सम्पर्क

समाचार

८० प्रतिशत सकियो मेलम्ची मुहानको मर्मत

ब्रेकिङ न्युज २, समाचार
२०७७ गते असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ८० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी वितरण विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुँगा विष्फोट गराएर नदी सफाइ गर्ने काम ८० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायी रुपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको समेत पन्तले जानकारी दिनुभयो । गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरु भएको छ, बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्नेगरी तयारी थालिएको उहाँले बताउनुभयो । मुहानमा खसेका ढुँगा माटो सफाइको काम सकिएक...

चुनावको मुखमा योजना बोकेर गाउँ छिरे प्रदेश सांसद

ब्रेकिङ न्युज २, समाचार
गाउँ–शहरमा स्थानीय तह निर्वाचनको माहोल सुरु भयो । सरकारले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेपछि दल दर्ता सकिएको छ भने मतदाता नामावलीमा भएका त्रुटी सच्याउने अवधि चलिरहेको छ । राजनीतिक दलहरुले पनि चुनाव लक्षित संगठनात्मक कार्यक्रम चलाउन थालेका छन् । यही बेला प्रदेश सांसदहरु भने ‘निर्वाचन क्षेत्र विकास’ को बजेट बोकेर गाउँ–नगरमा पसेका छन् । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको बजेट निकासा दिने निर्णय गरेको छ । ‘सांसद विकास कोष’को नाम बदलेर ‘प्रदेश पूर्वाधार विकास कार्यक्रम’ बनाएपछि सांसदहरुका लागि बजेट दिन लागिएको हो । बाग्मतीले वर्षमा २ अर्ब ४२ करोड रुपैयाँ यो कार्यक्रमका नाममा खर्चन्छ । प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ दिइन्छ । संसदहरुले बजेटको ५० प्रतिशत भौतिक पूर्वाधार, ३० प्रतिशत शिक्षा र २० प्रतिशत स्वा...

नागरिकले घरदैलोको सरकारको आभाष गरेका छन् – वंशलाल तामाङ

ब्रेकिङ न्युज २, समाचार
सन्तोष सिग्देल मुलुकमा संघियता सुरू भएयता पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल सकिनै लागेको छ । यस अन्तरालमा केही स्थानिय तहका जनप्रतिनिधिको कार्यकाल गालि खांदैमा बित्यो भने केही जनप्रतिनिधिको कार्यकाल वाहवाहिमा सकिनै लाग्यो । संघियता पछि नागरिकले घरदैलोको सरकारको आभाष पाएका छन् । कतिपय स्थानिय तहहरूले उदाहरणीय काम गरेका छन् । नागरिकको आवश्यकता केही हदसम्म पूरा भईसकेका छन् । त्यस्तै मध्येको एउटा उदाहरण हो, सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका । इन्द्रावति गाउँपालिकाले आम नागरिकको जनभावना अनुसार योजना तथा परियोजना संचालन गरेको गांउपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो । गाउँपालिकाको कार्यपालिकामा अल्पमत भएपनि हालसम्म कुनै पनि विषयमा अवरोध सृजना हुने वातावरण नआएको अध्यक्ष तामाङको अनुभव छ । पालिकाले आम नागरिकको मागअनुसार योजनाबद्व तरिकाले बिकास निर्माणको काम गरेको अ...

भूसेवासम्बन्धी काममा स्थानीय तहको अनिच्छा

ब्रेकिङ न्युज १, समाचार
सरकारले जग्गा प्रशासन तथा भूसेवासम्बन्धी कार्य गर्न स्थानीय तहलाई अनुमति प्रदान गरे पनि स्थानीय तहले सेवा सञ्चालनमा अनिच्छा देखाएका छन् । सिन्धुपाल्चाकेकमा १२ स्थानिय तहमध्ये तिन स्थानिय तहले मात्रै भूसेवासम्बन्धी कार्य गर्न अनुमति लिएको जिल्ला मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत चण्डीप्रसाद कोईरालाले जानकारी दिनुभयो । कोईरालाका अनुसार भूसेवासम्बन्धी कार्य गर्न अनुमति लिने स्थानिय तहहरुमा पाँचपोखरी थाङपाल गाउँपालिका, ईन्द्रावती गाउँपालिका र जुगल गाउँपालिका रहेका छन् । अन्य स्थानिय तहले भने यसमा चासो देखाएका छैनन् । जिल्ला मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कोईरालाका अनुसार पालिकामै जग्गा प्रशासन र भूसेवा सञ्चालन गर्दा हालको भन्दा धेरै राजस्व सँकलन गर्न सक्ने व्यवस्था भएको भए सेवा सञ्चालनका लागि आकर्षित हुने थिए । स्थानीय तहमा जग्गा प्रशासन तथा भूसेवा सञ्चालन गर्न जनशक्ति अभाव छ । व...

मेलम्ची खानेपानिको उपत्यकामा पाँच सय ‘फायर हाइड्रेन्ट’

ब्रेकिङ न्युज २, समाचार
राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिसकेको छ । बाँकी क्षेत्रमा सो प्रविधि जडान गर्ने स्थानसमेत पहिचान भई काम अगाडि बढाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिन्छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले राजधानीमा पानी वितरण तयारीसँगै ‘फायर हाइड्रेन्ट’ जडानसमेत सुरु गरिएको जानकारी दिनुभयो । घना बस्ती र आवादीका कारण आगलागी जोखिम बढ्दै गएको राजधानीमा मेलम...

भोताङले चुम्यो पाँचपोखरी टि – २० क्रीकेटको उपाधी

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी टी–२० जिल्लास्तरीय प्रतियोगिताको उपाधी पाँचपोखरी भोताङ क्रीकेट क्लबले हात पारेको छ । शनिबार भएको फाइनलमा पाँचपोखरी क्रीकेट टोलिलाइ ६८ रनले पराजित गर्दै भोताङले उपाधी संगै नगद ७५ हजार सिल्ड मेडल प्राप्त गरेको छ । दोश्रो भएको पाँचपोखरी क्रीकेट क्लवले ४० हजार पाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरेको थियो । विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न उक्त गाउँपालिकाका आठवटै वडामा क्रिकेट खेलकुद सामग्री वितरण गरिएको थियो । प्रतियोगितालाई ...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन २०७४ मा बाह्रबिसे नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित बमबहादुर तामाङ नेकपा एमाले मा प्रवेश गर्नुभएकाे छ । एमाले विभाजनपछि समाजवादीमा गएका जनप्रतिनिधि बाहेक सिन्धुपाल्चोकमा निर्वाचित जनप्रतिनिधि नै अर्को पार्टी मा प्रवेश गरेको यो पहिलो घटना हो । एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल लगायत एमाले नेताहरुले वडा अध्यक्ष तामाङ सहित कांग्रेस कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएका थिए ।सत्तरी उपनामले समेत बाह्रबिसे क्षेत्रमा चर्चित काग्रेस स्थानीय नेता समेत रहेका वडा अध्यक्ष तामाङ २०४० सालदेखि काग्रेस मा कृयाशिल रहजुभएकाे थियाे । माओवादी द्वन्द्वकालमा कांग्रेस भएको कारण तामाङलाई माओवादी ले गोलि प्रहार समेत गरेर घाइते बनाएको थियो । पार्टी प्रवेश गर्दै वडा अध्यक्ष त...

दलित मुक्ति मोर्चाको मेलम्ची नगर भेला सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
नेपाल दलित मुक्ति मोर्चाको मेलम्ची नगरपालिका स्तरिय भेला सम्पन्न भएको छ । मेलम्ची बजारमा भएको भेलाले रमेश बि.कको अध्यक्षता मा ३५ सदस्यीय नगर समिति र १३ सदस्यीय नगर सल्लाहकार समिति पनि गठन गरेको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार समिति सदस्य तथा नेपाल दलित मुक्ति मोर्चा केन्द्र को सँघ सस्था बिभाग का प्रमुख बलराम बि.कको प्रमुख आतिथ्यमा र बागमती प्रदेश समिति सदस्य रोहिनी बि.क तथा पार्टी प्रदेश समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सचीव उद्घन आलेमगरको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । मोर्चाको मेलम्ची नगर भेला सँगै सात ओटा स्थानीय तहको भेला सम्पन्न भएको जानकारी दलित मुक्ति मोर्चाका जिल्ला सचिव रबिन्द्र खातीले दिनु भएको छ । पार्टीको नगर समिति अध्यक्ष गोपाल नेपाल , उपाध्यक्ष सुदर्शन सापकोटा लगायतका पार्टी नेताहरुको उपस्तिथि रहेको...

जेसिवी दुर्घटना हुँदा सहचालकको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँगाचोकगढी नगरपालिका १२ को खहरे केराबारी छापमा जेसिवी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जेसिवीको सहचालक महोत्तरी जिल्ला बर्दिबास न.पा. ६ बस्ने बर्ष १८ को रोहित आले मगरको मृत्यु भएको हो । निर्माणाधिन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा.२ क ६६१८ नं. को जेसीवी माटो भासिन गई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । जेसिवीका चालक बाँके राप्तीसोनारी गाउँपालिका ४ बस्ने बर्ष २२ को प्रकाश चौधरी भने सकुसल रहेको प्रहरीले जानकारी दिएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।...

मृगौला पिडित श्रेष्ठलाई आर्थिक सहयोग

ब्रेकिङ न्युज १, समाचार
दुवै मृगौला फेल भएको सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० को जल्केनी हर्रे निबासी सुनिता श्रेष्ठलाई आर्थिक सहयोग गरिएको छ । श्रेष्ठलाई निल बहादुर तामागं वाइवा (सुमन) ले रु.दश हजार पचास रुपैयाँ सहीत उँहाकै सक्रीयतामा सँकलित एक लाख आँठ हजार नौ सय साठी रुपैयाँ सहयोग उपलब्ध गराउनुभयो । देउराली कोलपाटा हर्रेका समाजसेवी सुमनको सक्रीयतामा उक्त रकम हस्तानन्तरण गरिएको हो । यसरी रकम हस्तानन्तरण गर्नेमा काभ्रे जिल्लाको सृजना तामाङले एक हजार , सिन्धुपाल्चोक हर्रेका विशाल तामाङले दुई हजार , भुवन तामाङले दुई हजार एक सय, राम बहादुर तामाङले एक हजार पाँच सय , विनोद तामाङले तिन हजार , फिलिप्स तामाङले दुई हजार, सिन्धुपाल्चोक इन्द्रावती गाएँपालिकाको रेन तामाङले एक हजार , सर्लाहीका राम लामाले दुई हजार , धादिङका गणेश मल्लले पाँच हजार पचास रुपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी बाग्लुङको का...