सम्पर्क

समाचार

निःशुल्क कोचिङ कक्षा

समाचार
भोटेकोशी गाउँपालिकाले शैक्षिक गुणस्तरका लागि विभिन्न योजना अघि सारेर काम गरेको छ । गाउँपालिकाले विद्यालय तथा विद्यार्थीको शैक्षिकस्तर वृद्धि गरी नजिता सुधारका लागि एस.ई.ई. परिक्षार्थीहरुलाई निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने भएको छ । भोटेकोशी गाउँपालिका गाउँकार्यपालिकाको शुक्रबार बसेको बैठकबाट विद्यार्थीहरुले एस ई .ई परिक्षामा राम्रो नतिजा ल्याउन सकोस भन्ने उद्देश्यले पाँच महिनासम्म अङ्ग्रेजी, गणित र विज्ञान विषयको कोचिङ कक्षा संचालन गर्न बजेट निकासा गरिदिने भएको छ । विद्यालयमा अध्ययन गरेका कुरालाई पुनः ताजगी गराई उत्कृष्ट नतिजा ल्याउन कोचिङ कक्षाले निश्चितरूपमा सघाउ पुर्याउने गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताउनुभयो ।...

अनलाइन दर्ता क्रम व्यापक, गुणात्मक पक्ष फितलो बन्दैैः अध्यक्ष बस्नेत

ब्रेकिङ न्युज २, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त स्रोत, साधन र जनशक्ति बिना अनलाइन सञ्चार माध्यम दर्ता हुने विद्यमान कानुनी व्यवस्था पुनरावलोकन हुनुपर्ने बताउनुभएको छ । उहाँले अनलाइन दर्ता क्रम व्यापक बढेको, गुणात्मक पक्ष भने फितलो रहेको भन्दै यसले पेसागत चुनौती थपेको समेत औँल्याउनुभयो । नयाँ अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकहरूका लागि बिहिबार काउन्सिलमा भएको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘सुरु भएको एक महिनामै अनलाइन बन्द गर्नुपर्ने, पत्रकारहरू तलब नपाउने र सञ्चालक भाग्नुपर्ने अवस्था पनि छ । त्यसो हो भने किन हतारिएर दर्ता गर्नुप¥यो ? सजिलै दर्ता गर्न सक्ने विद्यमान कानुनी व्यवस्थाका कारण यो अवस्था आएको हो कि ? अब त्यसको पनि पुनरावलोकन हुनुपर्छ’ । अभिमुखीकरण कार्यक्रममा विषयगत विज्ञका रूपमा गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टर...

प्रहरीद्धारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रहरी कार्यालय चौताराको आयोजनामा सदरमुकाम चौतारामा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार जिल्ला प्रहरी निरीक्षक हरिबोल केशीको अध्यक्षतामा सम्पन्न नागरिक सुनुवाई कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडाध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो । गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालयले गरेका गतिबिधि र प्रहरीसंग आएका उजुरीका बिषयमा कार्यक्रममा जानकारी दिइएको छ । जिल्ला प्रहरी कार्यालयले बालबालिकालाई कुलतमा लाग्न निरुत्साहित गर्ने उदेश्यले जिल्लाका बिभिन्न बिद्यालयमा सचेतनामूलक कक्षाहरु संचालन गरेको जिल्ला प्रहरी निरीक्षक हरिबोल केशीले जानकारी दिनुभयो । यस्तै आत्महत्याको अवस्था सिन्धुपाल्चोकमा डरलाग्दो रहेकाले यसको निराकरणका लागी सबै सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा प्रहरीको जोड छ । कार्यक्रमलाई सम...

पहिरोले अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक जिल्लाकोे बाह्रबिसे नगरपालिका – ५ सिरिसेमा बुधबार सुख्खा पहिरो खस्दा पुर्णरुपमा अबरुद्ध भएको अरनिको राजमार्ग खण्ड १६ घण्टापछि सञ्चालनमा आएको छ । बिहिबार बाह्रबिसे नगरको पहलमा पहिरो पन्छाउन सडक बिभागको एक्स्काभेटर, लोडर प्रयोग गरिएको थियो । काठमाडौं जोड्ने मुख्य राजमार्ग यातायात ठप्प भएपछि स्थानीय र यात्रु सास्ती व्यहोर्न बाध्य बनेका थिए । बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले झन्डै पाँच सय मिटर माथिबाट डरलाग्दो गरी आएको पहिरोले सडक ठप्प भएलगत्तै खोल्न आफूसहित सम्पूर्ण जनप्रतिनिधि खटिएको बताउनु भएको छ । बिहीबार मध्याह्न १२ बजेपछि राजमार्ग सञ्चालनमा आएको हो । पहिरोदेखि झन्डै ५० मिटर उत्तरतर्फ रहेको गाँउका ४ वटा घर पहिरोको जोखिम देखिएपछि ती स्थानीयलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिएको मेयर बस्नेतले जानकारी दिनुभयो ।  ...

आइ फ्लु नियन्त्रणका लागि चस्मा र आइ ड्रप सहयोग

ब्रेकिङ न्युज २, समाचार
अहिले देशभर आम समस्या बनेको छ (आई फ्लु) आँखाको संक्रमण । साना साना विधार्थीहरुमा आँखाको संक्रमण बढेका कारण कतिपय विद्यालयहरु समेत बन्द भएका छन् । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ८ केउरिनीको श्री जलवाई देवि माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि आइ फ्लु अर्थात आखाँ पाक्ने रोग रोकथाम तथा नियन्त्रणका लागि चस्मा तथा आइ ड्रप सहयोग गरिएको समाजसेवि अरुण लामाले जानकारी दिनुभयो । नेपाली काँग्रेस बागमती प्रदेश प्रतिनिधि समाजसेवी युवा नेता प्रकाश सापकोटा, अस्री अटो माबाइल्स प्रालि का सञ्चालक मनिषराज पाण्डे र सन्तोष रोकाको सहयोगमा उपलब्ध सामाग्री विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिनय तामाङ लाई हस्तान्तरण गरिएको लामाले बताउनुभयो । सामाग्री उपलब्ध गराउनका लागि समन्वय र सहजिकरण अरुण लामाले गर्नुभएको थियो । उपलब्ध चस्मा बिहिबार वितरण गरिने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विनय ...

आँखाको सुरक्षामा चुनौती बन्दै,बढ्रदै मोतीबिन्दुको समस्या

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पछिल्लो समय आँखामा दृष्टिदोष र मोतीबिन्दुको समस्या बढ्दै गएको पाइएको छ । अन्धोपन निवारणमा नेपालले फड्को मारे पनि दृष्टिदोष, मोतीबिन्दु, जलबिन्दु, अल्छी आँखा, नवजात शिशुमा आँखा पाक्ने रोगलगायत आँखामा लाग्ने चोट पटकबाट आँखाको सुरक्षामा चुनौती बन्दै गएको छ । सिन्धुपाल्चोक जिल्लाको सामुदायिक आँखा केन्द्रका आँखा स्वास्थ्य सम्वन्धी नियमित गतिविधि गर्दै आइरहेको केन्द्रको परियोजनाले जिल्लामा ६ हजार ५ सय जनामा मोतिविन्दुको समस्या रहको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जनाएको हो । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा बुधबार सामुदायिक आँखा केन्द्रको बैठकमा यस्तो जानकारी दिइएको हो । कार्यक्रमा तिलगंगा आँखा केन्द्रका नविन राजवंशीले आँखा सम्वन्धी स्वास्थ्य समास्या जिल्लामा बढ्दो अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै तत्काल अप्रेशन गर्नु पर्ने जानकारी दिनुभयो । पछिल्लो समय मधुमेह र रक्तचापका कारण अन्धोपनको स...

काँग्रेसको “विशेष आन्तरिक अभियान २०८०” कार्यक्रम मेलम्चीमा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
२०गते देखी शुरु भएको नेपाली कांग्रेस को बिशेष आन्तरिक अभियान मङ्गलबार समापन भएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यंलयको परिपत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक ले पनी उक्त अभियान कार्यक्रम गरेको हो। नेपाली काँग्रेस विल्ला कार्यसमितीले चौतारामा शूरु गरेको अभियान ३० गते मेलम्चीमा समापन भएको हो ।              नेपाली कांग्रेस केन्द्रीय कार्य समितीको परीपत्र अनुरूप केन्द्रीय प्रतिनिधि तिर्थ पसखल तथा प्रदेश प्रतिनिधिहरूले साउन २० देखि ३० गतेसम्म तोकिएको क्षेत्र तथा प्रदेशमा रहेर सांगठनिक विवरण केन्द्रमा लैजाने कार्यक्रम भए अनुरुप सिन्धुपाल्चोकमा पनी यो कार्यक्रमको आयोजना गरिएको हो । नेपालि कांग्रेसले १४ औं अधिवेशन पछि भएको निर्वाचनमा अब्बल सावित गराउन आम नेता तथा कार्यकर्ताको भुमिकाको विषयमा पनि चर्चा भएको थियो । सिन्धुपाल्चोकका लागि केन्द्रीय प्रतिनिधि तिर्थ पसखलले समापन कार्यक्रमलाइ सम्...

कक्षा १२ को नतिजा सार्वजनिक, ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिनुभयो । बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उहाँले यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे बताउनुभयो । नतिजामा ४९ दशमलव शून्य नौ प्रतिशत भने नन ग्रेडेड भएका छन् भने गत वर्षको तुलनामा यो वर्ष तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ । उहाँका अनुसार यस वर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थ...

सिन्धुपाल्चोकमा बजार अनुगमनमा तिव्रता

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको चौतारा बजारको होटल तथा पसलमा अनुगमन गरिएको छ । चौतारा बजारको एक चिया पसलमा चिनीमा मिसावट भनि सामाजिक सञ्जाल र सञ्चारमाध्ममा छ्यापछ्याप्ती आएपछि तत्काल अनुगमन समितिको संयोजक सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । मंगलबार श्रेष्ठको नेतृत्वमा खटीएको अनुगमन टोलीले चिनीमा मिसावट नभएको ठहर गरेको छ । जिल्ला अनुगमन समितिले बजारको चिनी खरीद गरिएको पसल लगाएत १ दर्जन पसलहरुमा गरिएको अनुगमनमा कहि मिसावट भएको चिनी फेला नपरेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस भन्दा बाहेक नियमित रुपमा जिल्लामा संचालित होटल तथा किराना पसलहरुको अनुगमनलाई तिव्रता दिईदै आएको छ । बजारमा मिसावटयुक्त चिनी तथा अन्य खाद्य बस्तुको विगविगी बढेको भन्ने सूचना आए लगतै बजार अनुगमनलाई तिव्रता दिएको हो । बजार अनुगमन नियमित प्रकृया भएकोले...

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले मनायो २९औं स्थापना दिवस

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले २९औं स्थापना दिवस मनाएको छ । संघले आफ्नो स्थापना दिवस अवसरमा बाह्रबिसे नगरपालिका रहेको सिन्धु बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ३० जना बिद्यार्थीहरुलाई शैक्षिक पोषाक र खाद्यन्न सहयोग गरिएको संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमारले बताउनुभयो । यसै अवसरमा संघका अध्यक्ष बस्नेतले स्कुल व्यवस्थापनका लागी ५१०००/– (अक्षेरुपी एकाउन्न हजार) नगद सहयोग गर्नुभएको थियो । उहाँले बिद्यालयलाई अन्य कुराको आवश्यक परे संस्थागत अथवा ब्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्तगर्नु भयो । संघका पूर्व केंन्द्रिय सदस्य कमलकुमार श्रेष्ठले बिद्यालयको लागी आवश्यक सहयोग गर्ने बताउनु भयो । संघ स्थापना दिवसको अवसरमा मूख्य कार्यालय बाह्रबिसेमा केक काटेर सिन्धु बहिरा आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई समेत सहभागि गराई उत्सव मनाएको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघक...