सम्पर्क

समाचार

आर्सेन टम्स्कीको पुस्तक “इन ड्राइभर: साइबेरियादेखि सिलिकन भ्यालीसम्म” नेपालमा

समाचार
ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक ’फाउण्डर’ तथा सीईओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक ’ इनड्राइभरस् फ्रम साइबेरिया टु सिलिकन भ्याली’ को अनुवादित संस्करण जारी गरेका छन् । मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलनमा पुस्तकको लोकार्पण गरिएको हो । विमोचन कार्यक्रममा बोल्दै इन्ड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीले सो पुस्तक अंग्रेजी, स्पेनिश, पोर्चुगिज भाषापछि नेपालीमा उपलब्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो पाठकहरूसँग मेरो यात्रा अनुभव साझा गर्न पाउँदा म धेरै नै खुसी छु । इनड्राइभको जग र विकास मेरो लागि व्यावसायिक प्रयास मात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो जसले मेरो जीवनलाई आकार दिएको छ, र यसको विकासको बारेमा लेख्नु परिवर्तनकारी भएको छ ।’ पुस्तकले आर्सेनको जिवन कथालाई अनावरण गरेको छ । साइबेरियामा जीवनको कठोर वास्तविकताहरू...

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार सिन्धुपाल्चोककका कमला पाख्रीनलाई

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको सक्रिय पत्रकार कान्तिपुर टिभीमा कार्यरत कमला पाख्रीनलाई नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरिएको छ । नेपाल अमेरिका पत्रकार संघले प्रदान गर्ने नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि छनोट हुनुभएको हो । २२७ जना मध्येबाट सञ्चारकर्मी पाख्रिन र जुम्लाकी सञ्चारकर्मी दिलमाया शाही पुरस्कारका लागि छनौटमा परेका छन् । सो पुरस्कारको राशी २ लाख २२ हजार दुई सय बाइस रुपैयाँ रहेको छ ।...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पेट्रोलमा रु नौ तथा डिजेल र मट्टितेलमा रु सात बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०, दोस्रोमा रु १५२ र तेस्रो वर्गमा रु १५३ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर रु एक हजार छ सय ६० मा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर रु १३० घटाएको छ ।...

बिरामीको विवरण सार्वजनिक देखिने गरी टाँस्न मन्त्रालयको निर्देशन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्यायले आज सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै कूल शय्याको १० प्रतिशत निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने गरी जानकारी दिन, टाँस्न तथा विद्युतीय बोर्डमा डिस्प्ले गर्न निर्देशन दिनुभएको हो । मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ र स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० ९घ० बमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्ट्याई निःशुल्क उपचार अनिवार्य गराउन पटकपटक परिपत्र दिइसकेको जनाएको छ । यस्तै मन्त्रालयले निजी तथा सामुदायिक र निजी मेडिकल कलेजलाई आफ्नो ...

भदौ २२ र २३ गते नुवाकोट मिडिया सम्मेलन हुने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्नेगरी मिति २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ ।नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको महासंघको कार्यालयमा अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका महा सचिब कृष्ण सारु मगरले जानकारी दिनु भउको छ । बैठकले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्नेगरी मिति २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्ण...

सुनकोसीमा लम्कि रोगबाट ६०० संक्रमित ११ को मृत्यु निको हुनेको संख्या पनि बढ्दै

समाचार, स्वास्थ्य
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक जिल्लाको सुनकोसीमा हाल घरपालुवा पशुबस्तुहरुमा लाग्ने लम्कि स्किन (किम)रोग संक्रमण महामारीको रूपमा सबै ७ वटै वडामा एकै साथ फैलिरहेको छ । पालिका भित्रका ७ वटै वडामा गाई, भैसिगरि करिव ६०० भन्दा माथिलाई सक्रमण भईसकेको पशु शाखा प्रमुख फिल्ड प्राबिधिक रामचन्द्र जिसिले बताउनु भयो । उहाँका अनुसार हालसम्म साना बाछ्छाबाछ्छी ६ वटा र ठुला गोरु र गाई गरि ५ वटा जम्मा ११ वटा पशुहरुको मृत्यु भईसकेको बताउनुभयो । केही संख्यामा सक्रमित पशुहरुको अबस्था जटिल रहेको र ९०% पशु हरू उपचार पश्चात् निको हुने क्रममा पनि रहेको फिल्ड प्राबिधिक जि.सिले बताउनुभयो । सुनकोशीको वडा नं. ५ र ६ मा भोलेन्टियर प्राबिधिक खटाईएको र अन्य वडाहरूमा गाउपालिका प्राबिधिकहरू राम चन्द्र जिसि र सिताराम खरेल मार्फत घर गोठमा गई उपचार भई रहेको छ । गाउपालिकाबाट पर्याप्त मात्रमा सुई तथा ईन्जेक्ट टेवल औषधि ...

सुशासन कायम गराएकै कारण दोस्रो पटक निर्वाचित गराए ः चिरीबाबु महर्जन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताउँनु भएको हो । कार्यक्रममा महर्जनले ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराएका कारण मैले पाएको मत भनेको मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’ आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह न...

फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
नावालिकालाई जबरजस्ती करणी पश्चात कर्तव्य गरी मारेको अभियोगमा अदालतले जेल सजाय तोकी फरार रहेका प्रतिवादीलाई प्रहरीले २० वर्ष पछी पक्राउ गरेको छ । साविक मकवानपुर जिल्ला हाल हेटौंडा –११ सिमलटार बस्ने चन्द्र बहादुर राईको छोरा तत्कालिन वर्ष ४५ को सोम बहादुर राईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरसंगको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ललितपुर जिल्ला गोदावरी नगरपालिका –१४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रतिवादी राईले २०६० साल असोज १८ गते हेटौंडा– ११ सिमलटार बस्ने प्रेम बहादुर थापा क्षेत्रीको वर्ष ५ कि नाबालिका छोरीलाई जबरजस्ती करणी पश्चात कर्तव्य गरी मारी साविक हेटौंडा १० राप्ती खोलाको पानीमा ढुंगाले च्यापिएको अवस्थामा लास फेला परेको थियो । निज प्रतिबादीलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भ...

खीरको स्वाद हराउँदै

ब्रेकिङ न्युज २, समाचार
आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ । गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खीरको मौलिक स्वाद पनि हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खीर बनाएर  खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको गुनासो छ । हिजोआज गाउँघरमा पनि रड, बालुवा, सिमेन्ट र इँटाका पक्की निर्माणको क्रम बढ्नाका साथै गाईभैँसी पाल्न बनाइने गोठ पनि हराउँदै गएको छ । भएका गोठमा पनि गाईभैँसी होइन मोटर, मोटरसाइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेको छ ।  भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको...

उपभोक्ता संरक्षण महासंघको साघारण सभा साउन २६ गते हुने

समाचार
उपभोक्ता संरक्षण महासंघको साघारण सभा साउन २६ गते हुने भएको छ । आम उपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन, अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गदै आएको नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभा यहि साउन २६ गते काठमाडौमा गर्ने महासंघका केन्द्रीय सदस्य बिष्णु गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार साधारण सभा सफल बनाउन बिभिन्न समितिहरु पनि गठन गरिएको छ । सुचना तथा सन्चार समिति– संयोजक लुमडी ब कार्कि, अर्थ ब्यबस्थापन समिति– संयोजक दुर्गा थापा, मञ्च ब्यबस्थापन समिति– संयोजक अर्जुन कुमार श्रेष्ठ, संयमसेवक समिती संयोजक सोभितमान गिरी,अतिथी सत्कार समिति– शुष्मा रावल संयोजकमा समिति गठन गरेको छ । समितिका बैठक पछि बोल्दै अध्यक्ष चन्द्र साउदले सबैखाले भष्ट र कालो बजारीयाहरुलाई कारबाही गनुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकार सम्बन्...