताउनुभयो । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताउनुभयो ।उहाँले...

रासायनिक मल पाउनका लागि अनिवार्य कार्ड चाहिने

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
रासायनिक मल वितरण गरिरहेको स्थानीय सहकारी सँगको अन्तरक्रिया, गोष्ठि तथा रासायनिक मलको कार्ड तथा भरपाई वितरण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ ।मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगर भित्रका रासायनिक मल बिक्रिका लागि अनुमती पाएका सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किसानलाई आवश्यक परेका बेला मल अभाव हुने समस्यालाई केहि ब्यबस्थित बनाउनका लागि कार्ड वितरण गरिएको नगरपालिका कृषि विकास शाखाका प्रमुख अमर आचार्यले जानकारी दिनुभयो । अब हरेक किसानले नगरपालिकाले उपलब्ध गराएको कार्ड सहकारी मार्फत भरेपछि नगरपालिकामा आएको मललाई बराबर वितरण गरिने नगरपालिकाले जनाएको छ ।यसभन्दा अघि कोहिले धेरै पायो, कोहिले पाउँदै पाएनन् भन्ने गुनासो अन्त्यका लागि नगरपालिकाले कार्ड वितरण गरेको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले किसानको समस्य...

यसरी हुँदैछ इर्खुको रानीपोखरी पुनर्निर्माण

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार
रानी पोखरी भन्ने वित्तिकै तपाईको मनमा पक्कै पनि काठमाडौँको रानीपोखरी भन्ने बुझ्नु हुन्छ होला । तर सिन्धुपाल्चोकमा पनि रानीपोखरी छ । चौतारा साँगाचोकगढी नगरपालिका–८ ईर्खुमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रूपमा रहेको ईर्खु रानीपोखरीको पुनःनिर्माण कार्य तिव्र गतिमा अगाडि बढेको छ । गत वर्ष चौतारा साँगाचोकगढी नगरपालिका निवर्तमान मेयर अमान सिं तामाङले नगर गौरव योजनाअन्तर गत ५० लाख रकम विनियोजन गरेर शिवलिङ्ग सहितको मन्दिर निमार्ण गर्नको लागि सहयोग गर्नुभएको ८ नं. वडाका वडाध्यक्ष अमृत बहादुर दंगालले बताउनुभयो । यसै सिलसिलामा प्रदेश सहरीविकास मार्फत ३० लाख बजेट विनियोजन भएकोले धार्मिक पर्यटकिय निर्माणधिन स्थललाई काठमाडौं दरबार हाईस्कूल रानीपोखरीको ढाँचामा निमार्ण गर्ने कार्य सुरु गरेको वडाध्यक्ष दँगालले बताउनुभयो । उहाँले परम्परागत शैली र प्रविधिमै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन श...