सम्पर्क

समाचार

महिला प्रहरी कर्मचारी, प्रहरी कार्यालय सहयोगी तथा पूर्व प्रहरी कर्मचारीसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
६७ औँ प्रहरी दिवस २०७९ को अबसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले यस कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारी, प्रहरी कार्यालय सहयोगी तथा पूर्व प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको छ । बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले उक्त अन्तरक्रिया गर्नुभएको हो ।     बिहान ११बजेदेखी १२ बजेसम्म महिला प्रहरी कर्मचारीसँग, र१२ बजेदेखी दिउँसो १ बजेसम्म प्रहरी कार्यालय सहयोगीहरुसँग र दिउँसो ३ बजेदेखि ४ बजेसम्म पूर्व प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको प्रहरी बरिष्ठ उपरिक्षक तथा बागमती प्रदेस प्रहरी कार्यलयका प्रबक्ता एवम सुचना अधिकारी दिनेस रेग्मीले जानकारी दिनु भएको छ । उँहाका अनुसार महिला प्रहरी कर्मचारी र प्रहरी कार्यालय सहयोगी सँगको अन्तरक्रिया कार्...

स्थानीय तहका पदाधिकारीले आफ्नोतहमा निर्वाचन प्रचार गर्न नपाउँने

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका उपसचिब तथा साहयक प्रबक्ता सुर्य प्रसाद अर्यालद्धारा जारी बिज्ञेप्तीमा यस्तो जनाइएको छ । बिज्ञेप्तीमा संवत् २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारीमा आएकोप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै ...

निर्वाचन आयोगद्धारा शिक्षक तथा कर्मचारीलाइ कडाइ

ब्रेकिङ न्युज १, समाचार
आगामी मंसरि ४ गतेहुने प्रतिनिधी सभा तथा प्रदेस सभाको निर्वाचनलाइ ध्यानमा राखेर कर्मचारी तथा शिक्षकहरुलाइ राजनिती गतीबिधीमा नलाग्न अनुरोध गर्दै लागेकालाइ पनी कार्बहीको प्रकृया अगाडी बढाउको जनाएको छ । निर्वाचनआयोगद्धारा मंगल बार बिज्ञेप्ती निकालेर यस्तो जनाएको हो । आयोगका सह सचिब तथा आयोगका प्रबक्ता सालिकग्राम शर्मा पौडेल द्धारा जारी बिज्ञेप्तीमा संवत् २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को अनुगमन गर्दा आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न भएको पाइएको छ । त्यसरी प्रचारप्रसारमा सम्लग्न कर्मचारी त...

डेंगुको जोखिम कायमै असोजममा मात्रै २० हजारमा डेंगु पुष्टि, ३१ जनाको मृत्यु

समाचार, स्वास्थ्य
डेंगुको जोखिम अझै पनि कायमै रहेको छ । असोज १ देखि २३ गतेसम्म २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको छ भने ३१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)को तथ्याङ्कमा असोज महिनामा मात्रै २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको र ३१ जनाको मृत्यु भएको उल्लेख छ । गत भदौ ३१ गतेसम्म १३ हजार सात जनामा डेंगु पुष्टि हुनुका साथै १३ जनाको मृत्यु भएको थियो । इडिसिडिका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार भदौ र असोज दुई महिनाको अवधिमा ४४ जना डेंगु सङ्क्रमित मृत्यु हुनुका साथै ३३ हजार ९७५ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ । चिकित्सकहरुका अनुसार डेंगी ’एडीस ए...

हराएको वुद्धा महिलाको लास फेला

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा न. ८ कागुठे स्थित ठाडो खोलाको खोल्सामा सोमबार हराएको वुद्धा महिला मृत अवस्थामा भेटिएका छ । सोहि गाँउपालिका वडा न. ८ लाम्पाटा बस्ने ७२ वर्षको पदम कुमारी कार्कीको लास सडि गली सकेको अबस्थामा भेटिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज १३ गते वृद्ध भत्ता बुझ्न गएको कार्कि सोहि दिनदेखी घर फर्कि नआएको हँुदा खोजतलासको क्रममा घर देखि अं. ५÷६ सय मिटर पश्चिम कागुठे स्थित ठाडो खोलाको खोल्सामा सोमबार ५ बजेको समयमा लास फेला परेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

सिन्धुपाल्चोकमा शान्तिपुर्ण मनोनयन दर्ता सम्पन्न

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनकरूपमा सम्पन्न भएको छ ।          सत्ता गठबन्धनको भागबण्डाअनुसार प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक क्षेत्र नं. १ नेकपा (माओवादी केन्द्र) लाई र क्षेत्र नं. २ कांग्रेसलाई परेको छ । माओवादीले क्षेत्र नं. १ मा माधव सापकोटाले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस क्षेत्रको प्रदेश ‘क’ कांग्रेसलाई परेको छ भने ‘ख’ माओवादीलाई । नेपाली कांग्रेसले प्रदेश ‘क’ मा मनकुमारी खड्काले उम्मेदवारी दिनुभएको छ भने भने माओवादीबाट प्रदेश ‘ख’ मा सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ ।क्षेत्र नं. २ कांग्रेसलाई परेपछि मोहनबहादुर बस्नेतले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस क्षेत्रको प्रदेश ‘क’ माओवादीलाई परेको छ । माओवादीबाट युवराज दुलालले दोहोर्याउने हुनुभएक...

आज देशै भरी उम्मेदवारी दर्ता,आयोगमा जुलुस लान नपाइने

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते हुने प्रत्यक्ष निर्वाचनका लागी प्रतिनिधीसभा र प्रदेस सभाको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने दिन आज देसको ७७वटै जिल्लाका निर्वाचन कार्यलयहरुले उम्मेद्वारी दर्ता गर्ने समय १० बजे देखी ५ बजे सम्म तोकेको छ । सिन्धुपाल्चोकमा पनी १०बजे देखी ५ बजे सम्मको समय तोकीएको छ । जिल्ला निर्वाचन सुरक्षा समितीले उम्मेद्वारी दर्ता गर्न जाँदा राजनिती दल,स्वतन्त्र जुन भए पनी २५जना भन्दा बढी ब्यक्ती लिएर निर्वाचन कार्यलय जान पाइने छैन भने निर्वाचन कार्यलय भित्र उम्मेद्वार,समर्थक,र प्रस्तावक गरी जम्मा तिन जना मात्र लान पाइने ब्यवस्था भएको छ । सिन्धुपाल्चोकमा आगामी मंसीर ४ गते हुने निर्वाचनका लागी ५ दलिय गठबन्धनको तर्फ बाटसंघीय निर्वाचन क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्यका लागी नेकपा माओबादी केन्द्रका तर्फबाट माधव सापकोटा (सुबोध) निर्वाचन क्षेत्र नं. १ को बागमती प्रदेशमा ‘क’ मा नेपाली काङ्ग्...

बहुमुल्य जडिबुटी खेर जादै

ब्रेकिङ न्युज २, समाचार
प्राकृतिक जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमुल्य जडिबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्सेनि खेर गईरहेको छ । जैविक विविधताले भरीपूर्ण क्षेत्रमा पाईने दुर्लभ जडीबुटीहरुको वैज्ञानिक खोज, अनुसन्धान तथा उपयोग नहूँदा करोडौंको सम्पत्ति छाडा चौपायाको चरन बनेको हो । ‘यस क्षेत्रका बासिन्दा बहुमूल्य जडीबुटीको बारेमा अनभिज्ञ छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चिराईतो , कुड्की, नागबेली, पाउडर झ्याउ, ठुलो ओखतो, लोठसल्ला, धुपी, सुनपाती, जटामसी लगायत जडिबुटी पाईन्छ । निकुञ्ज क्षेत्रको स्याउले, सेलाङ, गुम्बा , गोल्चे, गुन्सा, थाङपालकोट, भोताङ लगायतका जँगलहरूमा यस्ता जडिबुटी प्रशस्त मात्रामा पाईने गरेको पाँचपोखरी थाङपाल गाउपालिका वडा नम्बर – ५ गुन्साका वडाअध्यक्ष काले गोलेले बताउनुभयो । अन्य जडिबुटी सँकलन नभए पनि आँशिक रूपमा यार्सागुम्बा सँकलन गर्न सुरू भए...

एक सातापछि मनसुन बाहिरिने

ब्रेकिङ न्युज २, समाचार
रासस नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो । “मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो ।” अहिले राजधानी काठमाडौँ, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा...

मनेनयन पत्र दर्ता गर्न जाँदा भिडभाड नगर्न जिप्रका सिन्धुको अनुरोध कुन दलले कतीबजे दर्ता गर्ने समय तोकीयो

#, ब्रेकिङ न्युज २, समाचार
  आइतबार हुने मनेनयन पत्र दर्ताका लागी सिन्धुपाल्चोक जिल्लामा आचार संहीता निर्माण गरि लागुगरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। जिल्ला निर्वाचन सुरक्षा समिति, सिन्धुपाल्चोक का अनुसार आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मिति २०७९ असोज २३ गते आइतबार उमेद्वारहरुले मनोनयन पत्र पेश गर्न जाँदा देहाय अनुसार गर्ने गरी सर्वदलीय सहमति भएकाले सबैको जानकारी तथा सहयोगका लागि अनुरोध गरिएको छः १, निर्वाचन आचारसंहिता २०७९ लाई पूर्णरुपले पालना गर्ने गराउनेस जस अनुसार उमेद्वारहरुसँग २५ जना भन्दा बढी नजाने, बाजा गाजा तथा झाँकी सहित जान नहुने, जुलुसमा तोकिएका साइजका झण्डाहरु तथा चुनाव चिन्हहरु १० भन्दा बढी नबोक्ने । २, क्षेत्र नं १ का लागि जिल्ला समन्वय समितिको भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय रहेकाले पीपलवोटबाट टुडिखेल हुँदै जाने रुट मिलाइएको, क्षेत्र नं २ का लागि...