सम्पर्क

आर्सेन टम्स्कीको पुस्तक “इन ड्राइभर: साइबेरियादेखि सिलिकन भ्यालीसम्म” नेपालमा

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक ’फाउण्डर’ तथा सीईओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक ’ इनड्राइभरस् फ्रम साइबेरिया टु सिलिकन भ्याली’ को अनुवादित संस्करण जारी गरेका छन् । मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलनमा पुस्तकको लोकार्पण गरिएको हो ।
विमोचन कार्यक्रममा बोल्दै इन्ड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीले सो पुस्तक अंग्रेजी, स्पेनिश, पोर्चुगिज भाषापछि नेपालीमा उपलब्ध भएको बताउनुभयो ।

उहाँले भन्नुभयो पाठकहरूसँग मेरो यात्रा अनुभव साझा गर्न पाउँदा म धेरै नै खुसी छु । इनड्राइभको जग र विकास मेरो लागि व्यावसायिक प्रयास मात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो जसले मेरो जीवनलाई आकार दिएको छ, र यसको विकासको बारेमा लेख्नु परिवर्तनकारी भएको छ ।’
पुस्तकले आर्सेनको जिवन कथालाई अनावरण गरेको छ । साइबेरियामा जीवनको कठोर वास्तविकताहरू नेभिगेट गर्नेदेखि लिएर दृढ आत्मविश्वासका साथ प्राविधिक उद्यमशीलताको क्षेत्रहरूमा प्रवेश गर्ने विषयहरू समावेश छन् ।
कथाले उतार चढाव, जोखिम र पुरस्कारका साथै आर्सेनको यात्रालाई आकार दिने निर्णायक क्षणहरूलाई कैद गरेको छ । प्रविधि आविष्कारको केन्द्रविन्दु, अवसर दुर्लभ देखिने याकुतियामा भएको विनम्र सुरुवातदेखि सिलिकन भ्यालीसम्म आर्सेनको जीवन कथा एउटा लगनशीलता, सामूहिक भावनायुक्त कार्य र नवप्रवर्तनका शक्तिको लागि प्रेरणादायी प्रमाण हो ।
’इनड्राइभरस् साइबेरियाबाट सिलिकन भ्यालीसम्म’ एक आकर्षक कथा हो जसले अटल मानव भावना, सपनाहरूको खोजी र नवीनताको शक्तिलाई सहजरुपमा भन्दछ ।
यस प्रेरणादायक पुस्तकले पाठकहरूलाई उनीहरूको पृष्ठभूमि वा परिस्थितिको फरकपनाले कुनै असर नपारिकननै उनीहरूको भाग्यको जिम्मा लिन उत्प्रेरित र मोहित गर्नेछ ।

लेखकको बारेमा
आर्सेन टम्स्की याकुटियाका एक टेक उद्यमी हुन जसले इनड्राइभको स्थापना गरे, जुन अग्रणी विश्वव्यापी राइड–हेलिङ र गतिशीलता प्लेटफर्महरू मध्ये एक भएको छ । आर्सेनको यात्रा एक सफ्टवेयर इन्जिनियरको रूपमा सुरु भयो र बिस्तारै उद्यमशीलतामा सरेका थिए । पूर्वी साइबेरियाको दुर्गम शहरको कठिन परिस्थितिमा काम गर्दै, उनले आफ्नै व्यवसाय विकास विधि र विचारधाराको विकास गरे।
इनड्राइभको बारेमा
इनड्राइभ माउन्टेन भ्यू, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका मा मुख्यालय रहेको एक वैश्विक गतिशीलता र शहरी सेवा प्लेटफर्म हो। इनड्राइभ एप १७५ मिलियन भन्दा बढी पटक डाउनलोड गरिएको छ, र सन् २०२२ मा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप थियो । राइड–हेलिङको अतिरिक्त, इनड्राइभले शहरी सेवाहरूको विस्तारित सूची प्रदान गर्दछ, जसमा इन्टरसिटी यातायात, माल ढुवानी, कार्य सहायता, कुरियर डेलिभरी र रोजगार खोजी रहेको छ ।
इनड्राइभले ४० भन्दा बढी देशहरूमा सेवा सञ्चालन गर्दछ । यसले स्थानीय समुदायहरूलाई आफ्नो सहकर्मी भुक्तानी मोडेल र सामुदायिक सशक्तिकरण कार्यक्रमहरू मार्फत समर्थन गर्दछ, जसले शिक्षा, खेलकुद, कला र विज्ञान, लैङ्गिक समानता र अन्य महत्त्वपूर्ण पहलहरूलाई अगाडि बढाउन मद्दत गर्दछ ।