सम्पर्क

समाचार

सिप सिकेर आत्मनिर्भर बन्दै

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरका स्थानीय सिप सिकेर आत्मनिर्भरताको बाटो लागेका छन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकासको लागि २ महिने तालीम लिए संगै स्थानीयले जिविकोपार्जनमा सहजता हुने बिश्वास लिएका छन् । तालिमको आज समापन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्थानीय सरकारले गरेको लगानी दुरुपयोग नगर्न आग्रह गर्नुभयो । उहाँले सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि यो तालिम प्रदान गरिएको उल्लेख गर्दै तालीम तालिममै मात्र सिमित नगर्न आग्रह गर्नुभयो । उहाँले हाम्रै गाउँठाउँमा भएको स्रोत र साधनको उपयोग गरेर मनग्य आम्दानी गर्न सकिने बताउदै यस्को भरपुर उपयोग गर्न समेत सुझाव दिनुभयो । उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकालाइ छिट्टै प्लास्टिक मुक्त बनाउने योजना रहेको जानकारि गराउदै यसको सुरुवात वडा नम्बर २ बाट गर्नुपर्नेमा जोड दिनुभ...

बाँदर आतंक बढेपछि रुख काट्ने तयारी

ब्रेकिङ न्युज १, समाचार
बाँदर आतंक बढेको भन्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ मा रुख काट्न सरकारले उर्दी जारी गरिएको छ । वडा नम्बर ११ ले सार्वजनिक सूचना जारी गरी खेतीपाती वरपरका अनावश्यक रुख कटानी गर्न आग्रह गरेको हो । ’बाँदरको आतंकले कृषकले उत्पादन गरेका बालीनालीमा पुगेको छ,’ वडाअध्यक्ष रोशनराज गिरीद्धारा जारी सूचनामा भनिएको छ, ’यसको न्यूनीकरणको लागि आफ्नो खेतबारीमा रहेका अनावश्यक रुख बिरुवा नियमानुसार कटानी गर्नु हुन सबैमा जानकारी गराइन्छ ।’ वडाध्यक्ष गिरीले आ–आफ्ना खेतबारीका अनावश्यक रुख आजका मितिले सात दिन भित्र हटाउने कार्य गर्न अनुरोध गर्दै अन्यथा हुने हो भने आ– आफ्नो गाउँ टोलको भेला बैठक बसि समस्या नभएको भनी सामूहिक निर्णय गरि वडा कार्यालयमा जानकारी गराउन आग्रह समेत गर्नुभएको छ । बाँदरको आतंक अत्यधिक हुन थालेपछि नियन्त्रणका लागि रुख काट्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । ’पहिले जनसंख्या धे...

टपरी गाँस्ने प्रतियोगिता

ब्रेकिङ न्युज १, समाचार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग कायम गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको औँद्योगिक, कृषि तथा पर्यटन मेलामा प्रतियोगिता आयोजना गरिएको हो । विभिन्न समूह तथा सङ्घ संस्थाले टपरीको विकल्पमा प्लास्टिकका थाललगायतका सामग्री प्रयोग बढाएसँगै टपरीको प्रयोग हराउन थालेको छ । तर अहिले पनि पूजापाठ जस्ता कार्यमा भने टपरीको प्रयोग भइरहेको छ । टपरी बुन्ने सीप जोगाउने उद्देश्यले प्रतियोगिता नै गर्नुपरेको आयोजकको भनाइ छ । मेल...

सबारी चालकहरूको स्वास्थ परीक्षण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
कुमार बस्नेत (अधिराज) बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सिन्धुपाल्चोकका सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेँरीको आयोजनामा शिविर आयोजना गरी आँखा तथा स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्रफिक प्रमुख उत्तम आचार्यले बताउनु भयो । बुधबार अधेरीमा शिविरको आयोजना गरी निजी तथा सार्वजानिक सवारी साधनका चालकको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो । कार्यक्रममा बलेफी गाउँपालिकाको अध्यक्ष गंगा बहादुर तामाङले प्रहरीले गरेको काममको प्रशंसा गर्दै आगामी दिनमा यस्तै अनुकरणीय कामका लागि गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताउनुभयो । जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि यहाँका विभिन्न सवारी चालक र सहचालकहरुसँगै सम्बन्धित निकाय जागरुक बन्नुपर्नेमा स्थानीयले जोड दिइरहेका छन् । शिविरसँगै प्रहरीले गाडिको टायरमा हावा भए नभएको, नटबोल्टहरु राम्रोसँग कस्सिए नकस्...

ट्राफिक प्रहरी द्धारा सबारी चालकहरूको स्वास्थ परीक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला ट्राफिक कार्यालय अधेँरीले बुधबार २ सय भन्दा बढी सबारीका चालकहरुको स्वास्थ परीक्षण गरेको छ। जिल्ला ट्राफिक कार्यालय अधेँरीले सवारी सञ्चालन गरिरहेका सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको जिल्ला ट्रफिक प्रहरी प्रमुख उत्तम आचार्यले बताउनु भयो।स्वास्थ्य परीक्षणमा वल्र्ड प्रेसर,आँखा जाँच गरिएको थियो । स्वास्थय परिक्षण कार्यक्रममा बलेफि गाँउपालिकाका अध्यक्ष गंगा बहदुर तामाङ स्थानिय र प्रहरीको उपस्थिति रहेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले सवारी दुर्घटना न्युन होइन शुन्यमा ल्याउँन पर्छ भन्दै आचार्यको नेतृत्वमा सडकको दाँया बाँया मा रहेका फोहोर समेतलाइ सफा गरी सडक सफा गर्ने, सवारी साधनहरुको निरिक्षण गर्ने , यात्रीलाइ भाडा बढी लिएको छ की छैन भनेर छड्के जाँच गर्ने लगाएतका जनसरोकारका पक्षमा काम गरिरहेको छ । खास गरी सवारी सञ्चालनमा कसरी व्यबस्थीत गर...

मान्द्रा बुनेरै जीविकोपार्जन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा । उमेरले ७० टेक्नुभएका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आउनुभएको छ । जब गाउँमा कसैकोे बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उहाँलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आउनुभएको छ । “डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु”, उहाँले भन्नुभयो । शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ । माग नहुँदा बिक्री गर्न समस्या भएको उहाँको भनाइ छ । शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थाल्न...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

ब्रेकिङ न्युज १, समाचार
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको जनाएको छ । निगमले सोमबार विज्ञप्ती जारी गरी मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको जनाएको हो । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै सोमबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । “निगमले सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिव रु १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवम् सरल ढङ्गबाट पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ”, विज्ञप्तीमा भनिएको ...

प्यारालाईसिस पिडित गिरीलाई सहयोग

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका–९ जितपुर निवासी प्यारालाईसिस पिडित ४६ बर्षिय जित बहादुर गिरीलाई आर्थिक सहयोग गरिएको छ । सोमबार हातेमालो मानव सेवा समुह काठमाडांै नेपालद्वारा ७५ हजार ५ सय ५५ रुपयाँ नगद सहयोग गरिएको हो । आर्थिक अबस्था कमजोर भएकोले उपचाचारका लागि जित बहादुर बचाउ अभियानका अभियान्ता ईर्खु टिपटप होटलका संचालक तथा समाजसेवी समीर तामाङको सक्रियतामा वडा अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यथामा उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । समाजसेवी तामाङको पहलमा हातेमालो मानव सेवा समुहले पिडित गिरिको घरमा नै गई ७५ हजार ५ सय ५५ रुपयाँ नगद र श्री गोल्मा देवी माध्यमिक विद्यालय प्रधानाध्यापक ज्ञान बहादुर तामाङले रु. ५०० सहयोग गरी रु. ७६ हजार ५५ रुपयाँ सहयोग गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक ज्ञान बहादुर तामाङले हातेमालो संस्थामा विद्यालय पनि जोडिएर काम गर्ने पनि बताउनु भय...

एमालेको परिवर्तनका धरोहरहरुलाई सम्मान

राजनिती, समाचार
नेकपा एमाले चौतारा सॉगाचोकगढी वडा नं ५ को वडा कमिटीले चौताराका परिवर्तनका धरोहरहरुलाई सम्मान गरेको छ । नेकपा एमालेको मिसन ग्रासरूट अन्तर्गत वडा नं ५ वडा कमिटीद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेका चार जनालाई सम्मान गरेको हो । सम्मान कार्यकममा राजनीति, सामाजिक र शैक्षिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको धरहरका रुपमा परिचित व्यक्तित्वहरू कृष्णराज श्रेष्ठ, माधव लाल कर्मचार्य , नरबहादुर मास्के र रामबहादुर कार्की सम्मानित हुनुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष कमल नेपाल, एमाले नेता अमानसिं तामाङ नगर कमिटी अध्यक्ष खिल वहादुर श्रेष्ठ, चौतारा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेकपा एमाले चौतारा नगरपालिका ५ नं वडा कमिटी अध्यक्ष भक्तलाल श्रेष्ठ सहितले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।...

फरार अपराधी पक्राउ

समाचार
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले फरार रहेका दुई जना अपराधिलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतका गत २०७८ असोज १३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा कैद ३ वर्ष ६ महिना सजाँय भई फरार रहेका सिन्धुपाल्चोक चौतारा साँगाचोगढी नगरपालिका –१३ बस्ने वर्ष २३ का विशाल के.सी.र तनहुँ जिल्ला अदालतको २०७० फागुन २० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद र रु.२,००० जरिवाना सजाँय भई फरार रहेका जिल्ला दोलखा शैलुङ गा.पा.वडा नं.८ बस्ने वर्ष ३३ को नर बहादुर बस्नेतलाई पक्राउ गरी जेल चलान गरेको छ । शनिबार बस्नेतलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले १८ गते जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोगढी न.पा.५ स्थितबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरिएकोमा कैद÷जरिवाना असुलका लागि आईतबार चौतारा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।...