सम्पर्क

फरार अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले फरार रहेका दुई जना अपराधिलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतका गत २०७८ असोज १३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा कैद ३ वर्ष ६ महिना सजाँय भई फरार रहेका सिन्धुपाल्चोक चौतारा साँगाचोगढी नगरपालिका –१३ बस्ने वर्ष २३ का विशाल के.सी.र तनहुँ जिल्ला अदालतको २०७० फागुन २० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद र रु.२,००० जरिवाना सजाँय भई फरार रहेका जिल्ला दोलखा शैलुङ गा.पा.वडा नं.८ बस्ने वर्ष ३३ को नर बहादुर बस्नेतलाई पक्राउ गरी जेल चलान गरेको छ ।
शनिबार बस्नेतलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले १८ गते जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोगढी न.पा.५ स्थितबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरिएकोमा कैद÷जरिवाना असुलका लागि आईतबार चौतारा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।