जनयुद्धकै झझल्को दिने जनयुद्ध दिवस – सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रमा पनि मनाईयो
आईतबार सिन्धुपाल्चोकका ग्रामिण क्षेत्रहरुमा जनयुद्ध दिवस मनाइँदा त्यसले जनयुद्धकै बेलाको झझल्को दिएको पाइयो । जनयुद्धका बेला जसरी तत्कालिन बिद्रोही पक्ष नारा लगाउदैँ गाँउगाँउ पुग्दथे, त्यसैको झल्को दिने गरि जनयुद्ध दिवस आईतबार नेकपा (माओेवादी केन्द्र ) का नेता कार्यकर्ता त्यहि मुद्रामा देखिए । उसो त उतिबेला बिद्रोहमा रहेका ब्यक्ति अहिले जनप्रतिनिधिका रुपमा देखिएका छन् । उनिहरुले गरेको कोणसभामा पनि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक÷शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्ने बताएका छन् ।
नेकपा (माओेवादी केन्द्र ) सिन्धुपाल्चोकले जिल्लाका १२ स्थानीय तहमा विविध कार्यक्रम गरि एकैसाथ २७ औं जनयुद्ध दिवस मनाएको छ । मेलम्चीमा केन्द्रीय सदस्य डिलाराम आचार्य , पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा युवराज दुलाल, लिसँखुपाखर गाउँप...
