स्वतन्त्र उम्मेदबारको आर्कषण बढिरहेको बेला पुस्तकको रुपमा आयो ‘स्वतन्त्र नेतृत्ववाद’
काठमाडौं । लामो सययदेखि सामाजिक अभियानमा सक्रिय युवा एच.बि खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पूस्तक सार्वजनिक गरेका छन् । पछिल्लो संधिय संसद र प्रदेश सभा निर्बाचनको मिति घोषणा सँग स्वतन्त्र उम्मेदबार घोषणाको क्रम चलिरहेको बेला युवा लेखक खत्रिले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक सार्वजनिक गरेका हुन् ।
मङलबार राजधानीको मिनभवनस्थित थाहाँ लाइब्रेरीको हलमा कार्यक्रमकाबीच एचबी खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन प्राध्यापक डा.उत्तम खनाल प्रा.डा.गोपी लाल न्यौपाने, अभियान्ता बिनोद डाँगीले पुस्तकको बिमोचन गरेका हुन् ।
बिमोचन पछि बोल्दै प्रा.खनाले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकले इतिहासमा नयाँ वादको रुपमा आएकोले यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने बताए । प्रा. डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष भएको स्वतन्त्रताको पक्षमा लेखिएको र जुन असल नेताले एकपटक पढ्नैपर्ने बताए ।...
