स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साक्षरता कार्यक्रम इर्खुबाट सुरु
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका– ८ इर्खूमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय चौताराले वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । मंगलबार र बुधबार गरी दुई दिनसम्म चल्ने उक्त कार्यक्रमको पहिलो दिन वडा नं. ८ मा उक्त शाखाका जेष्ठ सदस्य सुनमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का वडा सदस्य कारसाङ तामाङको प्रमुख आतिथ्यमा ईर्खु माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश दंगाल, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ईलाका कार्यालय ठिमीका प्रबन्धक राजेन्द्र थापाको बिशेष अतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्धघाटन गर्नु हुँदै प्रमुख अतिथी कारसाङ तामाङले पछिल्लो समयमा बितीय संस्थाहरु प्रती नकारात्मक सन्देस जान थालेकोले यस्ता सन्देसहरुलाई चिर्न पनि संस्थाहरुले आर्थीक अनुशासित भएर काम गर्नुपर्ने बताउँ...
