सम्पर्क

राजनिती

काँग्रेस सिन्धुपाल्चोक प्रदेश सभापतिका यी हुन् दाबेदार

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेस सिन्धुपाल्चोकले स्थानीय तह अन्तर्गतको निर्वाचन सकेर आज प्रदेश तहको अधिवेशन गर्दैछ । प्रदेशको नेतृत्व लिनका लागी सिन्धुपाल्चोकमा तिब्र प्रतिस्पर्धा हुने देखिन्छ । १ नं. क्षेत्रको प्रदेश ‘क’मा आङ्दोर्जे शेर्पाले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँ संस्थापन पक्षका हुनुहुन्छ । शेर्पा अहिले पनि प्रदेश सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । पौडेल पक्षबाट कसले उम्मेदवारी दिने निश्चित भएको छैन । यता प्रदेश ‘ख’मा देबेन्द्र खड्का र चन्द्र सिलवालबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुबैले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । संघीय क्षेत्र नं. २ को प्रदेश ‘क’मा देवप्रसाद बानियाँ, देव कोइराला र केशब गिरीबीच त्रिपक्षीय भिडन्त हुने सम्भावना छ । त्यसैगरी प्रदेश ‘ख’मा सिके चौलागाइँ, सुनील दोङ, खेतनाथ घिमिरेमध्ये एकजना पौडेल पक्षबाट र संस्थापनबाट लेखा लामा र रमेश भण्डारीमध्ये एकले उम्मेदवारी...

केदार क्षेत्रीद्धारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमालेको नेता तथा बलेफी गाउँपालिकाको अध्यक्ष केदार क्षेत्रीले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । क्षेत्रिले पार्टीको चितवनमा मँसिर १० मा हुने दशौं राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको हो । मँगलबार नेपाल पत्रकार महासँघको भवन चौतारामा पत्रकार सम्मेलन गर्दै क्षेत्रिले खुल्लातर्फ सदस्य बन्न चाहेको बताउनुभयो । क्षेत्रिले २०३८ सालदेखी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्राकको सचिव हुँदै राजनितिक यात्रा सुरु गरेको बताउनुभयो । क्षेत्रि २०४४÷४५ मा काठमाडौंको पिपुल्स क्याम्पसको स्ववियु सचिव, २०४६ मा अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला अध्यक्ष हुँदै तत्कालिन जिल्ला विकास समितिको सदस्य , राष्ट्रिय प्रतिनिधि परिषदमा समेत निर्वाचित भैसक्नु भएको छ । नवौं राष्ट्रिय महाधिवेशनमा सिन्धुपाल्चोक जिल्लाबाट महाधिवेशन प्रतिनिधी हुँदै अहिले नेकप...

काँग्रेस सिन्धुपाल्चोकको पालिका , नगरमा संस्थापन पक्षको वर्चस्व

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको छ । १० पालिकाको निर्वाचन सम्मपन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा प्यानलको वर्चस्व देखिएको हो । १० मध्ये ६ पालिकामा देउवा प्यानल विजयी भएका छन् । दुई पालिकामा जिल्ला सभापति विकास लामा निकट सभापति भएका छन् भने दुई पालिकामा दुवै प्यानलमा नपरेका उम्मेदवारले जितेको छ । चौतारा साँगाचोकगढीको अध्यक्षमा इन्द्र धिताल सर्वसम्मत सभापति भएका छन् । सोमबार भएको पालिका अधिवेशनमा धिताल सर्वसम्मत सभापति हुनुभएको छ । उहाँ पहिले लामा निकट मानिएपनि पछील्लो चरण संस्थापन निकट भएपछी सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । भोटेकोसी गाउँपालिका सभापतिमा देवीबहादुर बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले ५५ मत ल्याई जित हात पार्नुभएको हो । उहाँका प्रतिद्वन्दी मुके शेर्पाले २२ मत र साङ्बो शेर्पाले १३ मत ल्याउनुभएको छ । केन्द्रीय सदस्...

सिन्धुपाल्चोक काँग्रेसको १२ स्थानिय तहमध्ये ७ मा नेतृत्व चयन

ब्रेकिङ न्युज २, राजनिती
सिन्धुपाल्चोक काँग्रेसको १२ वटै स्थानिय तहमा आज भएको अधिवेशनमध्ये ७ मा नयाँ नेतृत्व चयन भएको छ भने अन्यमा हुँदै छ । जुगल गाउँपालिकामा सगुन श्रेष्ठ सभापतिमा निर्विरोध चयन हुनुभएको छ । उपसभापतिमा राजेन्द्र लामा र साङ्बो शेर्पा , सचिवमा सुवास तामाङ र गौरब श्रेष्ठ चयन हुनुभएको छ । सह– सचिवमा भने निमा छिरिङ दोङ र रविन्द्र अधिकारी चयन हुनुभयो । जुगल गाउँपालिकामा ४३ सदस्यीय कार्यसमिती निर्विरोध चयन हुनुभएको छ । बाह«विसे नगरपालिकाको सभापतिमा शम्भु तिमल्सीना निर्वाचित हुनुभएको छ । तिमल्सीनाले रेशम तामाङलाई पराजित गर्नुभएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको सभापतिमा भने ईन्द्रलोचन धिताल सर्वसम्मत चयन हुनुभएको छ । कार्यसमितिको उपसभापतिमा कमलराज गिरी र आईडिवि लामा , सचिवमा भगवान खड्का र विकास कुमार सापकोटा, सहसिचवमा ईन्द्रवहादुर बस्नेत कोषाध्यक्षमा कृष्णबहादुर बोगटी निर्विरोध चयन हुनुभएको छ ।...

राप्रपा क्षेत्रिय अध्यक्षमा कुमारी तामाङ

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को अध्यक्षमा कुमारी तामाङ निर्वाचित हुनुभएको छ । राष्ट्रीय प्रजातान्त्रिक महिला सँगठनको केन्द्रीय महासचिव समेत रहनुभएको तामाङको अध्यक्षतामा १४ सदस्यीय कमिटी निर्वाचित भएको छ । कमिटीको सदस्यहरुमा सुनकाजी तामाङ, रेशम बहादुर श्रेष्ठ, गाँगा प्रसाद दुलाल , विदुर प्रसाद घोरासैनी, देवराज गिरी, प्रेम बहादुर तामाङ, मन कृष्ण ठकुरी, बेखराज शाही, प्रल्लाद सापकोटा, देबराज गुरुङ, बिर बहादुर तामाङ, पुन्य प्रसाद सापकोटा र सोम बहादुर सापकोटा रहनुभएको छ । कार्यसमितीको पदाधिकारीहर भने पछी मनोनित गरिने बताईएको छ ।    ...

सिन्धु काँग्रेसको अधिवेशन तालिका सार्वजनिक

राजनिती, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशनलाई सफल बनाउने उदेश्यले निर्वाचन तालिका र केन्द्र छनोट गरिएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोकको निर्वाचन अधिकृत देव बहादुर महतका अनुसार गाउँपालिका ÷ नगरपालिकाको मतदान केन्द्र सम्वन्धीत पालिकाको पायक पर्ने केन्द्र, प्रदेश सभा निर्वाचनका लागी क्षेत्र भने क्षेत्र नम्बर १ को (क) को बाह«विसे, प्रदेश ख को लामोसाँघु , क्षेत्र नम्बर २ को को प्रदेश (क) को चौतारा र प्रदेश (ख) को मेलम्चीमा अधिवेशन हुनेछ । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ को बाह«विसे र निर्वाचन क्षेत्र नं. २ को मेलम्चीमा अधिवेशन हुने निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अधिवेशन भने चौतारामा हुने वताईएको छ । मतदान स्थल भने पछी जानकारी गराईने बताईएको छ । नगरपालिका र गाउँपालिकाको अधिवेशन आज हुदैछ । सँघिय क्षेत्र नम्बर प्रदेशको निर्वाचन ८ गते , क्षेत्रिय निर्वाचन १०÷११ ...

सिन्धुपाल्चोक काँग्रेसको सबै वडा अधिवेशन सम्पन्न

राजनिती, समाचार
नेपाली काँग्रेसको सिन्धुपाल्चोकको अधिवेशन हुन बाँकी २ वटा वडाको अधिवेशन शनिबार सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका बडा नं. ३ र जुगल गाउँपालिका वडा नं. ३ को अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सुनकोशी गाउँपालिका बडा नं. ३ मा ईश्वर लामा र र जुगल गाउँपालिका वडा नं. ३ मा चिनलाल तामाङलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । यि दुवै वडाको अधिवेशन विवादका कारण स्थगित भएको थियो ।...

माओवादी केन्द्रको देशभरका वडामा अधिवेशन ,सिन्धुपाल्चोकमा पनी भब्य रुपमा सम्पन्न

ब्रेकिङ न्युज १, राजनिती
नेकपा (माओवादी केन्द्र) ले शनिवबर देशभर एकसाथ पार्टीको वडा अधिवेशन गरेको छ । आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले शनिबार वडा अधिवेशन गरेकोे केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नुयो । माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाएको थियो । अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ । माओवादीले सदस्यता नवीकरण पनि टुंग्याएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् । ११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प...

काँग्रेसको मेलम्ची नगर सचिवमा दुलालद्धारा उम्मेदवारी घोषणा

राजनिती, समाचार
नेपाली काँग्रेस मेलम्ची नगरपालीका वडा नं. ११ का निवर्तमान सभापती तथा युवा नेता गणेश दुलालले नगर सचिवमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेस मेलम्ची नगरपालिका – ७ द्धारा आयोजित प्रदेश मन्त्री निमा लामालाई बधाई दिन आयोजित कार्यक्रममा मन्तब्य राख्दै दुललाले नगर सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो । गुटवन्दीमा नलागी काँग्रेस एकजुट हुने हो भने मेलम्ची नगरमा काँग्रेसले विजयीको झन्डा फहराउने बताउँदै दुलालले अवको चुनाबमा जिल्लाभरबाट काँग्रेसलाई जिताउन आफ्नो अहम भुमिका हुने समेत बताउनुभयो । नेविसँघको राजनितिबाट काँग्रेसको राजनितिमा छिर्नुभएका दुलाल मेलम्चीमा प्रभावशाली नेताको रुपमा चिनिनुहुन्छ ।  ...

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बलेफी– ६ को अध्यक्षमा घिमिरे

राजनिती, समाचार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बलेफी गाउँपालिका वडा नं. ६ को प्रथम वडा अधिवेशनले रमेश घिमिरेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्विरोध चयन गरेको छ । प्रमुख आथिति माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोर्टा (देशबन्धु), विशेष अथिति बाग्मती प्रदेश कमिटि सदस्य अमृता नेपाल (प्रभा), सोही वडाका वडा अध्यक्ष चित्र बहादुर तामाङ, लगाएतका अथितिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो त्यसै गरी उक्त कार्यक्रममा विभिन्न पार्टि परित्याग नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेस गरेका छन् । प्रवेस हुनेमा गत स्थानीय तह निर्वाचनमा नेकपा एमाले वडा सदस्य प्रत्यासी मान ब तामाङ (वाला), नेपाली कंग्रेस वडा कमिटी सचिव भिम बहादुर तामाङ, नेबि संघ सानोठिमी क्याम्पस उप सचीव राजकुमार तामाङ, गत स्थानीय तह निर्वाचनमा नेपाली कंग्रेस वडा सदस्य प्रत्यासी सुन माय...