सम्पर्क

समाचार

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका पाँच व्यक्तित्व सम्मानित

ब्रेकिङ न्युज १, समाचार
 पत्रकारिता, पर्यटन, कफी तथा व्यापार क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका पाँच जना विशिष्ट व्यक्तित्वलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सम्मान गरेको छ । बाह्रबिसे नगरपालिकाको खुर्सानीबारीस्थित कर्भडहलमा आइतबार सम्पन्न संघको ३०औँ वार्षिक साधारणसभाको अवसरमा उहाँहरूलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको हो । सम्मानित हुने व्यक्तित्वहरूमा कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौड्याल, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा वरिष्ठ व्यवसायी राजकुमार बस्नेत, सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापा, कफी संघ सिन्धुपाल्चोकका अध्यक्ष मन्दु थापा तथा व्यवसायी सुजित बस्नेत रहनु भएको छ । उहाँहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितका प्रतिनिधिहरूले सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, बाह्रबिसे नगरपालि...

‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ६ पुसः जेनजी आन्दोलनको बलमा स्थापित वर्तमान सरकारले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सरकारको आधारभूत प्राथमिकताको सूचीमा रहेकाले निर्वाचनको वातावरण बनाउने कार्यमा सरकार सबै निकायले काम गरिरहेका छन् । निर्वाचन आयोग, राजनीतिक दल र सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारीलाई त्यसतर्फ उन्मुख गराएका उनीहरूका गतिविधिबाट थाहा हुन्छ । यसबीचमा राजनीतिक दलबाट निर्वाचनका लागि दल दर्ता गर्ने कार्य पूरा भइसकेको छ भने सरकारका तर्फबाट एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ । त्यसक्रममा ११४ वटा राजनीतिक दलले चुनावमा भाग लिने सुनिश्चित भइसकेको छ । प्रमुख राजनीतिक दलका साथै यसरी आयोगमा दर्ता भएका सबैजसो राजनीतिक दलले विभिन्न माध्यमबाट आफूलाई निर्वाचनमा केन्द्रित गरिरहेको बताउने गरेका छ...
मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती

मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौं, पुस ६ गते । विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर विचार मन्थन कार्यक्रम आयोजना गरेको छ । परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजना गरिएको विचार मन्थन कार्यक्रममा बोल्दै जनमत पार्र्टीका अध्यक्ष डा. सिके राउतले जेनजी आन्दोलनपछि मधेश कहाँ छ भनी आफूहरुले खोजिरहेको बताउनुभयो । डा. राउतले जेनजी आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदले राजीनामा दिएको, तर पछि संघीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको आफूले पाएको बताउनुभयो । जेनजी आन्दोलनपछि आफूले मधेश खोज्न थालेपछि एक शीर्ष जेनजी नेताले आफूलाई धम्की दिएको उहाँले बताउनुभयो । मधेश आन्दोलन त्यतिकै भएको होइन, मधेशले पहिचान त्यतिकै पाएको होइन, त्यसका लागि धेरैले बलिदानी दिएको राउतले बताउनुभयो । मधेश आन्दोलन...

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ५ पुस : हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।...
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक

विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना इन्द्रावती गाउँपालिकाका विद्यालयहरूमा विद्यार्थीहरूको गुनासो सुन्न र समस्या समाधान गर्न ’गुनासो सुनुवाइ संयन्त्र’ निर्माण तथा लागु गर्न ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकको आयोजना तथा ईन्द्रावती गाउँपालिकाको समन्वयमा इन्द्रावती–५ स्थित श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा आयोजित एक विशेष बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञ प्रसाद दंगालको अध्यक्षता, ईन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ्गको प्रमुख आतिथ्यता, ईन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीन वहादुर धामीको विशेष आतिथ्यता रहेको थियो भने ईन्द्रावती गाउँपालिकाका उद्यम विकास सहजकर्ता सपना नेपालीक...

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ४ पुस : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्णयहरूसमेतलाई आत्मसात् गरी उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै निर्वाचन सम्पन्गर्न नेपाल प्रहरी दृढ सङ्कल्पित रहेको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । निर्वाचनलक्षित गस्तीलाई थप प्रभावकारी र पहुँचलाई व्यापक बनाइएको बताउँदै उहाँले हालसम्म लामो दूरीको गस्ती एक हजार १३६ पटक र सानो दूरीको गस्ती तीन लाख ८९ हजार ९६० पटक गरिएको छ । यी गस्तीमा १३ लाख ४६ ...

एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

ब्रेकिङ न्युज १, समाचार
नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गर्नुभएको थियो । अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५÷२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहनुभएको थियो । आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिनुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउनुभयो । रासस...

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सुरु हुने

#, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
मेलम्ची । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ले मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सुरु हुने बताएका छन्। मेलम्ची नगरपालिका ७ दुबाचौर स्थित बालुङ्गे गोल्मे डाँडामा नवनिर्मित तेर माने छोर्तेनको समुद्घाटन राप्ने तथा आयु अभिषेक कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले आफ्नो भनाइ राख्दै मेलम्ची फट्टे पुलको लागि यही आर्थिक वर्ष २०८२ ८३ मा प्रदेश सरकारले बजेट विनियोजन गरेर निर्माणको लागि फाइल अघि बढिसकेको जानकारी दिए । यो पुल निर्माणको लागि छिट्टै फाइल अघि बढ्ने प्रक्रियामा रहेको जानकारी दिँदै तिनै तहका सरकार मिलेर छिट्टै पुल निर्माण सम्पन्न गरी यहाँका नागरिकको समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता जनाए । सिँचाइ र खानेपानीको समस्या समाधानमा सहयोग गर्नुका साथै भौतिक पूर्वाधार निर्माणका कामहरू लाई निरन्तरता दिँदै यस क्षेत्रको चुनौतीको रुपमा रहेको ...

हेलम्बुको किवी काठमाडौंमा: सानो उत्सव, किसानका लागि ठूलो सम्भावना

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
काठमाडौं | मंसिर २७ गते सनिवार बौद्ध किसान बजारमा गत साता सम्पन्न किवी महोत्सवले एउटा महत्वपूर्ण सन्देश दिएको छ ,किसान र उपभोक्तालाई सिधै जोड्न सकिने हो भने यसले ग्रामीण किसानको जीविकोपार्जन र उपभोक्ताको स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्न सक्छ। मंसिर २७ गते शनिबार आयोजित महोत्सवमार्फत हेलम्बुका किसानहरूले उत्पादन गरेको ताजा र जैविक किवी बिचौलिया बिना सिधै काठमाडौंका उपभोक्तासम्म पुग्यो। किवीसँगै आलु र सिमि,स्कुस ,सिताके च्याउ,केरा कागती आदि सामाग्री बिक्रीका लागि ल्याइयो थियो।जसले हेलम्बु र काठमाडौंबीचको पहिलो प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्‍यो। परम्परागत रूपमा आलु र मुला उत्पादनका लागि चिनिएको हेलम्बु क्षेत्रमा AYTHOS को पहलपछि किसानहरूले किवी खेती सुरु गरेका हुन्। २,५०० मिटरभन्दा माथिको उचाइ, उपयुक्त माटो र हावापानीका कारण यहाँ किवी उत्पादन राम्रो हुँदै आएको छ। तर उत्पादन भए पनि ...

मापदण्ड भित्र रहि गुणस्तरीय काम गर्न मन्त्री तामाङको निर्देशन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
  बागमती प्रदेश सरकारका खानेपानी,उर्जा तथा सिचाइ मन्त्री मा.कृष्णकुमार तामाङ समिरले सरकारको मापदण्ड भित्र रहि आवश्यक प्रक्रिया पुरा गरेर गुणस्तरीय काम गर्न र गराउन कार्यालयका प्राबिधिक र निर्माण ब्यबसायिलाई निर्देशन दिनुभएको छ । उँहाले –भोटेचौर –काउलेदोभान सडक अन्तर्गत सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका खण्डमा भइरहेको कालोपत्रे कामको अनुगमनका क्रममा यस्तो बताउँनु भएको हो । मन्त्री तामाङले सडक डिभिजनका प्राबिधिक र स्थानियबासिहरुको उपस्तिथिमा अनुगमन तथा निरीक्षण गर्नु हुँदै मापदण्ड बिपरित र गुणस्तरहिन काम हुँदा भुक्तानी रोकीने भएकाले मापदण्ड अनुसार गुणस्तरीय काम गर्न गराउँन समेत उँहाले अनुरोध गर्नु भयो । आफ्नो ठाँउको बिकासका कामहरु मा आफुले पनी रेखदेख गर्न पर्ने र गुणस्तरहिन काम भएको पाइएमा सम्बन्धीत निकायलाइ खबर गर्न समेत स्थानीयले चासो राख्न पर्ने बताउँनु भयो । मन्त्री तामाङले ...