सम्पर्क

राजनिती

राष्ट्रियसभा उम्मेदवारी छनोटप्रति शेर्पाको असन्तुष्टि

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका निमाग्याल्जेन शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा भोट नहाल्ने चेतावती दिनुभएको छ । नेपाली कांग्रेसले उम्मेदवार छनोटमा गरेको निर्णय प्रति असन्तुष्टि जनाउँदै शेर्पाले निर्वाचनमा सहभागी नहुने बताउनुभएको हो । आशन्न राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका क्रममा पार्टीले मधेसी,तामाङ,गुरुङ,शेर्पा राइ, मगर लगायत अल्पसंख्यक समुदायको एकजना पनि प्रतिनिधित्व नगरेको भन्दै अध्यक्ष शेर्पाले सामाजिक संजाल फेसबुक मार्फत असन्तुष्टि जनाउनुभएको हो । उहाँले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले समेत यी समुदाय बाट एकजना पनि प्रतिनिधित्व नगराउनुले सन्देश राम्रो नजाने बताउनुभयो । अध्यक्ष शेर्पाले अल्पसंख्यक समुदायका जनप्रतिनिधिहरुले किन भोट हाल्ने भनेर समेत प्रश्न गर्नुभएको छ ।...

सरस्वती माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर बढाउनु पर्छ : उपाध्यक्ष लामिछाने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
 श्री सरस्वती माध्यमिक विद्यालय हेलम्बु -४ ग्याल्थुमको ६१ औं बार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले शिक्षा , स्वास्थ्यमा सुधारको प्रयास गरिरहेको बताउदै पालिका बासिको सुझाव अनुसार अघि बढ्ने बताउनुभयो ।उहाँले यस विद्यालयबाट आफ्नै छोरा पनि राम्रो लेख्न , पढन नसक्ने भएपछि नजिकैको निजि स्कुलमा पढाउन बाध्य भएको बताउनुभयो । उहाँले र पालिकाले आफुले सहयोग गर्छु भन्दा पनि विद्यालयमा शिक्षा सुधार हुन नसकेको बताउनुभयो । मेलम्ची भ्याली क्याम्पसका क्याम्पस प्रमुख राजनप्रसाद लामिछानेले विद्यालय सुधारका लागी अब सबैलाग्नु पर्ने बताउनुभयो । विद्यालयको शैक्षिक स्थिति झन झन खस्किदै गएको भन्दै लामिछानेले योजना सहित विद्यालय सुधारका लागी एकजुट हुन आग्रह गर्नुभयो । दैनिक १५० जना भन्दा धेरै विद्यार्थी यो विद्यालय हुँदै अन्यत्र गएको देख्दा देख्दै पनि व...

शिक्षा र स्वास्थ्य निशुल्क: गरिनु पर्छ : अध्यक्ष शेर्पा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देवराज सुबेदी श्री सरस्वती माध्यमिक विद्यालय हेलम्बु -४ ग्याल्थुमको ६१ औं बार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले युवा , विद्यार्थी किन बिदेसिन थाले यसको गहन छलफल जरुरी रहेको बताउनुभयो ।उहाँले देशमा युवा नरहनुको कारण यो देशका नेताहरु दोषि रहेको आरोप लगाउनुभयो । उहाँले अब भासण मात्र गरेर नहुने भन्दै स्वदेशमै बस्ने वातावरण बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।उहाँले शिक्षा र स्वास्थ्य सरकारले निशुल्क गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विद्यालय जोगाउन स्थानीय सरकारको प्रयासले मात्र नहुने भन्दै प्रदेश , केन्द्र सरकारले पनि चासो दिनु पर्ने बताउनुभयो । उहाँले एक दुई वटा ढुङ्गा उचालेर नाटक गरेर बचाउन नसकिने बताउदै सबै मिलेर यसलाई जोगाउन आग्रह गर्नुभयो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले शिक्षा , स...

वित्त आयोग र गाउँपालिकाका जनप्रतिनिधिबीच अन्तरक्रिया

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
देबराज सुबेदी सिन्धुपाल्चोक, १९ पुस : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी र हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीबीच अन्तरक्रिया सम्पन्न भएको छ । आयोग र गाउँपालिकाबीचको सम्बन्ध, दीर्घकालीन योजनालगायत विषयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा वित्त आयोगको काम, कर्तव्य र अधिकारका साथै छलफलका क्रममा उठेका जिज्ञासाको आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य जुद्धबहादुर गुरुङले जानकारी गराउनुभएको थियो । कार्यक्रममा आयोगका अध्यक्ष पौडेलले हेलम्बु गाउँपालिकाले प्राकृतिक स्रोतको संरक्षण तथा प्रवर्द्धनका लागि दीर्घकालीन योजना अगाडि सारेको देखिएको भन्दै पालिकाका नेतृत्वको कार्यशैलीको प्रशंसा गर्नुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी मिलेर मात्र काम गर्न सम्भव हुने भएकाले यो वातावरणलाई सधैँ कायम राख्न आग्रह गर्नुभयो । अध्यक्ष पौडेलले आयोग सधैँ संवाद र समन्वयमा रहने भन्दै आयोग सहयोगक...

अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार आवश्यकः पुर्बराजा ज्ञानेन्द्र

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार आवश्यक रहेको र्पुब राजा ज्ञानेन्द्र बिरबिक्रम शाहले बताउँनु भएको छ । भैरहवामा बिहीबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले देश चलाउन, देश बनाउन र देश बचाउन आफूलाई जनताले आह्वान गरिरहेको बताउँदै देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरू विदेश जानुपरेको कारण देश सम्हाल्न जनताले आह्वान गरेका छन् भन्नु भयो ।( हामीलाइ प्राप्त बक्तक्ब्य हेर्न यँहा KingSambhodhanBhairawalyथिच्नुहोस)पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विगत र वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै आफु नेपालमा नै रहेको हरेक समय नेपाली दाजुभाइ तथा दिदी बहीनहरु सँगै रहेको बताउँनु भयो । ‘जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु,’ ‘मलाई आउन, हाम्रो देश बनाउन र देश बचाउन आग्रह गरिरहेको सुनिरहेको हुन्छु ’ भन्दै आफू जनताको साथमै रहेको भन्दै कतै नगएको बताउ...

माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेसमा प्रवेश

राजनिती, समाचार
नेकपा माओवादी सहित विभिन्न पार्टी परित्याग गरि बलेफी गाउँपालिका वडा नं. ५ विन्जेलबाट १७ जना युवाहरु कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंग बहादुर लामाले पार्टीको साधारण सदस्य समेत वितरण गर्दै स्वागत गर्नुभयो । नवप्रवेशीहरुको प्रवेशले पार्टीमा थप उर्जा बढाएको सभापति लामाले बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौ सम्पर्क समितीको कार्यालय चाबहिलमा आज भएको पार्टी प्रवेश कार्यक्रममा महासमिति सदस्य राजु गोर्खाली, कांग्रेस जिल्ला सदस्य सिके चौलागाईं लगायत नेताहरुको उपस्थिति रहेको थियो ।...

उत्पादनमुखी काममा लगानी गर्न जापान सँग मन्त्री चित्रकारको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
बागमती प्रदेसका उद्योग बाणीज्य भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जापान रहेका नेपाली तथा जापनीज ब्यपारी कम्पनीहरुलाइ नेपालमा लगानी गरेर उत्पादनमुखी काममा सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्नो निजी भ्रमणमा जापान जानु भएका मन्त्री चित्रकारले जापान स्थित नेपाल व्यापार संघका अध्यक्ष डा. बलराम श्रेष्ठ लगायतसंग भेट गरि जापानी कम्पनी र लगानीकर्ताहरुलाई नेपालमा लगानी अभिबृध्दि गर्न प्रेरित गर्न आग्रह गर्नु भएको उँहाको सचिवालयले जानकारी दिएको छ । ४दिनको जापान भ्रमणका लागी जापान पुगेर मन्त्रीले नेपालका राजदुत दुर्गा बहादुर सुवेदीलाई राजदुतावासमा भेटी नेपालमा लगानी बढाउन आर्थिक कुटनीतिलाई प्राथमिकता दिने काममा अग्रसर रहन समेत अनुरोध गर्नु भयो ।सो अबशरमा टोकियोमा त्भचचब ःयतयचक का उपाध्यक्ष, क्ष्त् का डाईरेक्टरसंग भेट गरि नेपालमा लगानी गर्न आग्रह गर्नू भयो ।जापान भ्रमणका क्रममा मन्त्री चित्रक...

सरकारको एक वर्ष विपन्नको उपचारमा स्वास्थ्य मन्त्रीका बोल्ड निर्णय

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको भएको छ । यस अवधिमा मुलुकको स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास सुरु भएका छन् । खासगरी विकृति, विसङ्गति र बेथितिको दलदलमा भासिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साढे सात महिनाअघि मोहनबहादुर बस्नेतले जिम्मेवारी सम्हालेपछि थालिएका ती प्रयासले विपन्न र स्वास्थ्यको पहुँचभन्दा टाढा रहेका नागरिकमा आशा पलाएको छ ।पैसाको अभावमा कुनै पनि नेपाली नागरिकले उपचार नपाएर मृत्युवरण गर्नु पर्दैन, स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको जिम्मेवारी मैले लिन्छु भन्ने उद्घोषका साथ मन्त्रालयको बागडोर सम्हालिरहनु भएका बस्नेतले संविधानले प्रत्याभूत गरेको नागरिकको स्वास्थ्य अधिकारका पक्षमा थुप्रै सुधारका काम थालनी गर्नु भएको छ ।देशभरिका सरकारी, सामुदायिक र सबै निजी अस्पतालहरुले आफ्नो कुल शैयाको १० प्रतिशत शैयामा वि...

शिक्षकको गुणस्तर मापन गर्नेछौँ ः मन्त्री बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक बाह्रविसे। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षकको गुणस्तर निष्पक्ष रुपमा मापन गरिनुपर्ने बताउँनु भएको छ । मनत्री बस्नेतले आज सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ ठूलो पलाँतीस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव तथा अभिभावक भेला एवं पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्ला वर्ष विद्यार्थीको शैक्षिकस्तर खस्किएको पाइएकाले शिक्षकको गुणस्तर मापन गरिने बताउँनु भएको हो । “विद्यार्थीको नतिजामा लगातार बिग्रिएको विषय शिक्षण गर्ने शिक्षकलाई दण्डित र राम्रो शिक्षकलाई पुरस्कृत गर्ने बानी बसाल्नुपर्छ, त्यसैले आफ्नो गुणस्तरीयतामा पनि ध्यान दिन शिक्षकलाइ अनुरोध गर्दै मन्त्री बस्नेतले गुणस्तरहीन शिक्षकलाई के गर्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग छलफल गरिने बताउँनु भयो । “गुणस्तरहीन शिक्षकले पढाएको विद्यार्थीले नतिजा राम्रो नल्याउँद...

यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १० पुस : सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आज सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा र गौरव बढाउन सहयोग पुगेको उल्लेख छ । सरकार जनताको सुशासन, सामाजिक न्याय,विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको जनाउँदै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याई जनताको विकास र सुशासनप्रतिको उच्च अपेक्षालाई सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरिएको छ ...