सम्पर्क

समाचार

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ । साथै तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाइने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीकोतर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी, तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू गरिएको ८० घण्टे आमरण अनशन उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाबाट आजै तोडिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ देखि जारी छ । सभापत...
सिन्धुपाल्चोकका आयल स्टोरमा अनुगमन

सिन्धुपाल्चोकका आयल स्टोरमा अनुगमन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकका विभिन्न स्थानमा सञ्चालित आयल स्टोरहरूले उपभोक्तालाई तेलमा अनियमितता गरेको गुनासो बढेपछि बुधबार सरकारी संयन्त्रले अनुगमन गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरका निरीक्षक दीपेन्द्र रोकाहा, प्रमुख जिल्ला अधिकारी किरण थापा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुवास कार्की, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेल लगायतका सरकारी अधिकारीले आयल स्टोरहरूमा अनुगमन गरेका हुन् । चौतारा साँगचोकगढी नगरपालिका–१०, सुकुटेस्थित आयल स्टोरमा अनुगमन टोलीले आयल स्टोरको मापदण्ड, मातहत कार्यालयमा दर्ता, नवीकरण, मापन यन्त्र, लगायत उपकरणको अनुगमन गरेको गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरका निरीक्षक रोकाहाले जानकारी दिनुभयो । साथै दर्ता, नवीकरण लगायतका कागजातहरू सर्वसाधारण सबैले देख्न स्थानमा राख्न नि...

विपद् जोखिम न्यूनीकरणमा काभ्रेका स्थानीय तहको सक्रियता

ब्रेकिङ न्युज १, समाचार
काभ्रेपलाञ्चोक मनसुनजन्य विपद् न्यूनीकरणमा यहाँका स्थानीय तहको सक्रियता बढेको छ । विशेषगरी उच्च जोखिममा रहेका स्थानीय तहले सरोकारवालबीच छलफल गरी पूर्वतयारीको व्यवस्थापनमा लागेका हुन् । बाढीपहिरोको उच्च जोखिममा रहेको रोशी गाउँपालिकामा गत साल असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछिको बाढी र पहिरोमा धेरै जनधनको क्षति बेहोरेपछि यस वर्ष जोखिम कम गर्न जिल्लास्तरीय विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समिति खोज, उद्धार र राहतमा सक्रियता देखाएको सङ्घ र प्रदेश सरकार पुनर्निर्माणमा अल्मलिएको बताइयो । “सडक, निजी आवास, सार्वजनिक भवन, अस्पताल, औद्योगिक ग्रामलगायतका संरचना निर्माण गर्न बाँकी छ, अति प्रभावित यस गाउँपालिकामा अझै सतर्क भएर काम गर्नुपर्ने देखिन्छ”, गाउँपालिका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष दिनेश लामाले भन्नुभयो । उक्त गाउँपालिकामा गत साल असोजको बाढी...
रामदेबी माबी हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम

रामदेबी माबी हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
कबीता श्रेष्ठ लोकप्रियसमाचार राष्टीय दैनिक , सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० स्थित श्री राम देवी मा.वि हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं १०को ,आर्थिक सहयोगमा नेत्र ज्योति मिडिया हाउसद्धारा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडा नं १० को वडा अध्यक्ष निल बहादुर तामाङले प्रमुख आतिथ्यताको आशनबाट बेल्दै बालबिबाहको अन्त्य, गर्नुका साथै अहीलेको अबस्थामा आफ्नै भन्नेहरुबाट समेत बालबालीका असुरक्षित हुन थालेकोमा चिन्ता ब्यक्त गर्नु भयो । उँहाले भेटेकोशी गाँउपालिकामा हालै घटेको घटनाको स्मरण गराउँदै ढिलो चाँडो प्रहरीले दोषी पक्रेर कार्बही त गर्छ तर यसरी भएको नोक्सानीको कसैले पनी क्षती पाउँन सक्तैन भन्नु भयो । उँहाले कुनै पनी बालबालीका ले कसैले घुम्न जाऔ भनेर फाकाउँदैमा आफ्नै अभिभावक तथा शिक्षक...
३ दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रम सूरु

३ दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रम सूरु

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेशको आर्थिक सहयोगमा ३ दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रम मेलम्ची नगर पालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उमा प्रधानले भुकम्प तथ जलबायुको हिसाबले विपदमा धेरै माथी छ त्यसैले यसलाई हामिले मुख्य एजेन्डाको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले विपद हामिलाई थाहा दिएर न आउने भन्दै सबै सतर्कता अपनाएर बस्न आग्रह गर्नुभयो । उहाँले स्वयंसेवक बनेर आफ्नो नगर गाउँ बस्ती मा परेको विपदलाई प्रतिकार गर्न तयार भएर यो दिनको तालिम किन आउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यो तीन दिनको समयलाई भरपुर सदुपयोग गरि यो कार्यक्रम लाई सफल बनाउनुहुने बिश्वास व्यक्त गर्नुभयो । मेलम्ची नगरपालिका वडा नम्बर १,२,३,४ र ५ का गरि २० जना भन्दा बढी युवा हरुलाई ससस्त्र प्रहरी ग...

बस्नेतलाइ २५लाख धरौटी,यस्तो छ आदेश  

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ ।बिशेष अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । आइतबार थुनछेक बहसपछि विशेष अदालतले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन बस्नेत आइतबार स्वयम अदालतमा उपस्थित भएर बयान दिनु भएको थियो ।न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इलसालले आइतबार बयान लिइसकेपछि बस्नेतलाई धरौटीमा छाड्न भनेको हो ।दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।यस्तो छ आदेश  ...
मनसुनमा सतर्कता अपनाउन सिन्धुपाल्चोक जिल्ला प्रशासनको आग्रह

मनसुनमा सतर्कता अपनाउन सिन्धुपाल्चोक जिल्ला प्रशासनको आग्रह

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै जिल्लावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपद् जोखिमका घटना घट्न सक्ने जनाउँदै जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो  । शुक्रबार प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी विज्ञप्तीमा यस्तो भनिएको छ, जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष विगत वर्षहरु भन्दा केही बढी बर्षा हुने अनुमान गरिएको छ । त्यसको प्रभाव सिन्धुपाल्चोक जिल्लामा समेत रहने अनुमान गरिएको छ । जिल्लाका भुभागहरु विगतको भुकम्प र त्यसपछीका बाढी तथा पहिरोहरुबाट खुकुलो भएकोले मध्ययम बर्षाले पनि भू–क्षय, बाढी पहिरो तथा ग्रेग्रान बहाबको जोखिम रहने भएकोले जोखिम हुनसक्ने स्थानहरुमा उच्च सतर्कता अपनाउन र पूर्वतयारी सहित आवश्यक क्रियाकलाप ...

नेपाल मगर संघ शाखा कतारको १६औं महाधिवेशन सम्पन्न, अध्यक्षमा थापा मगर सर्वसम्मत

बिदेश, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार नेपाल मगर संघ केन्द्रीय कार्यालय काठमाडौँबाट शाखा कतारको रूपमा मान्यता प्राप्त नेपाल मगर संघ शाखा कतारको (केन्द्रीय समिति) को १६औँ महाधिवेशन तथा २५औं वार्षिकोत्सव कार्यक्रम २०२५ भव्य रूपमा सम्पन्न भएको छ । मगर संघका अध्यक्ष रेसम आले मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न महाधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागी तनहुँ जिल्ला रिसिङ गाउँपालिका वडा नं. ७ निवासी समीर थापा मगर अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा देवी कुमारी मगर, द्वितीय उपाध्यक्षमा रविना मगर, महासचिवमा पाण्डव थापा मगर, उप–महासचिवमा दीपक एक्चाई मगर, सचिवमा मन प्रसाद राना मगर, सङ्गठन सचिवमा दुर्गा दर्लामी मगर कोषाध्यक्षमा ओम थापा मगर, सह–कोषाध्यक्षमा तुषार पु...

मदन भण्डारीको ७४औँ जन्मजयन्तीमा वृहत् साइकल तथा पदयात्रा सम्पन्न

खेलकुद, समाचार
जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्ती तथा मानव अधिकार एलायन्सको २६औँ स्थापना दिवसको अवसरमा एलायन्सको काठमाडौँ जिल्ला शाखाले वृहत् साइकल तथा पदयात्रा आयोजना गरेको छ । गोकर्णेश्वरको माकलबारीबाट सुरु भएको पदयात्रा गुह्येश्वरीमा पुगेर समापन गरिएको थियो । कार्यक्रमको शुभारम्भ एलायन्सका केन्द्रीय महासचिव तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले रिवन काटेर, आफैँ साइकल यात्रामा सहभागी भएर गर्नुभएको थियो । यात्रापछिको औपचारिक कार्यक्रममा काठमाडौँ जिल्ला शाखाकी अध्यक्ष ललिता उप्रेती रिजालले सम्पूर्ण सहभागीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकारवादी तथा साहित्यकार डा. कृष्ण सुवेदीले युवा केन्द्रित कविता वाचन गर्नुभयो भने प्रमुख अतिथि समेत रहनुभएका विष्णु रिजालले मानव अधिकारको रक्षामा जननेता मदन भण्डारी र नेकपा (एमाले) ले पुर्याएको योगदानको चर्चा गर्नुभयो । त्यस...

६ महिनामा ३७ वटा मानव अधिकार उल्लङ्घनका घटना

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सन् २०२५ सुरु भएदेखि ६ महिनाको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घनका ३७ वटा घटना भएका छन् । जस घटनामा दुई हत्या, दुई ज्यानमार्ने उद्योग, दुई बालअधिकारभित्र सामुहिक बलात्कार, आठ बलात्कार, दुई बालयौन दुव्र्यवहार रहेका छन् भने महिला अधिकारकाभित्रका बलात्कार चार, बलात्कार प्रयास एक, तोडफोड एक र घरेलुहिंसा १५ रहेका छन् । ३२ महिला र ४ पुरूषगरी ३६ जना नागारिक घटनाबाट पीडित बनेका छन् भने ४५ जना आरोपित रहेको इन्सेक सिन्धुपाल्चोकका प्रतिनिधि नातिबाबु धितालले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले मानव अधिकार जनताको अवधारणा रहेको बताउनु भयो । कुनै ठाउँमा घटना घट्नु साथ तत्काल प्रहरीलाई जानकारी यथ...